article
stringlengths 55
1.8k
| title
stringlengths 10
141
| article_length
int64 55
1.8k
|
---|---|---|
काठमाडौँ : काठमाडौंको टोखा नगरपालिका–## गणेशस्थान नजिकै सोमबार राति बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार राति सवा ## बजे ना##प #### नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक नुवाकोटको पञ्चकन्या गाउँपालिका–# घर भइ मनमैजु बस्ने ## वर्षीय हितबहादुर तामाङको मृत्यु भएको हो । | टोखास्थित बिजुलीको पोलमा ठोक्कियो मोटरसाइकल , चालकको मृत्यु | 406 |
नयाँ शक्ति पार्टीका संयोजक डा . बाबुराम भट्टराई बिहीबार बेलायत जाँदैछन् । अन्तर्राष्ट्रिय नेपाली समाज , बेलायतको निमन्त्रणामा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई बेलायत जान लागेका हुन् । बेलायतमा रहँदा उनले नेपाली समुदायसँग छलफल , अन्तरक्रिया गर्नुका साथै बेलायतको संसद् हाउस अफ कमन , लण्डन स्कुल अफ इकोनोमिक्स र अक्सफोर्ड विश्वविद्यालयमा भेटघाट र नेपालको आर्थिक विकास लगायतका बारेमा प्रवचन दिनेछन् । | पूर्वप्रधानमन्त्री बाबुराम बेलायततर्फ लागे | 402 |
माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन चढेको डुंगामा विस्फोट भएको छ । विस्फोटमा राष्ट्रपति यामिन मुस्किलले बचेका छन् भने उनकी पत्नी र केही अधिकारी घाइते भएका छन् । हजबाट फर्किएका यामिन नजिकैको एक द्वीपमा रहेको अन्तराष्ट्रिय विमानस्थलबाट ' स्पीडबोट ' मा माले जाँदै थिए । | विस्फोटमा मुस्किलले बचे माल्दिभ्सका राष्ट्रपति | 269 |
तीन सय भन्दा धेरै नेपालीभाषी बर्मेलीले फिल्म हलमा पुगेर पहिलोपटक नेपाली भाषाको चलचित्र हेरेका छन् । यांगुनस्थित जेसिजीभी हलमा शुक्रबार राति नेपाली फिल्म ' शत्रु गते ' प्रदर्शन गरिएको थियो । चार सय सिट क्षमताको हलमा तीन सय ## भन्दा बढीले फिल्म हेरेको बर्मामा ' शत्रु गते ' प्रदर्शन गरेको त्रिशुल इभेन्टस् इन्टरनेशनलले जानकारी दिएको छ । | दुई दशकपछि बर्मेली फिल्महलमा नेपाली फिल्म | 334 |
भारतमा ' अर्जुन पतियाला ' फिल्म रिलिज भएयता त्यसको असर एक नागरिकलाई परेको छ । जुलाई ## तारिखमा सो फिल्म रिलिज भएको थियो । त्यसपछि सनी लियोनीलाई खोज्दै भारतका ## वर्षीय पुनित अग्रवाललाई फोन आउन थालेको हो । | सनी लियोनीलाई खोज्दै फोन आएपछि . . . | 204 |
सरकारले परीक्षण गरेर मात्रै मासु खरिद गर्न सर्वसाधारणलाई आह्वान गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले दसैं , तिहार जस्ता चाडपर्वमा परीक्षण गरेर मात्रै माशु खरिद गर्न सर्वसाधारणलाई आह्वान गरेका हुन् । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले कालिमाटी फलफूल तथा तरकारी बजार कालिमाटीबाट हटाउने घोषणा पनि गरे । | परीक्षण गरेर मासु खरिद गर्न सर्वसाधारणलाई आह्वान | 330 |
राष्ट्रिय मानवअधिकार आयोगको सदस्यमा प्रस्तावित पूर्व न्यायाधीश प्रकाश वस्तीले सर्वोच्चमा रहँदा आफूलाई अर्बपति हुने प्रस्ताव आए पनि त्यसलाई अस्वीकार गरेको बताएका छन् । संसदीय सुनुवाइ विशेष समितिको बिहीबारको बैठकमा वस्तीले भने - न्यायाधीश भएर गएपछि आफर आयो र मलाई भनियो दाईलाई खर्बपति र तलाई अर्बपति बनाइदिन्छु । ' आफूले यो कुरा सर्वोच्चका ## जना न्यायाधीशको अगाडि भनेको भन्दै उनले भने - ' मैले एक पैसा घुस खानु भनेको आमाको रगत खानु बराबर हो । | सर्वोच्चमा रहँदा अर्बपति हुने प्रस्ताव आएको थियो : वस्ती | 441 |
कञ्चनपुरको पुनर्बास नगरपालिका–# मा मंगलबार घरमा आगलागी हुँदा एकै परिवारका तीन बालबालिकाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुनर्बास–# शिवमन्दिर टोलमा स्थानीय सरिता खड्काको घरमा आगलागी हुँदा सरिताका ## वर्षीय छोरा अर्जुन , # वर्षीय छोरा किरण र # वर्षीया छोरी प्रिया खड्काको घरभित्रै जलेर मृत्यु भएको हो । आमा सरिता र अर्को छोरा रोहित भने सकुशल रहेको प्रहरीले जनाएको छ । | कञ्चनपुरको पुनर्बासमा आगलागी , एकै परिवारका # को मृत्यु | 397 |
काठमाडौंको उत्तरपूर्वी भेगका गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका जोड्ने पक्की पुल निर्माण नहुँदा स्थानीयवासी वर्षामा आवतजावतको समस्यामा पर्न थालेका छन् । गोकर्णेश्वर–# , नयाँपाटीबाट कागेश्वरी मनोहरा–# भद्रवास जोड्ने पुल निर्माण नभएको र अस्थायी पुल वर्षाको भेलले बगाएपछि स्थानीय पारि जान लामो बाटो घुम्नुपर्ने समस्यामा परेका हुन् । वाग्मती नदी हिउँदमा सजिलै तर्न सकिने भए पनि वर्षामा सकिँदैन । | चार पटकको म्यादमा पनि पुल नबन्दा … | 397 |
रिलायन्स लाइफ इन्स्योरेन्सले आम नागरिकमा जीवन बीमाको बारेमा जनचेतना अभिवृद्धि गर्ने हेतुले तथा ग्राहक वर्ग र रिलायन्स साथी ( अभिकर्ता ) मा थप सेवा ##सै घण्टा ### दिन प्रदान गर्नका लागि सम्पर्क केन्द्र संचालनमा ल्याएको छ । यस सम्पर्क केन्द्रबाट आम नागरिकले जीवन बीमा , कम्पनी तथा कम्पनीको योजनाहरुको बारेमा परामर्श लिनुका साथै ग्राहक र रिलायन्स साथी ( अभिकर्ता ) ले सल्लाह , सुझाव र गुनासा आदि ####### मा फोन वा कम्पनीको अधिकारिक फेसबुक , ट्वीटर , वेबसाइट , इमेल वा मोबाइल एप मार्फत आफूलाई पायक पर्ने माध्यमबाट प्रेसित वा प्राप्त गर्न सक्नेछन् । नेपालको जीवन बीमा इतिहासमा पहिलो पटक प्रदान गरिएको यो सेवाले समस्त बीमा क्षेत्रको सेवा गुणस्तर वृद्धिमा एक उल्लेखनिय योगदान प्रदान गर्ने कम्पनीले बिश्वास लिएको छ । | रिलायन्स लाइफ इन्स्योरेन्सको ## सै घण्टा खुला रहने सम्पर्क केन्द्र संचालन | 708 |
नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले एकताबद्ध भएर लाग्न पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । कञ्चनपुरको बेलौरीमा आज नेपाली काङ्ग्रेस कञ्चनपुर क्षेत्र नं # को क्षेत्रीय सम्मेलन उद्घाटन गर्दै महामन्त्री कोइरालाले पार्टीलाई एकताबद्ध बनाउन वडास्तरसम्मका कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए । पार्टीभित्र एकता नभएकै कारण काङ्ग्रेसले निर्वाचनमा हार व्यहोरेकाले पार्टीभित्र मित्रता र सहकार्य भए आगामी निर्वाचनमा काङ्ग्रेस पहिलो पार्टी हुने दाबी गरे । | मित्रता र सहकार्यका साथ एकतामा लाग्नुस् : महामन्त्री डा . कोइराला | 464 |
