article
stringlengths 55
1.8k
| title
stringlengths 10
141
| article_length
int64 55
1.8k
|
---|---|---|
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय परिचयपत्रमा रहेका व्यक्तिको वैयक्तिक र जैविक विवरणको गोपनियता कायम राख्ने सन्दर्भमा ठोस व्यवस्था नगरिनै त्यस सम्बन्धी विधेयकमाथिको छलफल टुंगाएको छ । समितिको सोमबार बसेको बैठकमा सदस्यहरुले राष्ट्रिय परिचयपत्रमा रहेका व्यक्तिको वैयक्तिक र जैविक विवरणको गोपनियता कायम रहने भन्नेमा आश्वस्त हुन नसकिएकाले त्यसको सुनिश्चतता गरिनुपर्ने धारणा राखेका थिए । तर सदस्यहरुनै ढुक्क नबन्दै शंकै शंकामा समितिले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सबन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको छलफल सकाएको हो । | राष्ट्रिय परिचयपत्रः ठोस व्यवस्था नगरि विधेयकमाथि छलफल | 556 |
भारतले लगाएको एक हजार र # सयका नोट प्रतिबन्धको असर नेपालमा गहना बनाउनेदेखि गोरु बेच्ने सम्मका व्यवसायीलाई परेको छ । नेपाल सरकार र राष्ट्र बैंकले पटक पटक आग्रह गर्दा पनि भारतले नेपालीहरुसँग भएको पाँच सय र हजारका नोट कसरी साट्ने भन्ने निर्णय दिन नसक्दा त्यसको असर देखिएको हो । राजश्व अनुसन्धानमा दुइ करोड भारुराजश्व छलीदेखि अवैध रुपमा विदेशी मुद्रा अपचलन गर्नेहरु माथि कार्वाही गर्ने निकाय हो राजश्व अनुसन्धान विभाग । | भारतीय नोटको असरः गोरु बेच्नेदेखि गहना किन्नेसमेत थुनिए | 415 |
सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोको घरमा प्रसर कुकर बम भेटिएको छ । महतोको चन्द्रनगर–# , बबरगञ्जस्थित घरमा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय , सर्लाहीका अनुसार प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको छ । | चन्द्रनगर गाउँपालिकाको अध्यक्ष महतोको घरमा शंकास्पद वस्तु भेटियो | 334 |
नेकपा नेता अग्नि सापकोटा निर्विरोध सभामुख बनेको भोलिपल्टै सर्वोच्च अदालतले आफ्नो एक लिखित आदेशमार्फत ' फरक मत ' प्रकट गरेको छ । सर्वोच्चको आदेश घुमाउरो भएकाले केही दुरहपूर्ण छ । तर , एउटी महिलाले उनीमाथि प्रश्न उठाउनु स्वाभाविकै भएको अदालतले स्पष्टरुपमा भनेको छ । | ' एउटा महिलाले अग्नि सापकोटामाथि प्रश्न उठाउनु स्वाभाविक ' | 263 |
छाउपडी प्रथा अन्त्यका लागि संयुक्त विद्यार्थी संगठनका केन्द्रीय नेताहरू जागरण अभियान लिएर अछाम पुगेका छन् । प्रदेश नम्बर # र # मा व्याप्त छाउपडी प्रथाका कारण महिलाले अकालमै ज्यान गुमाउनु परिरहेकोप्रति चिन्ता व्यक्त गर्दै जनचेतना जगाउन जागरण अभियान लिएर अछाम आएको संयुक्त विद्यार्थी संगठनले जनाएको छ । संगठनले बुधबार अछाममा सर्वदलीय सर्वपक्षीय भेलाको आयोजना गर्दै छाउपडी प्रथा उन्मुलनका लागि राय सुझाव संकलन गरेका छन् । | छाउपडीविरुद्ध विद्यार्थी संगठनको जागरण अभियान | 418 |
