text
stringlengths
0
16.7k
1921 : पोल्याण्डसंग शान्ति सन्धि, नयाँ आर्थिक नीति, बजार अर्थव्यवस्थाको वापसी, स्थिरता।
1922 : रूस, बेलारूस र ट्रांसकॉकेशस क्षेत्रको मिलन; सोवियत संघको स्थापना।
1922 : जर्मनीद्वारा सोवियत संघलाई मान्यता प्रदान।
1924 : सोवियत संघमा प्रोलिटैरिएट तानाशाहीको नयाँ संविधान लागू। लेनिनको मृत्यु। जोसेफ स्टालिनद्वारा सत्ता ।
1933 : अमेरिकाद्वारा सोवियत संघको मान्यता प्रदान।
1934 : सोवियत संघ लिग अफ नेसंसमा सहभागी।
अगस्ट 1939 : द्वितीय विश्वयुद्ध आरम्भ ।
जून 1941 : जर्मनीद्वारा सोवियत संघ माथि हमला ।
1943 : स्टालिनग्रादको युद्धमा जर्मनीको हार।
1945 : सोवियत सैनिकद्वारा बर्लिन कब्जा । याल्टा र पोट्सड्यामम सम्मेलनबाट जर्मनी विभाजित गरेर पूर्वी जर्मनी र पश्चिमी जर्मनी निर्माण। जापानको आत्मसमर्पण र द्वितीय विश्वयुद्धको समाप्ति।
1948-49 : बर्लिन नाकाबन्दी। पश्चिमी सेना र सोवियत सेनाबीच तनातनी।
1949 : सोवियत संघद्वारा परमाणु बम निर्माण। चीनको कम्युनिस्ट सरकारलाई मान्यता प्रदान।
1950-53 : कोरियाली युद्ध ; सोवियत संघ र पश्चिम बीच सम्बन्धमा तनाव।
मार्च 1953 : स्टालिनको मृत्यु। निकिता ख्रुश्चेव कम्युनिस्ट पार्टीको केंद्रीय समितिको प्रथम सचिव बने।
1953 : सोवियत संघले आफ्नो पहिलो हाइड्रोजन बम ।
1955 : वार्सा सन्धि।
1956 : सोवियत सेनाले हंगेरी को विद्रोह दमन। मध्य पुर्वमा स्वेज संकट
1957 : पहिलो अन्तरिक्ष यान स्पूतनिक धरतीको कक्षमा प्रक्षपण। चीनको पश्चिम संग बढ्दो निकटताले दुई कम्युनिस्ट देशमा दुरी उत्पन्न।
1960 : सोवियत संघले अमेरिकाको जासूसी जहाज U2 गिरावाट।
1961 : यूरी गागारिन अन्तरिक्षमा जाने पहिलो व्यक्ति बने।
1962 : क्यूबामा सोवियत मिसाइल पहुच।
1963 : सोवियत संघद्वारा अमेरिका र ब्रिटेनको साथ परमाणु सन्धि। अमेरिका र सोवियत संघ बीच हट लाइन स्थापित।
1964 : ख्रुश्चेव को ठाउँमा लियोनिड ब्रेजनेवद्वारा पदभार ग्रहण।
1969 : सोवियत र चिनियाँ सेनामा सीमा विवाद।
1977 : नयाँ संविधानबाट ब्रेजनेव राष्ट्रपति चुनिए।
1982 : ब्रेजनेवको निधन। केजीबी प्रमुख यूरी आंद्रोपोवले सत्ता संम्भाले।
1982 : आंद्रोपोवको निधन। कोन्सटांटिन चेरनेंकोले सत्ता संम्भाले।
1985 : मिखाइल गोर्बाचोभ कम्यूनिस्ट पार्टीको महासचिव बने। खुलापन र पुनर्निर्माणको नीति शुरुआत।
1986 : चरनोबिल परमाणु दुर्घटना। युक्रेन र बेलारूसको ठुलो क्षेत्र विकिरणबाट प्रभावित।
1987 : सोवियत संघ र अमेरिकाबीच मध्यम दूरीको परमाणु मिसाइल नष्ट गर्ने समझौता।
1988 : मिखाइल गोर्बाचोभ राष्ट्रपति बने। कम्युनिस्ट पार्टीको सम्मेलनमा निजी क्षेत्रको लागि ढोका खोल्ने सहमति।
1989 : अफगानिस्तानबाट सोवियत सेनाको फिर्ता।
1990 : सोवियत कम्युनिस्ट पार्टीमा एक पार्टीको सत्ता अन्त्य गर्न मतदान।