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले तिमिल्सिनालाई पद तथा गोपनीयताको सपथ गराइन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन , प्रधानमन्त्री केपी शर्मा ओली , सभामुख कृष्ण बहादुर महरा लगायतको उपस्थिति थियो । | राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले सपथ लिए | 317 |
हाँस्य कलाकार कुमार कट्टेल ' जीग्री ' र अर्जुन घिमिरे ' पाँडे ' ले सामाजिक सेवाका लागि आफूले कमाएको # प्रतिशत र बाषिर्क ## वटा कार्यक्रम गर्ने घोषणा गरेका छन् । आफ्नो कमाइका अलवा जीग्री पाँडे प्रतिष्ठानले बाषिर्क ## वटा कार्यक्रम गरेर सामाजिक कामका लागि सहयोग संकलन गर्ने उद्देश्य राखेको प्रतिष्ठानले बताएको छ । सामाजिक कामका लागि स्थापना गरिएको जीग्री पाँडे प्रतिष्ठानले अहिले सप्तरीको गम्हरिया # , प्रवाहका दृष्टिविहिन # परिवारका लागि घर बनाउने घोषणा गरेको छ । | दृष्टिविहिनका लागि ' जीग्री - पाँडे ' ले घर बनाउने | 462 |
डेविड वार्नरले उत्कृष्ट अर्धशतक बनाएपछि सनराइज हैदरावादले शुक्रबार राति इन्डियन प्रिमियर लिग #### मा राजस्थान रोयल्सलाई # विकेटले हराएको छ । राजीव गान्धी रंगशालामा भएको खेलमा सन्जु सिमसनले सिजनको पहिलो शतक बनाए , तर उनको राजस्थानले # सय ## रनको स्कोरलाई रक्षा भने गर्न सकेन् । सिमसनले # सय # रन बनाएर नटआउट रहे र उनलाई कप्तान अजिन्के रहानले ## रन बनाएर बलियो साथ दिए । | हैदरावादले हरायो राजस्थानलाई | 368 |
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरको रेल्वे स्टेशन प्रहरी चौकीमा तोडफोड गरेका छन् । बन्दकर्ताहरुले प्रहरी चौकीसँगै भन्सार कार्यालयमा तोडफोडको प्रहार गरेपछि झडप भएको थियो । स्थिति नियन्त्रणमा लिने प्रयासमा प्रहरीले दुई राउण्ड हवाइ फायर र ## सेल अश्रुग्यास प्रहार गरेको छ । | जनकपुरमा बन्दकर्ताद्वारा प्रहरी चौकी तोडफोड | 292 |
बिजुलीबजारका बन्दकर्तालाई सम्वोधन गर्दै डा . भट्टराई# माघ , काठमाडौं । एकीकृत नेकपा माओवादी वरिष्ठ नेता डा . बाबुराम भट्टराईले ## सालमा आर्यघाटमा सेलाएका भूतहरु फेरि जाग्न थालेको बताएका छन् । ति भूतहरुलाई मन्साउन संविधानसभाबाट जनविद्रोह सुरु गरेको उनले दाबी समेत गरे । | आर्यघाटमा सेलाएका ### साले भूत जागे : बाबुराम ( भिडियो सहित ) | 268 |
श्रीलंकाका पूर्वकप्तान अर्जुना रणतुंगाले सन् #### को विश्वकप क्रिकेटको फाइनलमा खेलमिलेमतो भएको भन्दै छानबिन गर्न माग गरेका छन् । वाङ्खडे स्टेडियममा सम्पन्न उक्त खेलमा श्रीलंका भारतसँग # विकेटले पराजित भएको थियो । ## वर्षे रणतुंगाले फेसबुकमा एक भिडियो सन्देश पोस्ट गर्दै श्रीलंकाले # विकेटले फाइनल खेल गुमाउँदा आफू अचम्मित भएको बताएका छन् । | विश्वकप #### फाइनलमा मिलेमतोको आशंका | 339 |
दार्चुलामा यार्सा टिप्न गएका ## वर्षका बालकको हिउँमा चिप्लेर मृत्यु भएको छ । जिल्लाको व्याँस गाउँपालिका # दुम्लिङ गोठानका अनिष विष्टको यार्सा टिप्न गएका बेला हिउँमा चिप्लेर मृत्यु भएको स्थानीय नरेन्द्र बुढोथोकीले बताए । व्याँसको दुधिवन क्षेत्रमा यार्सा टिप्न गएका बालकको पाटनबाट फर्किने क्रममा हुमदुम्ती भन्ने ठाउँमा हिउँमा चिप्लिएर # सय मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको हो । | यार्सा पाटनमा हिउँमा चिप्लेर बालकको मृत्यु | 379 |
स्पेन सुरुको दुई खेल जितेर अन्तिम ## मा पुगिसकेको थियो । अघि बढ्न क्रोएसियालाई भने कम्तीमा बराबरी गर्नुपर्ने थियो । केही मिनेटमै गोल गरेपछि स्पेन खेलमा हाबी पनि भयो । | रणनीतिमा क्रोयसियाको सफलता | 166 |
गत फागुन # गते भारत शासित जम्मु कास्मिरमा भारतीय सुरक्षाकर्मीलाई लक्षित गरेर भएको आत्मघाती विष्फोटमा परी ## जनाको मृत्यु भयो भने दर्जनौँ घाइते भए । चीन लगायत अन्तरराष्ट्रिय शक्तिले जघन्य आतंककारी आक्रमणको कडा निन्दा गरे । रीसको झोंकमा भारतबाट प्रसारण हुने केही सञ्चार माध्यमहरूले आक्रमणको जिम्मा लिएको जैस–ए–मोहम्मद समूहलाई बेइजिङले आश्रय दिइरहेको समेत बताए । | ग्लोबल टाइम्सको सम्पादकीय : भारतीय मिडियाले उग्र राष्ट्रवाद छोडोस् | 359 |
पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपितमध्येका एक जनालाई जिल्ला अदालत दैलेखले पुर्पक्षका लागि कारागार चलान गरेको छ । पत्रकार थापाको हत्यामा मुख्य आरोपित # जनामध्ये दुल्लु नगरपालिका–# छिउडीपुसाकोटका अरुण भन्ने बमबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय दैलेखले मंगलबार जिल्ला अदालतमा उपस्थित गराएपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । उनी फरार रहेका थिए । | पत्रकार डेकेन्द्र हत्याका मुख्य आरोपी प्रकाउ , पुर्पक्षका लागि कारागार चलान | 417 |
गोरखाको मकैसिङ वडा नम्बर # बाट वडा नम्बर # तर्फ घाटमा मलामी र दाउरा लिएर जाँदै गरेको ट्रक बिहीबार दुर्घटना हुँदा चारजना गम्भीर घाईते भएका छन् । क्षमताभन्दा धेरै करिब ## जना यात्रु बोकेर घाटतर्फ जाँदै गरेको ट्रक सडकबाट करिब ## मिटर तल पल्टिएको हो । बा # ख #### नम्बरको ट्रक पल्टिँदा मकैसिङ # कि रिता श्रेष्ठ , रमिता श्रेष्ठ , वडा नम्बर # का सानकान्छा गुरुङ , र मिरा गुरुङ घाईते भएका हुन् । | ## जना यात्रु चढेको ट्रक दुर्घटना | 388 |
युरोप र एसियाका ## मुलुकले अमेरिकी जहाज निर्माता कम्पनी बोइङको ### म्याक्स # मोडलका जहाजको उडान रोकेका छन् । आइतबार इथियोपियन एयरलायन्सको सोही मोडलको जहाज दुर्घटनामा परेपछि वायुसेवा कम्पनीहरूले पछिल्लो समयमा विश्वभरि सफलता पाइरहेको उक्त मोडलका जहाजलाई ' ग्राउन्डेड ' गरेका हुन् । मंगलबार बिहानसम्म अष्ट्रेलियासहित युरोप र एसियाका अधिकांश मुलुकले बोइङ ### म्याक्स # को उडानमा रोक लगाएका छन् । | ## मुलुकले रोके बोइङ ### म्याक्सको उडान | 391 |