भारतले कृषिजन्य वस्तुको आयातमा लाग्ने भन्सार दर बढाएपछि पूर्वी नेपालको काँकडभिट्टा नाकाबाट अदुवा निकासी रोकिएको छ । दुई सातादेखि अदुवाको माउ भारत निकासी बन्द भएपछि पूर्वी पहाडका किसान र व्यापारी तनावमा छन् । व्यापारीले बिक्रीका लागि पठाइसकेको अदुवा बीच बाटोमा पुगेपछि भारतले भन्सार शुल्क बढाएको जानकारी पाएको व्यापारी बताउँछन् । | अदुवा निकासी ठप्प | 328 |
मलेसियाको मन्त्रिपरिषदमा नेपाली कामदारहरुको विषयमा छलफल गर्ने मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरनले बताएका छन् । आँउदो शुक्रबारको साप्ताहिक बैठकमा मुख्य रुपमा नेपाली कामदार आपूर्तीको क्रममा देखिएको समस्या समाधानको लागि पहल गरी दुवै देशलाई फाइदा हुने किसिमले कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । कुलासेगरनका अनुसार नेपालबाट मलेसिया कामदार आपूर्ति गर्ने बेलामा स्थानीय कम्पनीहरुको भूमिकाको बारेमा समेत छलफल हुने छ । | नेपाली कामदारको समस्या मलेसियाको मन्त्रिपरिषदमा | 434 |
पेमेन्ट गेटवे इसेवाले दशैँ तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्बजनिक गरेको ' उत्सवको बहार , हप्तैपिच्छे उपहार ' नामक योजनाका बिजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । बम्पर उपहार बिजेता मकवानपुरका लेखनाथ पौडेललाई यमाहाको एफ जेड एस एफ आइ भि थ्रि मोटरसाइकल कम्पनीले दिएको छ । अर्को बम्पर उपहार बिजेता काठमाडौ रामकोटका किरण घलेले साताको लागि एक जोडिलाई दुवई ट्रिपको प्याकेज पाएका छन् । | इसेवाको उपहार योजनाका विजेताले पाए मोटरसाइकल | 382 |
संयुक्त राष्ट्र संघको घोषणाअनुसार हरेक वर्ष # अगस्टमा विश्व आदिवासी दिवस मनाउने गरिन्छ । नेपालमा पनि शुक्रबार विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ । ## औं विश्व आदिवासी दिवसको नारा छ ' आदिवासीका भाषाहरू ' । | काठमाडौंमा मनाइयो विश्व आदिवासी दिवस ( फोटो फिचर ) | 209 |
महिला , बालबालिका तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापाले पछिल्लो पटक भएको राजनीतिक ध्रुवीकरणले सरकारको स्थायित्व र समाजको समृद्धि हुने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँ क्षेत्र नं # ले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले मुलुकमा दिगो शान्ति र राजनीतिक स्थिरताका लागि आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको नेतृत्व आवश्यक रहेको बताए । लोकतान्त्रिक गठबन्धन निर्माण समयको माग भएको बताउँदै प्रजातान्त्रिक अभ्यासलाई संरक्षण गर्न अहिले चुनौती रहेको बताए । | राजनीतिक ध्रुवीकरणले सरकारको स्थायित्व हुन्छ : मन्त्री थापा | 484 |
कालोसूचीमा पर्ने ऋणीको संख्या बढेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋणमा भाका नाघेको अवधिसम्म साँवा तथा व्याज र तोकिएको शुल्क भुक्तानी नगरेपछि कर्जा सूचना केन्द्रले # हजार ### जनालाई कालोसूचीमा राखेको छ । केन्द्रको तथ्याङ्कअनुसार वर्षेनि कालोसूचीमा पर्ने ऋणीको संख्या बढ्दै गएको छ । | बैंकको ऋण नतिर्दा कालोसूचीमा पर्ने ऋणीको संख्या बढ्यो | 298 |