बोरिस येल्तसिनद्वारा सोवियत कम्युनिस्ट पार्टीको सदस्यता त्याग।
अगस्ट 1991 : रक्षा मंत्री दिमित्री याजोव, उप राष्ट्रपति गेनाडी यानायेव र केजीबी प्रमुखद्वारा राष्ट्रपति मिखाइल गोर्बाचोभ हिरासतमा। तीन दिन पछी यी सबै गिरफ्तार। येल्तसिनद्वारा सोवियत रूस कम्युनिस्ट पार्टी प्रतिबन्ध । युक्रेन को स्वतन्त्र राष्ट्रको रूपमा मान्यता प्रदान। त्यसपछी न्य देशले पनि आफै स्वतन्त्र घोषणा ।
सेप्टेम्बर 1991 : 'कांग्रेस अफ पिपल्स डिप्यूटीज' द्वारा सोवियत संघको विघटनको लागि मतदान ।
8 डिसेम्बर 1991 : रूस, युक्रेन र बेलारूसका नेताद्वारा 'कमनवेल्थ अफ इन्डिपण्डेन्ट स्टेट' निर्माण।
25 डिसेम्बर 1991 : मिखाइल गोर्बाचोभद्वारा पदबाट राजनीमा । अमेरिकाद्वारा स्वतन्त्र सोवियत राष्ट्रलाई मान्यता प्रदान।
26 डिसेम्बर 1991 : रूसी सरकारद्वारा सोवियत संघको कार्यालय संचालन।
1924मा लेनिनको मृत्यु भ्यो र जोसेफ स्टालिन सत्तामा आए। उसले सोभियत संघमा जबरदस्त औद्योगीकरण गरे र केंद्रीय आर्थिक व्यवस्था बनाए। कृषि र अन्य व्यवसायहरूको सामूहिकीकरण गरियो, यानि खेत किसानहरूको निजी सम्पत्ति न होकर राष्ट्रको सम्पत्ति हो गए र त्यस माथि किसानहरूको गुट सरकारी निर्देशनमा काम गर्न लागे। इसी केंद्रीकृत अर्थव्यवस्थाको द्वितीय विश्वयुद्धमा लडाई लड्नको लागी प्रयोग गरियो जसबाट सोभियत संघको जीत भयो। स्टालिनले आफ्नो शासनकालमा साम्यवादी पार्टीको धेरै जसो सदस्य र नेताहरूलाई अलग गरेर हत्या गरे र सोभियत संघको धेरै समुदायहरू माथि पनि अत्याचार गरे।
द्वितीय विश्वयुद्धमा शुरूमा त जर्मनी र सोभियत संघमा एक सन्धी थियो जसको अन्तर्गत उनीहरूले पोल्याण्डको आपसमा बाडेका थिए र क्रॅसि इलाका सोभियत संघलाई प्राप्त भयो। तर 1941मा जर्मनीले उल्टाएर सोभियत संघमा हमला गर्यो। यसबाट सोभियत संघ मित्रपक्ष शक्तियों को गुटमा संयुक्त राज्य अमेरिका र ब्रिटेनको साथ गयो र जर्मनीको विरुद्ध लड्यो। जर्मनी-सोभियत युद्ध धेरै नै भयंकर थियो र यसमा 2.7 करोड सोभियत नागरिकहरूको मृत्यु भयो। तर अन्तमा सोभियत संघ विजयी भयो र पूर्वी यूरोपको धेरै जसो देश मा उसको नियन्त्रण भयो।
मुख्य लेख : शीत युद्ध
पूर्वी यूरोपमा आफ्नो नियन्त्रणको अधीन देशहरूको साथ सोभियत संघले एक साम्यवादी सैन्य मित्रपक्ष बनायो, जसलाई वारसॉ सन्धी गुट को नामबाट जानिन्छ। यसको विपक्ष अमेरिकाको नेतृत्वमा पश्चिमी देशहरूको गुट थियो। दुबै विपक्षीहरूको बीच शीत युद्ध जारी रह्यो जसमा दुबैमा सिधा लडाई त कहिल्यै भएन, तर दुबै परमाणु हथियार र मिसाइलहरूबाट शुसज्जित सधै विध्वंसकारी परमाणु युद्ध छिडने संभावनाको छायामा रहे।
स्टालिनको मृत्यु पछी विभिन्न साम्यवादी नेताहरूमा सर्वोच्च नेता बन्ने खींचातानी भयो र निकिता ख्रुश्चेव सत्तामा आए। उनले स्टालिनको सबभन्दा कठोर​ तानाशाही नीतिहरूलाई उल्टाई दिए।