प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिका सभापतिमा जयपुरी घर्ती निर्विरोध निर्वाचित भएकी छन् । समितिको आजको बैठकले उनलाई सर्वसम्मतरुपमा सभापतिमा निर्विरोध चयन गरेको हो । घर्तीको उम्मेदवारीको प्रस्तावकमा योगेशकुमार भट्टराई र समर्थकमा अन्जना बिशङ्खे रहेकी थिइन् । | शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा घर्ती | 261 |
चलचित्र ' आफ्नो मान्छे ' मा समावेश ' चट्ट रुमाल क्या मालुम ' बोलको गीतले त्यो समयमा हंगामा नै मच्चायो । अहिले पनि यो गीत दर्शक तथा श्रोताको मुखबाट हटेको छैन । केशव भट्टराइको निर्माण तथा शिव रेग्मीको निर्देशनमा तयार भएको यो चलचित्रको व्यापारमा यो गीतले ठूलो फरक पार्यो । | अब सलिनमानले गाउनेछन् - ' चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा ' | 270 |
कम्प्युटर प्रोगामिङका विद्यार्थीहरुलाई लक्षित गरी यो वर्ष पनि कोड फर चेन्ज कार्यक्रम आयोजना हुनेभएको छ । युथ इन सोसियल चेन्जको आयोजनाका हुन लागेको विज्ञान तथा प्रविधि क्षेत्रमा अध्ययन गरेको विद्यार्थीलाई सहभागी गराइने छ । सम्बन्धित विषयको अध्यापन हुने उपत्यकाका ## कलोटमा फागुन #्र# गतेदेखि कार्यक्रम शुरु हुने कार्यक्रम संयोजक निराजन क्षेत्रीले जानकारी दिए । | उपत्यकाका ## कलेजमा ' कोड फर चेन्ज ' कार्यक्रम हुने | 359 |
काठमाडौं— समानुपातिक निर्वाचन तर्फ पनि छुट्टै मतपत्र छाप्नु पर्ने मागसहित दायर भएको रिटमा सर्वोच्च अदालतले आज अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले उक्त आदेश दिएको हो । प्रत्यक्ष तर्फ मात्र नभएर समानुपातिकको लागि समेत छुट्टै मतपत्रको लागि आदेश माग गर्दै अधिवक्ता सुनिल कुमार पटेल र अधिवक्ता सिताराम अग्रवालले गत आइतवार छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए । | समानुपातिकलाई छुट्टै मतपत्र पर्दैनः सर्वोच्च | 401 |
भारतमा जारी ## औं एसियन यु–## स्कुल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई भारी गोल अन्तरले पराजित गरेको छ । भारतको आग्रामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई ##–# गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा दिनेश हेन्जनले चार गोल गरे । | स्कुल च्याम्पियन्सिपमा अफगानिस्तानविरुद्ध नेपालको ## गोल | 256 |
रेस्ट्रोलोजी नामक एक संस्थाले नेपाल र अस्ट्रेलियाबाट एकैसाथ डिजिटल मार्केटिङ सुरु गरेको छ । सूचना तथा प्रविधिको अधिकतम प्रयोग गरेर देशलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा जोड दिदै डिजिटल मिडियाको प्रयोग बढाउन लागि परेर संस्था स्थापना गरेको संस्थापक तथा प्रबन्ध निर्देशक सरोज रिजालले बताए । धादिङ नौविसे घर भएका रिजाल अस्ट्रेलियामा गा्रफिक्स डिजायनर का साथसाथै रेस्टुरेन्ट समेत सञ्चालन गर्दै आएका छन् । | अस्ट्रेलियाको सिकाई नेपाली डिजिटल मार्केटिङमा | 396 |
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा . बाबुराम भट्टराईले संविधानको मस्यौदामा हस्ताक्षर गर्ने कि नगर्ने भन्नेमा आफू दोधारमा रहेको बताएका छन् । नेृपाल पत्रका्र महासंघले बुझाएको ज्ञापन पत्र बुझ्दै भट्टराईले अहिलेको मस्यौदालाई सुधार नगरी जोन हो भने उत्पीडितको माग सम्बोधन नहुने बताए । ' महिला , दलित , जनजाति सबैले आफ्नो अधिकार संविधानमा परेन भन्नु भएको छ ' उनले भने - ' उनीहरुको संविधान नबने मृत्यु पत्रमा हस्ताक्षर गरे जस्तो हून्छ । | मस्यौदामा हस्ताक्षर गर्ने कि नगर्ने दोधारमा छु : बाबुराम | 447 |
फिल्म खेल्दाखेल्दै अर्गानिक खेतीमा लागेकी अभिनेत्री बिनिता बराललाई कृषिले यति आकर्षित गरिन् कि उनले कृषिकै पृष्ठभूमि रहेको प्रेमकथालाई उपन्यासका रुपमा उतारेकी छन् । उनको पहिलो उपन्यास ' जुइनो ' को बिहीबार काठमाडौंमा विमोचन गरियो । अभिनेत्री ऋचा शर्मा र उनी स्वयंले उक्त कृति सार्वजनिक गरेका हुन् । | ' चपली गर्ल ' को उपन्यास ' जुइनो ' सार्वजनिक | 297 |
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसदमा दर्ता गरेको गुठीसम्बन्धी विधेयकबारे छलफल तीव्र पारेका छन् । आइतबार आठ दिने युरोप भ्रमणबाट फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विधेयकमा गल्ती भए सरकारले सच्याउने प्रतिवद्धता व्यक्त गरेका थिए । सोही अनुसार उनले सोमबार दिउँसो काठमाडौं उपत्यकाका नेकपा सांसद , प्रदेश सभा सदस्य , मेयर , उपमेयर र वडाध्यक्षसँग छलफल गरेका छन् । | गुठी विधेयकबारे प्रधानमन्त्रीले गरे सांसद , मेयर र वडाध्यक्षसँग छलफल | 397 |
उनको अफिसमा ह्विल चियरको स्टोर नै छ । तर , उनी ह्विल चियरका व्यापारी भने होइनन् । उनको अस्पताल पनि छैन । | ' मनकारी ' उद्योगी | 104 |
सरकारी नियम–कानुन मिचेर रौतहटमा दर्जनौं संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् । सम्बन्धित निकायबाट अनुमति नै नलिई विद्यालय सञ्चालन गर्नेदेखि एकैचोटि कक्षा अनुमति लिएको पनि पाइएको छ । जिल्लाका सबै स्थानीय तहमा सम्बन्धित निकायबाट अनुमति नै नलिई संस्थागत विद्यालयहरू सञ्चालनमा रहेका छन् भने प्राप्त अनुमतिभन्दा माथिल्लो कक्षा सञ्चालन गर्ने विद्यालय पनि दर्जनभन्दा बढी संख्यामा रहेका छन् । | नियम मिचेर दर्जनौं संस्थागत विद्यालय | 385 |
स्क्रव टाइफसको संक्रमणले सेती अञ्चल अस्पतालमा # जनाको मृत्यु भएको छ । मुसाबाट किर्नाले टोकेर मान्छेमा सार्ने स्क्रव टाइफसको संक्रमण कैलालीमा यो वर्ष अत्याधिक देखिएको छ । सेती अञ्चल अस्पताल मेडिकल वार्ड इन्चार्ज एशोदा ढकालका अनुसार स्क्रव टाइफसबाट ## जना प्रभावित भएका छन भने # जनाको मृत्यु भइसकेको छ । | मुसाबाट सर्ने टाइफसले कैलालीमा # जनाको मृत्यु | 301 |
प्रहरीले # लाख रुपैयाँ चोरी गर्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भई हाल टोखा बस्ने वर्ष ## को वसन्त परियार रहेका छन् । पाँचथर घर भएका नगेन्द्र माखिमले झोलामा बोकी हिँडेको # लाख रुपैयाँ चोरी गर्दैगर्दा महानगरीय प्रहरी वृत्त बालाजुको विशेष टोलीले परियारलाई माछापोखरीबाट पक्राउ गरेको हो । | माछापोखरीबाट # लाख रुपैयाँ चोरी गर्दागर्दै एकजना पक्राउ | 321 |