चालक अनुमति पत्र ( लाइसेन्स ) वितरण तथा नविकरण रोकेको भन्दै प्रदर्शनमा उत्रिएका सेवाग्राहीले यातायात व्यवस्था कार्यालय , बाग्मतीको मुल गेटमा तालाबन्दी गरेका छन् । जसका कारण कार्मचारीहरुभित्रै थुनिएका छन् । सर्भर विग्रिएको नाममा लाइसेन्स रोकेको भन्दै सेवाग्राहीले बिहानैदेखि एकान्तकुनामा प्रदर्शन गरेका थिए । | लाइन्सेन्स माग्दै यातायात कार्यालयमा तालाबन्दी , कर्मचारी थुनिए | 307 |
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरण निर्वाचनअन्तर्गत हिमाली तथा उच्च पहाडी ## जिल्लामा मतदान सुरू भएको छ । संविधान जारी भएपछि पहिलोपटक संघीय संरचनाअनुसार प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुन लागेको हो । मतदान अहिले बिहान # बजेदेखि सुरु भएको छ । | ## जिल्लामा आज चुनाव , # बजेदेखि मतदान सुरु | 253 |
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर # थेचम्बुको तलेवारीकी एक महिलाले बर्षदिन पनि नपुगेका आफ्ना जुम्ल्याहा छोरीलाई सेफ्टी ट्याङ्कीमा हालेर फरार भएकी छिन् । सेफ्टी ट्याङकीमा निसासिएर एक बालिकाको मृत्यु भएको छ भने एकको अवस्था गम्भीर छ । प्रहरीका अनुसार ## बर्षीया कमला बिकले छोरीलाई सेफ्टी ट्याङ्कीमा हालेर फरार भएकी हुन् । | जुम्ल्याहा छोरी सेफ्टी ट्याङकीमा हालेर आमा फरार , एकको मृत्यु | 333 |
नेपाली अमेरिकन बिज्ञहरुको संस्था युएस नेपाल पोलिसी सेन्टरको तेस्रो वार्षिक सम्मेलन र बोर्ड बैठक बोस्टन शहरमा मंगलबार सम्पन्न भएको छ । बोस्टनको हार्वर्ड विश्वविद्यालय मेडिकल स्कूलको सभाहलमा ## विज्ञ र दर्जनौं स्थानीयको उपस्थितिमा सम्पन्न सम्मेलनमा नेपाल र अमेरिकाका ## राज्यबाट ## जना विज्ञद्वारा विषयगत प्रस्तुतीकरण र सवाल जवाफ भएको थियो । नेपालको समावेशी विकासमा मानवीय स्रोत विकासलाई संस्थागत गर्ने विषयमा केन्द्रित सम्मेलनको संयोजन युएसएनपीआरसीका सदस्य तथा हार्वर्ड विश्वविद्यालयका बैज्ञानिक दीनबन्धु भट्टले गरेका थिए । | युएस नेपाल पोलिसी रिसर्च सेन्टरको तेस्रो सम्मेलन सकियो | 522 |
फेसबुक विश्वभर इन्टरनेटको सुविधा उपलब्ध गराउने योजनामा अघि बढेको छ । फेसबुकको पछिल्लो परीक्षण सफल भयो भने सौर्यउर्जाबाट चल्ने मानव रहित विमान अर्थात् ड्रोनको मद्दतले फेसबुकले विश्वका दुर्गम इलाकाहरुमा समेत इन्टरनेट उपलब्ध गराउनेछ । बेलायती समाचारपत्र दी गार्जियनका अनुसार फेसबुकका प्रमुख कार्यकारी तथा संस्थापक समेत रहेका मार्क जुकरबर्गले बेलायतमा यस्तो प्रकारको ड्रोनको परीक्षण गरिएको बताएका छन् । | मानव रहित विमानमार्फत इन्टरनेट उपलब्ध गराउँदै फेसबुक , बेलायतमा सफल परीक्षण | 398 |