सोभियत संघ अन्तरिक्ष अनुसन्धानमा सबभन्दा अगाडि निक्लियो। 1957मा उनले विश्वको सबभन्दा पहिलो कृत्रिम उपग्रह स्पुतनिक पृथ्वीको आसपास कक्षामा पुर्याए। 1961मा सोभियत वायु-सैनिक युरि गगारिन पृथ्वीबाट माथि अन्तरिक्षमा पुग्ने वाला सबभन्दा पहिलो मानव बने।
1962मा क्यूबाई मिसाइल संकटमा अमेरिका र सोभियत संघको बीच धेरै गम्भीर तनाव बन्यो र उनीहरू परमाणु प्रलयको अबस्थामा पुगे, तर कुनै तरह यो संकट टल्यो। 1970को दशकमा सोभियत-अमेरिकी सम्बन्धमा तनाव कम भयो तर 1979मा जब सोभियत संघले अफगानिस्तानमा हस्तक्षेप गर्दै त्यहा आफ्नो फौज पठायो तब सम्बन्ध धेरै बिग्रियो।
अफगानिस्तानमा सोभियत नियन्त्रणको बिरुद्द विद्रोह र गृह युद्ध लगातार जारी रह्यो र अन्तत: 1989मा सोभियत फौज त्यहाबाट बिना अपना लक्ष्य पूरा नगरी फर्की आयो। देशमा आर्थिक संकट निरन्तर जारी रह्यो र विदेशी सम्बन्ध पनि पेचीलो रह्यो। अन्तिम सोभियत नेता मिखाइल गोरबाचोभले देशमा ग्लास्नोस्त नामक राजनीतिक खुलापनको नामक आर्थिक ढाँचाको बदलने नीतिको अन्तर्गत सुधार गर्ने कोशिश गरे तर विफल रहे। डिसेम्बर' 1991मा उनको विचारधाराको विरुद्ध राज्यविप्लव को कोशिश भयो तर त्यो दबाईयो। यस घटना पछी सोभियत संघ टूट्यो र उसको 15 गणतन्त्र सबै स्वतन्त्र देशको रूपमा अगाडि आए। अन्तर्राष्ट्रिय सन्धीमा रूसलाई सोभियत संघको उत्तराधिकारीको मान्यता दिईयो।
अनिता बस्नेत एक नेपाली फुटबल खेलाडी हुन् । उनी एपीएफ महिला क्लब तथा नेपाल महिला राष्ट्रिय फुटबल टिमबाट मध्यपंक्ति खेल्छिन ।
धामीकुवा नेपालको गण्डकी अञ्चलको लमजुङ जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउँमा 948 वटा घर छन्।
नेपालको सन् 2001को जनगणना अनुसार धामीकुवाको जनसङ्ख्या 4368 छ। यस मध्य पुरुष 46%, र महिला 54% छन्।
ब्रेन्डन रस मरे टेलर जिम्बाब्वेका क्रिकेटर हुन, उनी ब्याट्सम्यान हुन् तर विशेष परिस्थितिमा विकेट किपर र बलिङमा लेग स्पिनबाट पनि जादु देखाउने क्षमता राख्दछन् । लगातार दुईवटा वनडेमा न्यूजिल्याण्ड विरूद्ध अक्टोबर 2011 मा शतक बनाएका टेलर अनुभवी क्रिकेटर मानिन्छन् । उनले पुन 2015 विश्वकपमा दुई खेलमा लगातार शतक जमाएका थिए ।टेलर विश्वकप इतिहासमै अष्ट्रेलियाका रिकी पोन्टिङ पछीका दोस्रो कप्तान हुन, जसले कप्तानको रूपमा लगातार दुई खेलमा शतक जोडेर किर्तिमान कायम गरेका थिए । यद्यपी विश्वकपमा लगातार दुई खेलमा शतक बनाउने टेलर नवौँ ब्याट्सम्यान हुन् । यसै बिच उनी जिम्बावे का तर्फबाट एकै विश्वकपमा 400 रन भन्दा बढी बनाउने पहिलो ब्याट्सम्यान हुन् । जिम्बावेका तर्फबाट सबभन्दा बढी एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाएका टेलर ले एलिस्टेयर क्याम्पबेलको सात शतकको किर्तिमान आफ्नो अन्तिम खेलमा तोड्न समर्थ भए । एन्डी फ्लावरको 6786 र ग्रान्ट फ्लावरको 6571 रन पछी जिम्बावे क्रिकेटका सुनौला तारा टेलरको