बुधबार राति # बजे लम्किचुहा नगरपालिका # प्रतापपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । स्थानीय ## वर्षका इन्द्र चौधरीले कुटपीट गर्दा श्रीमती ## वर्षकी गर्भा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएपछि इन्द्र चौधरीले छिमेकीहरुलाई आफ्नी श्रीमती रक्सी सेवन गरेर घर छेउको सडकमा लड्दा मृत्यु भएको जानकारी दिएका थिए । | श्रीमानको कुटपीटबाट श्रीमतीको मृत्यु | 330 |
गैरआवासीय नेपाली संघले गोर्खाको दुर्गम हिमाली क्षेत्र लाप्राकमा निर्माण थालेको ' लाप्राक नमुना वस्ती ' बनाउन नेपाली सेनाले पनि सहकार्य गर्ने भएको छ । गैरआवासीय नेपाली संघको आह्वानमा नेपाली सेनाले शनिवार नै क्याप्टेनको कमाण्डमा ## जना दक्ष जनशक्ति लाप्राक पठाएको छ । जसमा इन्जिनियर , ओभरसियर र दक्ष निर्माण जनशक्तिसमेत रहेका छन् । | लाप्राक पुननिर्माणमा एनआरएनलाई नेपाली सेनाले सघाउने | 329 |
काठमाडौ–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चाड पर्वको अवसरमा आयोजना गर्न लागेको चियापानका लागि # लाख जनालाई निम्तो पठाएको जनाएको छ । कांग्रेसले विजया दशमी , दिपावली , नेपाल संवत , छठलगायत पर्वका अवसरमा शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा चियापान कार्यक्रमको आयोजना गर्दैछ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । | कांग्रेसको चियापानमा एक लाखलाई निम्तो | 415 |
पोखरा–बागलुङ सडकलाई फराकिलो र सुधार गर्नका लागि दैनिक साढे छ घण्टा बन्द गर्न थालिएको छ । सडक फराकिलो बनाउने क्रममा कास्की जिल्ला , अन्नपूर्ण गाउँपालिकामा पर्ने गिरिचोकदेखि नयाँपुल बजार खण्डमा शनिबारदेखि दैनिक छ घण्टा सडक बन्द गर्न थालिएको हो । आयोजनाको घट्टेखोलादेखि नयाँपुल खण्डमा सडक फराकिलो पार्ने काम गरिरहेको एपेक्स कन्स्ट्रक्सन कम्पनी प्रालिले बिहान # देखि #ः## बजेसम्म डेढ घण्टा तथा बिहान #ः## देखि ##ः## सम्म एक घण्टा बन्द गर्न थालिएको छ । | मर्मतका लागि पोखरा - बागलुङ सडक छ घण्टा बन्द | 447 |
संघीय संसद् ( प्रतिनिधिसभा र राष्ट्रियसभा ) को सोमबारदेखि शुरु हुने चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँबानेश्वरमा यही वैशाख ## गते अपराह्न # बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् । नेपालको संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट सङ्घीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । | संसद्को चौथो अधिवेशनको तयारी पूरा , वार्षिक नीति तथा कार्यक्रम र बजेट आउने | 353 |
' नाजी होस् या आर्थिक मन्दी वा लगातारको स्वामित्व परिवर्तन नै किन नहोस् , केहीले पनि जिपलाई अहिलेसम्म रोक्न सकेको छैन । भविष्यमा जिप ब्रान्ड जस्कोसुकै हातमा गए पनि यो निरन्तर दौडिरहनेछ । ' अमेरिकी अटो ब्रान्ड जिपबारे चर्चित भनाइ हो यो । | जिपको नालिबेलीः रेकर्डमाथि रेकर्ड , एसयूभीमा सबैभन्दा ठूलो विरासत | 236 |
सरकारले घोषणा गरेको पर्यटन वर्ष – #### लाई सफल पारौं भन्दै पैदल यात्रामा निस्किएको टोली सोमबार हेटौंडा आइपुगेको छ । मुलुकको समृद्धिको लागि पर्यटन वर्ष महत्वपूर्ण रहेको भन्दै कञ्चनपुरको डड्डा चौकीबाट यात्रा थालेको दुई सदस्य टोली राजमार्गमा पर्ने ठूला शहरको यात्रा गर्दै हेटौंडा आइपुगेको हो । सरकारको महाअभियानलाई सफल बनाउन नागरिकको जिम्मेवारी भएकाले मंसिर ## गतेबाट महाकाली–मेची यात्रा थालेको टोलीका सुरेश उप्रेतीले बताए । | पर्यटन वर्ष #### को नारा बोकेको टोली हेटौंडामा | 421 |
काठमाडौं - नेपाल भ्रमणमा रहेका मलेसियाका मानव संसाधनमन्त्री एम कुलाशेगरानले आज बिहान पशुपतिनाथको दर्शन गरेका छन् । करीब दुई घण्टा पाशुपत क्षेत्रमा रहेका उनले पशुपति नाथको मूल मन्दिर , ## शिवालय , गोरखनाथलगायत विभिन्न मठमन्दिरको अवलोकन गरे । मन्त्री कुलाशेगरानलाई पशुपति विकास क्षेत्र कोषका कार्यकारी निर्देशक रमेश उप्रेती र सदस्यसचिव प्रदीप ढकालले अवलोकन गराएका थिए । | मलेसियाका मानव संसाधनमन्त्री पशुपतिमा | 367 |
साउनको महिना , आउँदै गरेको तीज काठमाडौंको इन्द्रचोकको पोते बजार निकै व्यस्त छ । सतुंगलबाट आएकी दुर्गा ज्ञवाली पोते बजारमा नौगेडी बनाउँदै गरेकी भेटिइन् । साउन महिनादेखि तीज र दसैँसम्म लगाउनका लागि नौगेडी किन्न लागेको उनी बताउँछिन् । | साउन : पोते र मेहन्दी ( भिडियो ) | 231 |
च्याम्पियन्स लिग अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा इङ्लिस क्लब टोटेनह्यामले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई #–# ले स्तब्ध पार्दै अघिल्लो चरणको यात्रा बलियो बनाएको छ । बिहीबार राति घरेलु मैदानमा भएको खेलमा टोटेनह्यामका लागि सन ह्युङ मिन , भर्टोन्घन र फर्नान्डो लोरेन्टेले गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि ## औं मिनेटमा जान भर्टोन्घनको क्रसमा दक्षिण कोरियाली खेलाडी ह्युङ मिनले गोल गर्दै टोटेनह्यामलाई सुरुवाती अग्रता दिलाए । | बोरुसिया डर्टमुन्डविरुद्ध टोटेनह्यामको शानदार जित | 469 |
स्वास्थ्य अवस्थाको कारण शो नै बन्द गरेर उपचार गराएका भारतीय कमेडियन कपिल घर फर्किएका छन् । ## दिनको आयुर्वेदिक उपचारपछि मुम्बई फर्किएका हुन् । ## दिनको लागि बेंगलुरुमा भर्ना भएका उनी केही दिनपछि नै फर्किएपछि अब उनले आफ्नो फिल्म ' फिरंगी ' को शुटिङ पुरा गर्ने जनाइएको छ । | उपचारबाट फर्के कपिल , अब शो को शुटिङ सुरु गर्ने | 270 |
गत शुक्रबार प्रतिनिधिसभा बैठकमा जुम्लाका नेकपा सांसद गजेन्द्रबहादुर महतले कर्णालीका विभिन्न जिल्लामा सरकारले छाउगोठ भत्काएकामा आपत्ति जनाए । संसद्को शून्य समयमा बोल्दै उनले भनेका थिए , ' हिजो गोर्खाली सेनाका नाममा र आज छाउगोठका नाममा हाम्रा घर भत्काइएको छ । के हेरेर बसेको छ गृह मन्त्रालय ? ' मानिसहरूको गाँस , बास र कपासको न्यूनतम आवश्यकता पूरा नगरी छाउगोठ भत्काएर मात्रै प्रथा अन्त्य नहुने उनको भनाइको अर्थ थियो । | छाउगोठ भत्काउने अभियानमा सांसद विभाजित | 415 |
चितवनमा डेङ्गुका कारण एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनकाअनुसार चितवन मेडिकल कलेजमा उपचाररत ## वर्षीया एक महिलाको मृत्यु भएको हो । कार्यालयका प्रमुख दिपक तिवारीका अनुसार लमजुङ दूधपोखरी–# विचौर स्थायी घर भई नवलपुरको गैँडाकोट निवासी सरस्वती न्यौपानेको कात्तिक # गते बिहान उपचारको क्रममा मृत्यु भएको हो । | डेङ्गुका कारण चितवनमा एकको मृत्यु | 317 |