सिराहा भोकाहा घर भई काठमाडौँ तीनकुने बस्ने ## वर्षीय संजयकुमार शाहलाई प्रहरीले सुनसहित पक्राउ गरेको छ । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल पार्किङ एरियामा यात्रुसँग विदेशबाट ल्याइएको सुन संकलन गर्दै गरेको अवस्थामा # सय ग्राम सुनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । शाहलाई प्रहरीले आवश्यक कारवाहीको लागि भंसार कार्यालय सिनामङगलमा बुझाएको जनाएको छ । | त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित एक पक्राउ | 356 |
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको पसाहा पुलनजिक राखिएको ट्याक्टरको टेलरमा गत शनिबार सरकारी जिप ठोक्किँदा त्यसमा सवार सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको मृत्यु भयो भने प्रमुख जिल्ला अधिकारी ( बारा ) का गणेश भट्टराई गम्भीर घाइते भए । बा # झ #### नम्बरको उक्त जिप दुर्घटनामा घाइते भएका चालक जगत पटेल , सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव र नेपाल प्रहरीका हवल्दार शम्भु गुरुङ पनि घाइते भए । प्रमुख जिल्ला अधिकारी भट्टराईको अहिले काठमाडौंमा उपचार भइरहेको छ । | टेलरवाला ट्याक्टरले बढाउँदै दुर्घटना | 463 |
दुहबी–कटहरी ## केभी विद्युत प्रसारण लाइन निर्माणमा भएको अवरोध हटाउन प्रदेश–# का मुख्यमन्त्री शेरधन राईले चासो दिएका छन् । दुहबी–कटहरी ## किलोमिटर प्रसारण लाइनमा ग्रामथान गाउँपालिकाको गिधनियामा अवरोध छ । स्थानीयले प्रसारणलाइन निर्माण गर्न नदिएपछि मुख्यमन्त्री राईले समस्या सामधान गर्न पहल थालेका हुन् । | दुहबी–कटहरी विद्युत प्रसारण लाइनको अवरोधबारे मुख्यमन्त्रीको चासो | 301 |
कांग्रेससम्बद्ध नेवि संघ राष्ट्रियसभा गठनसम्वन्धी अध्यादेशलाई लिएर राष्ट्रपतिविरुद्ध सडकमा उत्रिएको छ । नेवि संघले आइतबार प्रदर्शनीमार्गबाट रत्नपार्कको शान्तिबाटिकासम्म प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले ' राष्ट्रपति ज्यू , लोकतन्त्र नजिता मात्र होइन , प्रक्रिया पनि हो , संविधानको रक्षा गर जस्ता नारा लगाएका थिए । | राष्ट्रपतिविरुद्ध सडकमा उत्रियो नेविसंघ | 322 |
पशुपति क्षेत्र विकास कोषले फूलमाला बेच्ने टहरा भत्काउने निर्णय कार्यान्वयनका लागि शिवरात्रिपछिसम्म भाका सारेको छ । कोषले पशुपति मन्दिरको सौन्दर्य बिगार्ने गरी सञ्चालित टीनका टहराहरु भत्काउने निर्णय झण्डै एक महिनाअघि नै गरेको थियो । तर , एक महिनासम्म पनि निर्णय कार्यान्वयन नगरेको कोषले शिवरात्रिमा पशुपति झनै कुरुप बन्ने भन्दै शिवरात्रि पछिसम्म भाका सारेको हो । | पशुपति क्षेत्रका टहरा शिवरात्रिपछि हटाइने | 361 |
हात्तीगौंडा–टोखा सडकको बूढानीलकण्ठ नगरपालिका–# मा किराना पसल गर्दै आएका कुमार श्रेष्ठ पसलमा बस्दा हिजोआज तनावमा हुन्छन् । खिम्ती विद्युत प्रसारण आयोजनाले सडक भत्काएपछि घाम लाग्दा धुलो र पानी पर्दा हिलाम्मे हुने सडकका कारण उनी तनावग्रस्त बन्ने गरेका हुन् । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको खिम्ती विद्युत प्रसारण आयोजनाले विद्युतका तार जमिनमुनि राख्न हात्तीगौंडा चोकदेखि विष्णुमती पुलसम्म करिब # किलोमिटर सडक खनेको थियो । | बेहाल हात्तीगौंडा - टोखा सडक | 422 |