नाममा 167 वनडे खेलमा 5358 रन छ जसले उनलाई जिम्बाब्वे राष्ट्रिय क्रिकेट टिमबाट सबभन्दा धेरै रन बटुल्ने खेलाडीको सूचिमा तेस्रो स्थानमा राखेको छ । पछिल्ला केहि बर्षदेखि जिम्बावेको ब्याटिङ्गका अधारस्तम्भ रहेका उनले 23 टेस्ट क्रिकेटर 26 टि-20 खेलेका छन् । टेलर क जिम्बावेसँगको नाता भलै टुट्ला तर उनी क्रिकेट खेलीरहने छन् । उनी अब इङ्गल्याण्डको नटिङ्घमशायरबाट क्रिकेट खेल्नेछन् ।
विज्ञानका तत्त्वहरू निम्न प्रकार छन्:
गोविन्द निहलानी भारतीय चलचित्र क्षेत्रका एक निर्देशक हुन्।
तुमकुर जिल्ला भारतीय राज्य कर्नाटकको एउटा जिल्ला हो।
डा. महाथीर विन मोहम्मद मलेसियाका चौथो प्रधानमन्त्री थिए। 16 जुलाई 1981 देखि 2003 सम्म प्रधानमन्त्री बनेका महाथीरको 22 वर्षको कार्यअवधिमा मलेशियाले धेरै आर्थिक प्रगति गरेको थियो।
महाथीर सन् 1925 डिजेम्बर 20 मा जन्मिएका थिए। पछी सन् 1945 देखि उनि राजनीतिमा सक्रिय भएका थिए । पहिलो पटक सन् 1964 मा सांसद् मा निर्वाचित भएका महाथीर सन् 1968 मा उच्च शिक्षा परिषद्को अध्यक्षमा भएका थिए । सन् 1971 मा मलेसिया सरकारले उनैको आर्थिक विकास सम्बन्धी योजनालाई नयाँ आर्थिक नीतिको रूपमा अबलम्बन गरेको थियो । सन् 1973 मा पुनः उनि सांसदमा नियुक्त भए । त्यसपछी फेरी उनि सन् 1974 मा शिक्षा मन्त्री र राष्ट्रिय विश्वविद्यालय परिषद्को अध्यक्ष बने। सन् 1976 मा उपप्रधान एवं व्यापार तथा उद्योग मन्त्री बने । महाथीर सन् 1975 मा युनाइटेड मल्याज नेशनल अग्रनाइजेसनको उपाध्यक्ष पनि भएका थिए। सन् 1981 मा पार्टी अध्यक्षमा नियुक्त भएका महाथीर 1984 मा निर्विरोध रुपमा पार्टी अध्यक्ष बने ।
– युरोप महादेश मा – the European Unionमा —
गिब्राल्टार इबेरियन प्रायद्विपको छेउ तथा मेडिटेरियनको शुरुको भागमा अवस्थित बेलायती स्वशासित भूभाग हो । यसको क्षेत्रफल 6।8 वर्ग किलोमिटर छ । यसको उत्तरी सिमाना स्पेनको एन्डालुसिया संग जोडिएको छ । गिब्राल्टार क्षेत्रको प्रमुख सिमाचिन्ह गिब्राल्टारको चट्टान हो ।
Gibraltarको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:
निर्देशाङ्क: 36°08′35″उत्तर 5°21′11″पश्चिम / 36.143° उत्तर 5.353° पश्चिम / 36.143; -5.353
बज्रवाराहीको मन्दिर चापागाउँदेखि पूर्वी भागमा पर्छ। बज्रवाराहीको मन्दिर पनि शक्तिपीठकै रूपमा प्रख्यात छ। तान्त्रिक विधिबाट गुभाजुहरूबाट नित्य पूजा गरिने यस मन्दिरमा अष्टमातृकासहित बज्रवाराहीको शिलाको मूर्ति छ। दुर्गाकवचमा वाराही देवीको चर्चा विभिन्न ठाउँमा गरिएको हुनाले पनि बज्रवाराही उपासनाको ठूलो महìव रहेको यहाँका पूजारी बताउँछन्।
राष्ट्रिय व्या. प्रशिक्षण एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य -द्वारा भएको छ। यो पत्रिकाको प्रकाशक रा.व्या. प्रशिक्षण केन्द्र हो। यसको प्रकाशन काठमाडौंमा वुलेटिन 2025 असोजमा प्रकाशित भएको थियो।