सर्वोच्च अदालतको फैसलापछि विकसित नयाँ राजनीतिक परिस्थितिमा प्रमुख प्रतिपक्षी एमालेले ' पर्ख र हेर ' को रणनीति लिएको छ । अदालतको फैसलापछि विकसित राजनीतिक परिस्थितिबारे समीक्षा गर्न मंगलबार बसेको एमाले स्थायी कमिटीको बैठकले आन्दोलनरत नौ दल , संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलसँग परामर्शपछि आगामी कदम निर्धारण गर्ने निर्णय लिएको छ । ' संविधान कार्यान्वयनका लागि प्रमुख दल मिल्नुको विकल्छ छैन । | ' पर्ख र हेर ' रणनीतिमा एमाले | 391 |
चितवन जिल्लामा थप चारजनामा स्वाइन फ्लु लागेको पुष्टि भएको छ । पछिल्लो परीक्षण प्रतिवदेनमा थप चारजनालाई स्वाइन फ्लु भनेर चिनिने इन्फ्लुएन्जा ए एचवान एनवान सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि जिल्लामा # जनामा स्वाइन फ्लु लागेको पुष्टि भएको थियो । | चितवनमा थप चारमा स्वाइन फ्लु , संक्रमितको संख्या ## पुग्यो | 269 |
ललितपुर , महालक्ष्मीका उत्तम थापा ( नाम परिवर्तन ) को बाल्यकालीन सपना थियो - प्रहरीमा जागिर खाएर देशको सेवा गर्ने । #### सालमा उनको रहर पूरा भयो । उनी नेपाल प्रहरीमा ' असई ' पदबाट जागिरे भए । | सेना–प्रहरीमा सेवा अवधि नपुग्दै जागिर छाड्ने प्रवृत्ति बढ्दो | 191 |
कोरियन एम्बासडर राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको नवौं संस्करण आइतबारदेखि सुरु भएको छ । प्रतियोगितामा ##औं दक्षिण एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीको क्याम्पमा रहेका खेलाडीहरू पनि सहभागी छन् । पहिलो दिन जुनियर विधाको पुम्सेमा राष्ट्रिय टोलीका खेलाडीले सफलता हासिल गरे । | कोरियन एम्बासडर तेक्वान्दो सुरु | 278 |
## साउन , काठमाडौं । कानूनमन्त्रीबाट राजीनामा दिएका शेरबहादुर तामाङ्ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । ' म जम्मा ### दिन मन्त्री भएँ ' , तामाङ्ले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै भने , ' मन्त्री पद सम्हादा र अहिले सम्पत्ति विवरणमा खासै फरक छैन् । | पूर्वमन्त्री तामाङ्ले सार्वजनिक गरे सम्पत्ति , तलवभत्ता ऋण तिर्नै ठिक्क | 257 |
मोहन बैद्य नेतृत्वको नेकपा ( क्रान्तिकारी माओवादी ) ले आगामी मंसीर ## गते हुने उपनिर्वाचिन बहिष्कार गर्ने भएको छ । नेकपा ( क्रान्तिकारी माओवादी ) ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो उपनिर्वाचन सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरिएको जानकारी गराएको हो । निर्वाचन आयोगले तीन वटै तहको विभिन्न ## वटा स्थानमा हुने उपनिर्वाचनका लागि कार्यतालिका समेत सार्वजनिक गरेपछि बैद्य नेतृत्वको नेकपा ( क्रान्तिकारी माओवादी ) ले सो उपनिर्वाचन सशक्त रुपमा बहिष्कार गर्ने घोषणा गरेको हो । | बैद्य माओवादीले उपनिर्वाचिन बहिष्कार गर्ने | 479 |
नेपाली कांग्रेसका सहमहामन्त्री डा . प्रकाशशरण महतले उद्योग व्यवसाय बढेर युवाहरुले रोजगारी पाए मात्र देशमा समृद्धि भित्रने बताएका छन् । प्रेस युनियन नुवाकोटले शुक्रबार विदुरमा आयोजना गरेको पत्रकार भेटभाटमा सहमहामन्त्री महतले सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको नारालाई कार्यान्वयन गर्न सरकारी पक्षबाट कुनै पहल नभएको आरोप लगाएका छन् । गफ मात्र गर्ने सरकार भएकोले जनताले वलीको सरकारबाट मुक्ति खोज्न थालेको भन्दै डा . महतले भने , ' देशमा जनता महङ्गी , कर , व्याजदरले आक्रान्त छन् । | युवाहरुले रोजगारी पाए मात्र समृद्ध नेपाल बन्छ : नेता महत | 482 |
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलको लुकिङ ग्लास तोडमोड गर्ने या परिवर्तन गरेर राख्ने चालकलाई कारवाही थालेको छ । लुकिङ ग्लासको जथाभावी प्रयोग गर्ने , हटाउने तथा स्वरूप परिवर्तन गरेका कारण चालकले पछाडिको सवारी नदेख्दा दुर्घटना बढेको भन्दै महाशाखाले उक्त अभियान थालेको आज एक सूचना जारी गरी जनाएको छ । लुकिङ ग्लास फोल्ड गर्ने , नराख्ने तथा नदेखिने गरी राख्ने चालकमाथि शुरु भएको अभियानअन्तरगत शनिबार पहिलो दिन ### चालकलाई कारवाही गरिएको महाशाखाले जनाएको छ । | मोटरसाइकलको लुकिङ ग्लास परिवर्तन गरे कारवाही | 462 |
इलाम– राधा दर्जीले चियाको बोट सुम्सुम्याउनु भएको ## वर्ष भयो । सूर्योदय नगरपालिकाकी दर्जी कन्याम चिया बगानमा कार्यरत रहेकी छिन् । मेची राजमार्ग छेउमा पर्ने कन्याम चिया बगानमा चिया हेर्न , फोटो खिच्न , घुम्न अनी रमाइलो गर्न दैनिक सयौँ पर्यटक आउँछन् तर दर्जीलाई कोही कसैले भुल्याउन सक्दैनन् । | इलामको चियाः न लाग्छ शनिबार , न छुन्छ सार्वजनिक बिदाले | 290 |
पोखरा सभागृह प्रेक्षालयमा बसेका दर्शक तथा स्रोता सबैको मञ्चमा केन्द्रित थियो । हल यसरी मौन बसको थियो कि चाँडै केही हुँदैछ । स्टेजको डिजिटल स्त्रिmनमा क्रमशः काउनडाउन सुरु भयो – ' ## , # , # , …… . # , # , # । | पोखरामा प्रमोद खरेलको हाइहाई | 208 |
विदेशी साइबर आक्रमणबाट अमेरिकी कम्प्युटरलाई जोगाउन भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । ट्रम्पले एक कार्यकारी आदेश जारी गरेर राष्ट्रिय संकट घोषणा गरेको बीबीसीले जनाएको छ । ट्रम्पको यस घोषणासँगै अमेरिकी कम्पनीहरुलाई विदेशी टेलिकम सेवा उपयोग गर्न प्रतिवन्ध लगाइएको छ । | अमेरिकामा साइबर हमलाको खतरा , राष्ट्रिय संकटकाल घोषणा | 299 |
नेत्रविक्रम चन्द ' विप्लव ' ( फाइल तस्वीर ) ## मंसिर , काठमाडौं । नेपाली भूमिमा प्रवेश गरी नेपालीलाई गोली हानेको घटनामा पश्चाताप गर्दै भारतले सार्बजनिकरुपमा माफी माग्नुपर्ने नेत्रविक्रम चन्द ( विप्लव ) नेतृत्वको नेकपा माओवादीले बताएको छ । विप्लव र केन्द्रीय जनपरिषद नेपालले बिहीबार छुट्टा छुट्टै विज्ञप्ति निकालेर उक्त घटनाले स्वाभिमानी नेपालीलाई आक्रोशित तुल्याएको भन्दै माफी माग्न भनेका हुन् । | विप्लव भन्छन् - सुनसरी घटनामा भारतले सार्बजनिक माफी मागोस् | 395 |