बलिउड अभिनेत्री एवं राजनितिज्ञ जया प्रदा ## वर्षकी लागिन् । उनले बलिउडमा कयौं हिट फिल्म दिएकी छन् तर उनको करियरको सुरूवात भने दक्षिण भारतिय तेलेगु फिल्मबाट भयो । उनले फिल्मसँगै राजनितिमा पनि नाम कमाउन सफल रहेकी छन् । | चर्चित बलिउड स्टार हिरोइनहरू , जसको डेब्यू फिल्म बलिउड थिएन | 216 |
अमेरिकाका वरिष्ठ सिनेटर बर्नी स्यान्डर्सले #### मा हुने राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीको उम्मेदवार बन्न आफ्नो दावेदारी पेश गरेका छन् । राजनीतिक क्रान्ति सुरु गर्ने उनको प्रतिवद्धता छ । साथै डोनाल्ड ट्रम्प आधुनिक इतिहासको सबैभन्दा खतरनाक राष्ट्रपति भएको टिप्पणी समेत गरेका छन् । | राष्ट्रपतिको उम्मेदवार बन्न बर्नी स्यान्डर्सद्धारा दावेदारी पेश | 284 |
पूर्वप्रधानमन्त्री डा . बाबुराम भट्टराईले शनिबार जनप्रशासन क्याम्पसमा पढाएका छन् । उनले त्रिभुवन विश्वविद्यालय अन्तरगत जनप्रशासनका एमफिलका विद्यार्थीलाई अल्पविकास र नेपालको क्षेत्रीय संरचनाः माक्र्सवादी दृष्टिकोणबारे प्रवचन दिएका हुन् । प्रवचनपछि भट्टराईले आफूसँग भएको ज्ञान बाड्न र नयाँ पुस्ताबाट केही सिक्न कक्षा लिएको बताए । | बाबुराम भट्टराईले जनप्रशासन क्याम्पसमा पढाए | 327 |
उद्योगी / व्यवसायीहरुले कर वृद्धि गरिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान , नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोरले चालू आर्थिक वर्षबाट सरकारले कर एकै पटक चार गुणा बढी हुने गरी वृद्धि गरेको उल्लेख गर्दै सरकारको आलोचना गरेका हुन् । आइतबारबाट ललितपुरमा सुरु भएको व्यवस्थापन गोष्ठीमा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले स्थानीय तहमा समेत गरी दोहोरो करमा मारमा पार्ने काम नगर्न सरकारको गम्भीर ध्यानाकर्षण पनि गराए । | सरकारविरुद्ध निजी क्षेत्रः चार गुणा बढी कर बढाएको भन्दै चर्को विरोध | 546 |
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा एसएलसी परीक्षा दिलाउन गइरहेको दुईवटा मोटरसाइकल आज बिहान एकआपसमा ठोक्किदा दुई विद्यार्थीसहित पाँचजना गम्भीर घाईते भएका छन् । जलेश्वर नगरपालिका–# स्थित रा . वि . म . क्याम्पसअगाडि विद्यार्थी बोकेको ज # प #### र बा ## प #### नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई विद्यार्थीसहित पाँचजना गंभिर घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घाइतेहरुमा ज # प #### नम्बरको मोटरसाइकलमा चढी थरुवाही माविबाट परीक्षा दिन महेन्द्र आदर्श महिला मावि जलेश्वर आउँदै गरेको जिल्लाको नैन्ही–# बस्ने ## वर्षीय विकास कुमार मण्डल , उनकी बहिनी विद्यार्थी ## वर्षीया प्रियङ्का कुमारी र उनकी भाउजू ## वर्षीया सरिता देवी कापर रहेका छन् । | सवारी दुर्घटनामा एसएलसी दिन हिडेका विद्यार्थी सहित पाँच घाइते | 661 |