शान्ति पार्टी नेपाल नेपालको एक राजनीतिक दल हो। यसले संविधान सभा निर्वाचन 2064मा भाग लिएको थियो।
-->
भोट-बर्मेली भाषा परिवार वा तिब्बती-बर्मेली भाषा परिवार चिनियाँ-तिब्बती भाषा परिवारमा पर्ने गैरचिनियाँ भाषाहरूको अनाधिकारिक समुह मानिन्छ। ईथ्नोलोग का अनुसार यस परिवारमा 441 भाषाहरू रहेको छ। यस भाषा परिवार आधिकारिक नभए पनि उल्लेखनीय मानिएको छ। यस भाषा परिवारको प्रमुख भाषाहरू बर्मेली भाषा र तिब्बती भाषा मुख्य भाषा हुन् ।
माघ 1 गते माघ महिनाको पहिलो दिन हो । यो दिनलाई माघे संक्रान्ति पनि भनिन्छ । नेपालमा मनाइने प्रमुख संक्रान्तिहरू मध्ये यो माघे संक्रान्ति पनि एक प्रमुख हो । यस दिन नेपालमा माघ सङ्क्रान्ती पर्व मनाइने गरिन्छ । मुख्य गरि यो चाड मगर जातिको एक प्रमुख चाडका रूपमा लिइएता पनि सबै नेपाली बासीहरूले मनाउने गर्दछन् । यस दिनमा ``पुषको पाक्य माघको खाक्य´´ भनेर पुसको मसानतरको रातमा विभिन्न परिकार पकाएर माघको यस दिन खाने चलन छ । विशेष यो दिन कण्डमुलहरू खाने चलन रहेकोछ ।
•1 •2 •3 •4 •5 •6 •7 •8 •9 •10 •11 •12 •13 •14 •15 •16 •17 •18 •19 •20 •21 •22 •23 •24 •25 •26 •27 •28 •29
•1 •2 •3 •4 •5 •6 •7 •8 •9 •10 •11 •12 •13 •14 •15 •16 •17 •18 •19 •20 •21 •22 •23 •24 •25 •26 •27 •28 •29 •30 •31
•1 •2 •3 •4 •5 •6 •7 •8 •9 •10 •11 •12 •13 •14 •15 •16 •17 •18 •19 •20 •21 •22 •23 •24 •25 •26 •27 •28 •29 •30 •31
•1 •2 •3 •4 •5 •6 •7 •8 •9 •10 •11 •12 •13 •14 •15 •16 •17 •18 •19 •20 •21 •22 •23 •24 •25 •26 •27 •28 •29 •30 •31
•1 •2 •3 •4 •5 •6 •7 •8 •9 •10 •11 •12 •13 •14 •15 •16 •17 •18 •19 •20 •21 •22 •23 •24 •25 •26 •27 •28 •29 •30
•1 •2 •3 •4 •5 •6 •7 •8 •9 •10 •11 •12 •13 •14 •15 •16 •17 •18 •19 •20 •21 •22 •23 •24 •25 •26 •27 •28 •29
•1 •2 •3 •4 •5 •6 •7 •8 •9 •10 •11 •12 •13 •14 •15 •16 •17 •18 •19 •20 •21 •22 •23 •24 •25 •26 •27 •28 •29
•1 •2 •3 •4 •5 •6 •7 •8 •9 •10 •11 •12 •13 •14 •15 •16 •17 •18 •19 •20 •21 •22 •23 •24 •25 •26 •27 •28
•1 •2 •3 •4 •5 •6 •7 •8 •9 •10 •11 •12 •13 •14 •15 •16 •17 •18 •19 •20 •21 •22 •23 •24 •25 •26 •27 •28 •29
•1 •2 •3 •4 •5 •6 •7 •8 •9 •10 •11 •12 •13 •14 •15 •16 •17 •18 •19 •20 •21 •22 •23 •24 •25 •26 •27 •28
•1 •2 •3 •4 •5 •6 •7 •8 •9 •10 •11 •12 •13 •14 •15 •16 •17 •18 •19 •20 •21 •22 •23 •24 •25 •26 •27 •28 •29
•1 •2 •3 •4 •5 •6 •7 •8 •9 •10 •11 •12 •13 •14 •15 •16 •17 •18 •19 •20 •21 •22 •23 •24 •25 •26 •27 •28 •29
महावीर जनता बहुमुखी क्याम्पस सर्लाही जिल्लाको Haripur-9मा अवस्थित एक कलेज हो । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ ।
यो पृष्ठमा ईशवीय सन् का वर्षहरुलाई सूचिबद्ध गरिएको छ.