तुमेवा गाँउपालिकाको प्रमुख पदमा नेपाली काग्रेसका होम थापा विजयी भएका छन् । उनले नेकपा ( माओवादि ) केन्द्रका देवेन्द्र खत्रीलाई ### ले हराउँदै थापा विजयी भएका छन् । थापाले माओवादि–नेकपा ( एमाले ) को तालमेललाई हराएको हो । | तुमेवामा काग्रेसका होम थापा विजयी | 219 |
स्थानीय तहको निर्वाचनमा तेस्रो लिंगी , यौनिक तथा अल्पसंख्यकबाट एक जनाले मात्रै वडा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि तीन प्रदेशका ## जिल्लाका दुई सय ## स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं ## को वडा सदस्यमा संघइय समाजवादी फोरम तथा नयाँशक्तिका तर्फबाट दीपेश भण्डारीले मात्रै उम्मेदवारी दर्ता गरेको नीलहीरा समाजले जनाएको छ । समाजका अनुसार तेस्रो लिंगीका तर्फबाट नागरिकता लिएकामध्ये एक सय ## जनाको मात्रै मतदाता नामावलीमा नाम छ । | तेस्रो लिंगी मतदाता ### , उम्मेदवार एक | 487 |
काठमाडौंवासी मस्त निदाइरहँदा सडक सफा गर्न निस्किन्छिन् , पूर्णमाया देउला । ## वर्षीया देउलाको दिनचर्या बिहान साढे चार बजेबाटै सुरु हुन्छ । काठमाडौं महानगरपालिकाकी सफाइ कर्मचारी उनी साँखुदेखि धाएर सडक सफा गर्न एकाबिहानै आइपुग्छिन् । | जसको आधा जीवन सडक बढार्दै बित्यो | 231 |
प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरीका चाङ लागेका छन् । संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग शुक्रबार छलफल गरेको छ । उजुरीका विषयलाई लिएर समितिले गोप्य रुपमा छलफल गरेको थियो । | प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरीको चाङ | 221 |
भक्तपुरमा अपराधका घटनामा कमी आएको तथ्यांकले देखाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष #### । ### साउनदेखि चालू आर्थिक वर्ष #### । | भक्तपुरमा घट्यो अपराधका घटना | 181 |
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित होलेसुङ–जनकराज राई मार्ग गोल्डकपको चौथो संस्करणको उपाधि खामाखा खार्चुङ समाज दुर्छिमले जितेको छ । शुक्रबार हलेसी तुवाचुङ नगरपालिका–# दुर्छिमको बोहेम्मास्थित कृष्णराम–मोतिप्रसाद राई खेलमैदानमा भएको फाइनल खेलमा खारम्बु स्पोर्टस् क्लव खार्मीलाई पछि पार्दै खामाखा खार्चुङ समाजले पहिलो उपाधि हात पारेको हो । प्रतियोगितामा खामाखा खार्चुङ समाजले जितका लागि # गोल गर्दा खारम्बु स्पोर्टस् क्लवले # गोल गरेको साकेला सिली फुटबल क्लबका अध्यक्ष कमल राईले बताए । | होलेसुङ–जनकराज मार्ग गोल्डकपको उपाधि खामाखालाई | 490 |
बुधबार सेयर बजार स्थिर देखिएको छ । नेप्से परिसूचक बुधबार # . ## प्रतिशत अर्थात # दशमलव ## अंकले मात्रै बढेको छ । कारोबार भने मंगलबारको तुलनामा ओरालो लागेको छ । | सेयर बजार स्थिर , कारोबार संख्या घट्यो | 159 |
देशमा यतिबेला माग्नेहरुको भीड छ । कोही एक करोड रुपैयाँ उपचार खर्च माग्दैछन् , कोही चाँहि जनयुद्धका बेला करङमा अड्किएका गोलीका छर्रा निकाली पाउँ भन्दै राज्यसँग हारगुहार गर्दैछन् । आलिशान महलमा बस्नेदेखि कमिलाकुटीसम्म सबैको नजर सरकारी ढिकुटीतिरै छ । | सुजाताले एक करोड माग्दा पूर्वलडाकू भन्छन् - महिनामा एक बोरा चामल चाहियो ! | 247 |
मानिस बिरामी हुँदा औषधोपचार गर्छ र उपचार गर्दा पनि निको नभएपछि भगवान पुकार्न थाल्छ । भगवानले रोग निको पारिदिन्छन् भन्ने आशाले मान्छे अध्यात्मतिर लागेको त देखिएकै हो । तर यदि मानिसको रोग हरण गरिदिने विश्वासमा पुजिने भगवान नै बिरामी परे भने के होला ? सायद आफु त महादेव उत्तानो पर , कसले दला वर ? भन्ने उखान चरितार्थ होला । | मन्दिरका भगवान नै बिरामी भएपछि… | 320 |
काठमाडौं - ललितपुरस्थित महालक्ष्मी नगरपालिकाले शिक्षकको तलब आफैँ वितरण गर्न थालेको छ । संविधानको अनुसूची # बमोजिम स्थानीय तहको शिक्षाको अधिकार कार्यान्वयन गर्दै नगरपालिकाले आफ्ना नगरक्षेत्रका शिक्षकको तलब वितरण गर्न थालेको नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए । उनका अनुसार नगरपालिकामा शिक्षा विभाग गठन गरेसँगै मंसिरदेखि नै नगरभित्रका सबै सामुदायिक विद्यालयका शिक्षकको तलब वितरण गर्न थालिएको हो । | नगरपालिकाले शिक्षकलाई तलब बाँड्ने | 409 |
दाङको बबई नदीमा आएको बाढीले तुलसीपुर उपमहानगरपालिकाका केही बस्ती डुबानमा परेका छन् । साथै जिल्ला सदरमुकाम घोराहीसँग तुलसीपुरको यातायात सम्पर्क बिच्छेद भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ## को बखरिया , गोल्टाकुरीको कलम खोला , मोतिपुर , बाँकी गाउँ लगायतका स्थानमा बबई नदीको बाढी पसेको छ । | बबईको बाढीले तुलसीपुर डुबानमा , घोराहीसँग यातायात सम्पर्क बिच्छेद | 294 |
यसवर्षको गोतामे पत्रकारिता पुरस्कार , सप्तरीको कञ्चनपुरका पत्रकार भोलाप्रसाद पासवानलाई प्रदान गरिएको छ । गोपालचन्ऽ गौतम स्मृति प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको पुरस्कार पासवानलाई प्रदान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष जगदिशप्रसाद शर्माको अध्यक्षतामा , नेपाल पत्रकार महासंघमा बुधबार आयोजित पुरस्कार वितरण समारोहमा पासवानलाई पुरस्कार प्रदान गरिएको हो । | भोलालाई गोतामे पत्रकारिता पुरस्कार , सुनको सिक्का र सम्मानपत्र प्रदान | 363 |
आँधी र हावाहुरीका कारण जनधनको क्षति भएको बारा र पर्सामा सर्वसाधारणको उपचारका लागि नेपाल प्रहरी अस्पतालबाट चिकित्सकको टोली गएको छ । प्रहरी अस्पतालबाट प्रहरी नायब उपरीक्षक डा . सुरेन्द्र साहको नेतृत्वमा # जना चिकित्सकसहित # जना स्वास्थ्यकर्मीको टोली बारा पुगिसकेको छ । त्यस्तै प्रहरी नायब उपरीक्षक डा . अमिनकुमार श्रेष्ठको नेतृत्वमा चिकित्सक र स्वास्थ्यकर्मीको थप टोली सोमबार बिहान ## : ## बजे प्रभावित क्षेत्रतर्फ प्रस्थान गरिसकेको नेपाल प्रहरी अस्पतालले जनाएको छ । | आँधी र हावाहुरी प्रभावित क्षेत्रमा नेपाल प्रहरी अस्पतालका दुई टोली | 464 |