कर्णाली प्रदेश समन्वय परिषदको दोश्रो बैठक शुक्रबार पनि जारी छ । विहीवारदेखि सुरु भएको परिषदको दोश्रो बैठकमा सङ्घ , प्रदेश र स्थानीय सरकारको कामकारबाही , नीतिगत सामञ्जस्यता , योजना व्यवस्थापनमा रणनीतिक साझेदारीलगायतका विषयमा छलफल भइरहेको छ । परिषद्का संयोजक कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सञ्चालित बैठकले मूलतः तीनवटै सरकारका साझा तथा एकल अधिकार , तिनको क्षेत्र र प्रयोग , प्राकृतिक स्रोत साधनको बाँडफाँट र उपयोगसम्बन्धी मुद्दामा व्यापक छलफल गरिरहेको छ । | सहकार्य , सहअस्तित्व र समन्वय कर्णालीको मूल आधार | 486 |
आइतबारको संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर : चन्द्र आले / अनलाइनखबर## वैशाख , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा प्रदेश # का मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । | मुख्यमन्त्रीले मोदीसामू संविधानको विरोध गरेकोमा प्रधानमन्त्री असन्तुष्ट | 280 |
एसियाली मुलुक दक्षिण कोरिया फिफा विश्वकप #### को समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । रूसको रोस्टोभ एरिना रंगशालामा शनिबार सम्पन्न दोस्रो खेलमा दक्षिण कोरियालाई #–# ले पराजित गरेसँगै मेक्सिकोकोे अघिल्लो चरण यात्रा सहज भएको छ । जितसँगै मेक्सिकोले विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । | मेक्सिको विश्वकपको नकआउट चरण नजिक , दक्षिण कोरियाकाे सम्भावना न्यून | 312 |
सांसद निरुदेवी पालमाथि आक्रमण गरेको विषयमा अनुसन्धान गर्न गठित छानविन समितिका संयोजक सरुवा भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौका प्रहरी उपरीक्षक ( एसपी ) रामदत्त जोशीको आइतबार साँझ महानिरीक्षकको सचिवालयमा काज सरुवा भएको हो । उनको स्थानमा अशोक सिंहलाई ल्याएको छ । | निरु पालमाथि आक्रमण प्रकरणः छानविन समितिका संयोजकको सरुवा | 267 |
चलचित्र ' रुद्रप्रिया ' को ट्रेलर सार्वजनिक गरिएको छ । सुदिप भूपाल सिंहको निर्देशनमा तयार भएको यो चलचित्रलाइ रमेश पौडेल र सरस्वती थापाले निर्माण गरेका हुन् । रेखा फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा रेखा थापा , आर्यन सिग्देल , टिका पहारी , राजन इशानको मुख्य भूमिका छ । | यस्तो छ रेखा र आर्यनको ' रुद्रप्रिया ' ट्रेलर | 277 |
उनी हँसिलो मुस्कान लिएर अमेरिकाको ड्यालसमा रहेको डिएफडब्लु अन्तष्ट्रय विमान स्थलबाट कारमा हुईकिदै आए । हामी उनैलाईकुरिरहेका थियौ । साधारण पहिरनमा सजिएका , सधै हँसिलो मुस्कान रहिरहने , उमेरले चार दशक नजिकै रहदा पनि उस्तै हेण्डसम उनिगायक थिए । | अमेरिकामा भेटिए ' कन्दरा ब्याण्ड ' का विवेक श्रेष्ठ | 241 |
हालै गरिएको एक अनुसन्धानअनुसार एक्लै रहने , बस्ने मुटुरोगीलाई मृत्युको खतरा बढी हुने देखिएको छ । जर्नल हर्टमा प्रकाशित अनुसन्धानको नतिजाअनुसार मुटुरोगले पीडित र एक्लो रहनेमा मृत्यु दरको खतरा बढ्छ । अनुसन्धानअनुसार एक्लोपनाले पीडित व्यक्तिमा कोरोनरी मुटुरोग र मृत्युको खतरा बढी हुन्छ । | मुटुरोगीलाई एक्लोपन खतरनाक | 284 |