नेपालको संविधान 2072 नेपालको विद्यमान संविधान हो । यो नेपालको संविधान सभाले बनाएको हो । यो जनताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौं संविधान हो । संविधान सभाको दोश्रो निर्वाचनबाट निर्वाचित संविधान सभाले 2072 साल भदौ 30 गते यो संविधान 2 तिहाई भन्दा बढी मतले पारित गरेको हो । साथै नेपालकै इतिहासमा जनता माझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो ।नेपालको तराई क्षेत्रका केही जिल्लाहरूमा यस विरुद्ध आवाज उठाइए पनि यो संविधान नब्बे प्रतिशतभन्दा बढीको बहुमतमा राष्ट्रपतिबाट घोषणा गरिएको हो । यो संविधान 2072 असोज 1 गते संविधानसभाका बहुमत सदस्यहरूबाट हस्ताक्षर भएपछि सभाध्यक्ष बाट प्रमाणित गरिएको थियो । संविधान 2072 असोज 3 गते नेपालका राष्ट्रपति रामवरण यादवले नेपालको संविधान 2072 मा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरी लागू गरिएको हो ।यस संविधानमा 35 भाग 308 वटा धारा र 9 वटा अनुसूचीहरू रहेका छन्। संविधानले नेपाललाई पहिलो पटक धर्म निरपेक्ष राज्य घोषित गरेको छ ।
राजनीति पोर्टल
हामी सार्वभौमसत्तासम्पन्‍न नेपाली जनता नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्‍ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशाासनको अधिकारलाई आत्मसात गर्दै राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जन आन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दै;सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न; संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट पारित गरी यो संविधान जारी गर्दछौ ।
संविधान मूल कानुनसर्वभौमसत्ता र राज्यकीयसत्ता राष्ट्र नेपाल राज्य राष्ट्रीय हित राष्ट्र भाषा सरकारी कामकाजको भाषा राष्ट्रीय झण्डा राष्ट्रीय गान इत्यादि
नागरिकताबाट बञ्चित नगरिने नेपाली नागरिक ठहर्ने वंशीय आधार तथा लैङ्गिक पहिचान सहितको नागरिकता नागरिकता प्राप्ति, पुनः प्राप्ति र समाप्ति गैर आवासिय नागरिकता प्राप्त गर्न सकिने नेपाली नागरिकता सम्बन्धि अन्य व्यवस्था
सम्मानपुर्वक वाच्न पाउने हक स्वतन्त्रताको हक समानताको हक सञ्चारको हक न्याय सम्बन्धी हक अपराध पीडितको हक यातना विरूद्धको हक निवारक नजरबन्द विरूद्धको हक छुवाछुत र भेदभाव विरूद्धको हक सम्पत्तिको हक धार्मिक स्वतन्त्राको हक सूचनाको हक गोपनीयताको हक शोषण विरूद्धको हक स्वच्छ वातावरणको हक शिक्षा सम्बन्धी हक भाषा र संस्कृतिको हक रोजगारको हक श्रमको हक स्वास्थ्य सम्बन्धी हक खाद्य सम्बन्धी हक आवासको हक महिलाको हक बालबालिकाको हक दलितको हक ज्येष्ठ नागरिकको हकसामाजिक न्यायको हक सामाजिक सुरक्षाको हक उपभोक्ताको हक देश निकाला विरुद्धको हक संबैधानिक उपचारको हक मौलिक हकको कार्यन्यायन नागरिकका कर्तब्य