विश्व शान्ति महिला संघ ( कोरिया ) ले धनुषाको गणेशमान चारनाथ नगरपालिका , वीरेन्द्रबजारस्थित राष्ट्रिय माविलाई ## कोठे भवन हस्तान्तरण गरेको छ । एक करोड ## लाख ## हजार रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भवनको साँचो संघकी अध्यक्ष योङ सुन चोईले बुधबार एक समारोहका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर थापा तथा प्रधानाध्यापक हिरालाल साहलाई हस्तान्तरण गरेकी हुन् । शिक्षामा सबैको पहुँच र स्तरीय शिक्षाका लागि आवश्यक भौतिक पूर्वाधारमा सहयोगस्वरूप उक्त भवन निर्माण गरिदिएको चोईले बताइन् । | कोरियाली महिलाको सहयोगमा विद्यालय भवन | 492 |
तीनकुनेनजिक गए राति भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कोटेश्वरबाट गौशाला जाँदै गरेको बा##प नम्बरको मोटरसाइकल राति करिब # बजे पल्टिँदा चालक ललितपुर इमाडोलका ## वर्षीय राजु तामाङका साथै पछाडि सवार काभ्रेपलाञ्चोकका ## वर्षीय विशाल लामाको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका तामाङ र लामालाई उपचारको क्रममा मीनभवनस्थित निजामती अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । | तीनकुनेनजिक मोटरसाइकल दुर्घटनामा , दुईको मृत्यु | 414 |
मन्त्री वा कुनै ठूलो नेता आउने हल्ला चल्यो कि दाङ जिविस कार्यालयमा चिन्ता छाउन थाल्छ । चिन्ताको कारण हो - भिआइपीलाई गाडी उपलब्ध गराउनुपर्ने बाध्यता र त्यसले कामकाजमा पार्ने असर । ' मन्त्रीको पाइला पर्यो कि उनको पार्टीका नेता–कार्यकर्ताले अघिपछि हिँड्न सरकारी गाडी नै ताक्छन् , ' जिविसका एक कर्मचारीले भने , ' गाडीका लागि कतिपय नेता कार्यालयमै ताकेता गर्न आउँछन् । | ' भिआइपी ' ले आजित सरकारी कार्यालय | 364 |
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको काममा आवश्यकभन्दा बढी मुआब्जा माग्ने प्रचलनप्रति गुनासो व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले भने , ' आफ्नो जग्गा वा सम्पत्ति बिक्री गर्दा राज्यलाई कम राजश्व तिर्न परोस् भन्ने मान्यता राख्ने , तर सरकारसँग लिन परे भने असाध्यै धेरै माग्ने प्रवृत्ति हावी भयो । यस्तो प्रवृत्तिले विकास निर्माणको काममा ढिलाइ हुने गरेको छ । | विकास निर्माणका काममा अनावश्यक मुआब्जा माग्ने प्रवृत्ति बढ्यो : प्रधानमन्त्री | 366 |
पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता कुलबहादुर ( केबी ) गुरुङले इलामको बालमन्दिर विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदानपछि गुरुङले लामो समयपछि संसदीय निर्वाचन हुनु नै लोकतन्त्रका लागि ' शुभसंकेत ' भएको बताए । ' हुँदैन , हुँदैन भन्दाभन्दै शान्तिपूर्ण रूपमा चुनाव भयो , यो नै खुसीको कुरा हो , ' मतदानपछि नागरिकसँग कुरा गर्दै गुरुङले भने , ' राम्रा मान्छेले जितुन् , मेरो यही शुभकामना र बधाई । | राम्रा मान्छेले जितुन् : केबी गुरुङ | 402 |
आउँदो ## असोजमा राजधानीमा हुने ' जम्बोरी नाइट ' ' फेसन शो तथा म्युजिकल नाइट ' का लागि मोडल छनौट भएका छन् । प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टको आयोजनामा हुन लागेको कार्यक्रममा विभिन्न डिजाइनरको सिर्जनात्मक पहिरनमा मोडलहरु र्याम्पमा प्रस्तुत हुँदैछन् । फेसन नाइटका लागि आइतबार राजधानीमा मोडलहरुको अडिशन लिइएको थियो । | ' जम्बोरी नाइट ' लागि छानिए मोडल | 313 |
अर्थसचिव डा . राजन खनालले पुँजी बजारका नियामकलाई प्रभावकारी रुपमा आफ्नो भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् । नियामकले पुँजी बजारको विकासका लागि तदारुकता नदेखाएको भन्दै लगानीकर्ताले गुनासो गरेका बेला अर्थसचिवले यस्तो निर्देशन दिएका हुन् । सम्बद्ध पक्षसँग बारम्बार भेट गर्दै लगानीकर्ताले अनलाइन ट्रेडिङको विकास , नेप्से निजीकरण , मार्केट डिलरको संचालन , गैरआवासीय नेपालीलाई लगानीको वातावरण बनाउन आग्रह गर्दै आएका छन् । | पुँजी बजारका नियामकलाई प्रभावकारी काम गर्न अर्थसचिवको निर्देशन | 420 |
हुण्डाईले आफ्नो लोकप्रिय ह्याचब्याक स्यान्ट्रोलाई फेरि बजारमा ल्याउने भएको छ । तर , स्यान्ट्रो अब विल्कुलै नयाँ डिजाइन र फिचर्ससहित उपलब्ध हुनेछ । #### बाट उत्पादन बन्द भएको स्यान्ट्रो # वर्षपछि सन् ####मा नयाँ अवतारमा बजारमा उतार्ने तयारी हुण्डाईले गरिरहेको छ । | नयाँ अवतारमा आउँदै हुण्डाईको ' स्यान्ट्रो ' , के - के हुनेछन् फिचर्स ? | 262 |
नरहरीनाथ गाउँपालिकामा नेकपा एमालेका धिरबहादुर बिष्ट विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मिनबहादुर बोगटीलाई ### मतले पछि पार्दै बिष्ट प्रमुखमा विजयी भएका हुन् । उनले उनी #### मत प्राप्त गरे भने बोगटीले #### मत प्राप्त गरेका छन् । | कालिकोटको नरहरीनाथमा एमालेका धिरबहादुर बिष्ट विजयी | 253 |
न्यूजिल्याण्डलाई हराउँदै अष्ट्रेलिया टी - ट्वान्टी महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति समूहको आफ्नो तेस्रो खेलमा न्यूजिल्याण्डलाई ## रनले हराउँलै समूहमा बीमा लगातारा तेस्रो जित निकाल्दै अष्ट्रेलिया एक खेल अगाडि अन्तिम चारमा प्रवेश गरेको हो । अष्ट्रेलियाको जितमा एलीसा हेलीले सर्वाधिक ## रनको अर्धसतकीय पारी खेल्दा मेगन शटले # ओभर बलिङ गर्दै ## रन खर्चिएर # विकेट लिइन् । | लगातार तेस्रो जितसँगै अष्ट्रेलिया महिला टी - ## विश्वकपको सेमिफाइनलमा | 391 |
भारतको उत्तरी राज्य कश्मिरमा मोदी सरकारले फोन र इन्टरनेट बन्द गरिदिएको छ भने राज्यका दुई पूर्व मुख्यमन्त्रीहरुलाई घरमै नजरबन्दमा राखेको छ । पुर्व मुख्यमन्त्रीहरु ओमार अब्दुल्लाह र मेहबुबा मुफ्तीलाई उनीहरुको घरमै गए रातिदेखि नजरबन्दमा राखिएको छ । प्रमुख प्रतिपक्षी दल कंग्रेस आई र कम्युनिष्ट पार्टीका केहि नेतालाई पनि गिरफ्तार गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । | कश्मिरमा फोन - इन्टरनेट बन्द , पूर्व मुख्यमन्त्री अबदुल्लाह र मुफ्ती नजरबन्दमा | 368 |
अज्ञात समूहले घरमा आगजनी गरेपछि खोटाङमा एक परिवार विचल्लीमा परेको छ । कोही नभएकोबेला रातका समयमा भएको आगजनीमा घर जलेपछि रावाबेँसी गाउँपालिका–# हौंचुर गिद्धेका डाकमान बिकको परिवार बिस्थापित भएको हो । डाकमान रोजगारीका लागि सिन्धुपाल्चोक पुगेको र श्रीमती माईती गएको बेलामा शनिबार घरमा आगजनी भएको बिक परिवारले बताएका छन् । | घरमा आगजनी गरेपछि विक परिवार विचल्लीमा | 318 |
हामी अहिले बौद्धिकताको ' स्वर्णयुग ' मा छौं । अर्थात् , हाम्रो बौद्धिक क्षमता उच्च विन्दुमा छ । बौद्धिकता के हो ? कसको कति हुन्छ ? यसको परीक्षण विधि सय वर्षअघि नै लागू भइसकेको थियो , जसलाई ' इन्टेलिजेन्स कोसन्ट ' भनिन्छ । | के हाम्रो नयाँ पुस्ता बोधो हुँदैछ ? | 221 |
सरकारी तथ्यांकअनुसार जिल्लाका ## . # प्रतिशत उपभोक्ताले खानेपानी तथा सरसरफाइको सुविधा पाएका छन् । सदरमुकामसहित गाउँगाउँको अवस्था हेर्ने हो भने यो तथ्यांक सही लाग्दैन । सदरमुकाममा बाह्रैमास खानेपानी अभाव चुलिँदो छ । | एडिबीले हात झिकेपछि खानेपानी अायाेजना अन्याेलमा | 214 |
दक्षिण एसियाली खेलकुद सागमा सफल आठौं संस्करणको ## स्वर्णको कीर्तिमान बिहीबार बराबरी भएको छ । नेपालमा जारी ## औ सागमा नेपालले बिहीबार दुई स्वर्ण थप्दै तालिकामा ## औं स्वर्ण पुर्याउँदा नेपालको कीर्तिमानी साग इतिहासमा बराबरी भएको हो । यस अघि #### मा स्वर्ण पदक जितेकी उसुकी निमा घर्ती मगर र साइक्लिङका लक्ष्मी मगरले स्वर्ण जितेपछि ## औं सागमा नेपालको स्वर्ण संख्या ## पुगेको छ । | ## औं साग : ## स्वर्णको कीर्तिमान बराबरी | 376 |
शुक्रबार बिहानै एसिड प्रहारबाट घाइते भएकी ## वर्षीया किशोरी मुस्कान खातुनलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । एसिड प्रहार भइसकेपछि नारायणी अस्पतालमा लगिए पनि अवस्था गम्भीर भएकोले थप उपचारको लागि उनलाई काठमाडौं रिफर गरिएको हो । संघीय सांसद प्रदिप यादवको सहयोगमा काठमाडौं रिफर गरिएको हो । | एसिड प्रहार गरिएकी किशोरीलाई काठमाडौं रिफर | 294 |
चिरञ्जीवी पौडेल## माघ , काठमाडौं । गत शुक्रबार राति भुकम्प आउँदा नायक आर्यन सिग्देल आफ्नी पत्नी सपनाको हात समाएर राइजिङ मलमा सिनेमा हेरिरहेका थिए । उनको अर्को हातमा थियो आइफोन - # एस । | ईश्वरले फिर्ता गरे आर्यनको आइफोन | 184 |
नेपालका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले महिला र किशोरीहरूका स्वास्थ्य र अधिकारलाई रक्षाका लागि आफ्ना प्रयास दोब्बर बनाउन आग्रह गरेको छ । विश्व जनसंख्यादिवसमा नेपालका लागि राष्ट्रसंघीय जनसंख्या कोष प्रतिनिधि जुलिया भलिसीले प्राकृतिक विपत्तीको तयारी र आपत्कालीन सहायताहरूमा प्रजनन् स्वास्थ्यलाई पनि समेटेर लैजानु पर्नेमा जोड दिएकी छन् । उनले भनेकी छन् - ' निकट भविश्यमाअझ स्थायित्वपूर्ण नेपालको परिदृश्यलाई सवलिकृत गर्न स्वास्थ्य , अधिकारहरू र महिलाको पूर्ण सहभागिता , वयस्ककिशोरीहरू र युवाकाआवश्यकताहरूलाई अहिलेको पुनर्निमाणको चरणमा प्राथमिकतादिनु आवश्यक छ । | महिला र किशोरीको अधिकार रक्षामा जोड | 566 |
फाइल फोटो## असोज , काठमाडौं । एसियन खेलकुद अन्तर्गत दक्षिण कोरियामा जारी पुरुष क्रिकेट तर्फको तेस्रो क्वाटरफाइनल खेलमा नेपाल # रनले पराजित भएको छ । दक्षिण कोरियाको इन्छनमा बुधबार भएको खेलमा अफगानिस्तानले नेपाललाई # रनले पराजित गरेको हो । | नेपाल अफगानिस्तानसँग # रनले पराजित | 237 |
प्रधानमन्त्री केपी शर्मा ओलीले यही महिना भारत भ्रमण गर्ने तयारी भइरहेको छ । चैत चौथो साता भ्रमण हुनसक्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन् । भारत भ्रमणको तयारी भइरहेको पुष्टि गर्दै प्रधानमन्त्री निकट स्रोतले भन्यो , ' अहिले मिति तय भइसकेको छैन । | भारत जाने प्रधानमन्त्री ओलीको तयारी | 253 |
एनआइसी एसिया बैंकले दोस्रो म्युचुअल फण्ड ' एनआइसी एसिया ब्यालेन्सड फन्ड ' निश्कासन गर्ने भएको छ । बन्दमुखी यस योजनामा भोलि बुधबारदेखि आवेदन दिन सकिनेछ । साउन ## गतेसम्म र पर्याप्त आवेदन नपरेमा भदौ # गतेसम्म बिक्री खुला रहनेछ । | एनआइसी एसियाले दोस्रो म्युचुअल फण्ड निश्कासन गर्ने | 226 |
तीन महिने डिन नियुक्त गरेर त्रिभुवन विश्वविद्यालयको गुणस्तर खस्काएको आरोप लागिरहेका बेला उपकुलपति तीर्थ खनियाले फेरि शुक्रबारदेखि लागू हुनेगरी दुईजनालाई निमित्त डिन बनाएका छन् । वनविज्ञान अध्ययन संस्थान र मानविकी संकायमा तीनमहिने नियुक्ति पाएका डिन प्राडा कृष्णराज तिवारी र चिन्तामणि पोखरेलको म्याद सकिएपछि उपकुलपति खनियाले उनीहरूलाई नै निमित्त डिनको जिम्मेवारी दिएका हुन् । वनविज्ञान अध्ययन संस्थानका डिन चिरञ्जीवी उपाध्याय र मानविकी संकायका डिन पोखरेलको चारवर्षे अवधि असोज # मा सकिएको थियो । | भागबन्डा स्वार्थले खस्किँदै त्रिवि | 493 |
आगामी मंसिर ## गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको माहौल पर्वतमा दिन प्रतिदिन बढ्दै गएको छ । निर्वाचनका लागि सबै पक्षले आआफ्नो तयारीसमेत तीव्र पारेका छन् । आगामी निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्नका लागि जिल्लामा क्रियाशील दल सक्रिय त बनेका छन् नै समग्र निर्वाचनको तयारीमा जिल्ला निर्वाचन कार्यालय पनि जुटेको छ । | पर्वतमा आगामी निर्वाचनको तयारी तीव्र पारिँदै | 325 |
सिंहदरबार बाहिरका सरकार - ##एक ' दलित ' परिवारमा आमाछोराको झगडा परेछ । गैरदलित छिमेकीले रिसको झोँकमा भनिछन् , ' ए डुमेनी , धेरै नबोल । ' छिमेकीले एक्कासि जातको कुरा उठाएपछि उनीहरूको घरझगडा सल्टियो , सामाजिक झगडा सुरु भयो । | कानुन नपढेका न्यायाधीश | 222 |
अविरल वर्षाका कारण आएको बाढीले पर्सामा # जनाको बगेर मृत्यु भएको छ भने # जना वेपत्ता भएका छन् । यहाँका पचास बढी गाउँमा बाढी पसेको छ । पकहाँ मैनपुर–# खेसराहाँमा आफन्त भेँट्न आएका भारतीय नागरिक , बिहारको बेँतिया घर घएका रामस्वरुप माझीको बाढीमा बगेर आइतवार बिहान मृत्यु भएको छ । | पर्सामा बाढीले # को मृत्यु # बेपत्ता | 274 |
काठमाडौँको बागबजार क्षेत्रमा नक्कली नोटलाई सक्कली भनेर ठगी गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसरको कार्यालयको टोलीले खोजतलास गर्दा बागबजारस्थित एक होटलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा म्याग्दी बखरबोट बस्ने वर्ष ## का भीमबहादुर मल्ल र ओखलढुङ्गा दियालो घर भई हाल भक्तपुर बस्ने मानबहादुर सुवेदी रहेको परिसरले जानकारी दिएको छ । | नक्कली नोट बनाएर ठगी गर्ने दुई जना पक्राउ | 395 |