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय , सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौंले चार व्यवसायी / आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । मंसिर ## गते बसेको बैठकले सार्वजनिक खरिद ऐन #### को दफा ## को उपदफा # बमोजिम शनिबारदेखि एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको हो । कालोसूचीमा राखिएको अवधिभर यी निर्माण व्यवसायी / आपुर्तिकर्ताले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । | प्रधानमन्त्री कार्यालयले राख्यो चार ठेकेदारलाई कालोसूचीमा | 402 |
क्रान्ति शाह## साउन , वीरगन्ज । वीरगन्ज - पथलैया सडकखण्ड अन्तर्गत पर्साको लिपनीविर्ताबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध चरेशसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरी निरीक्षक बरुण बहादुर सिंहको नेतृत्वमा खटिएको टोलीले दुई सय ## केजी चरेशसहित पक्राउ गरेको हो । | पर्सामा ट्रकबाट ठूलो परिमाणमा चरेश बरामद | 284 |
प्रहरीको आचरण र संगठन विपरीत काम गरेको भन्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले गत फागुनदेखि साउन मसान्तसम्म धनकुटाका एसपी सुदिपराज भण्डारीसहित ### जनालाई कारबाही गरेको छ । पूर्व क्षेत्रमा कार्यरत एक एसपी , एक इन्स्पेक्टर , # जना सई , ## जना असई ## जना प्रहरी हबल्दार , ## जना प्रहरी जवानलाई कार्वाही गरेको हो । त्यस्तै # सय ## जनालाई कार्वाही स्वरुप सचेत गराइएको छ । | पूर्वमा एसपीसहित ### प्रहरी कार्वाहीमा | 375 |
अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको सुनेपछि विह्वल भएका धेरै कलाकारले एक थुंगा फूल चढाएर अन्तिम दर्शन गर्ने चाहना राखेका थिए । तर , सोमबार दिनभरि प्रयास गर्दा पनि उनीहरुले फूल चढाउन सकेनन् । हातमा बोकेको फूलको थुँगा हातैमा ओइलायो । | हातमै ओइलियो एक थुंगा फूल , पूरा भएन श्रीकृष्णलाई बाईबाई भन्ने धोको | 233 |
चलचित्र ' ए मेरो हजुर # ' हिट मात्र भएन , यसबाट नव - नायक सलिनमान बनियाँले चलचित्र क्षेत्रमा धमकेदार इन्ट्री पनि मारे । सलिनको चकलेटी अनुहार , स्टाइलले धेरै दर्शकलाई आकषिर्त गर्यो । अभिनय औषत भएपनि उनको चकलेटी अनुहारले नै उनलाई नयाँ स्टारको रुपमा चर्चामा ल्याइदियो । | झरनाको फिल्ममा सलिनमान नै हिरो | 267 |
फेसबुकले ## वर्ष मुनिका उमेर सुमूहलाई लक्षित गरेर नयाँ मेसेजिङ एप ल्याउने भएको छ । सार्वजनिक गर्न लागिएको ' मेसेन्जर किड्स ' एपमार्फत सो उमेर समुहकाले आफ्ना परिवारका सदस्य तथा साथीभाईसँग सन्देश आदान प्रदान गर्न सक्ने फेसबुकले जनाएको छ । तर सो एप भने अभिभावकको रोहबरमा मात्र सुरु तथा प्रयोग गर्न पाउने फेसबुकले उल्लेख गरेको छ । | ## वर्ष मुनिका लागि फेसबुकले ल्याउँदैछ मेसेन्जर | 326 |
सविन प्रियासन ( वायाँ ) र दुर्गालाल केसी## फागुन , घोराही । नेपाल पत्रकार महासंघ दाङ शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान भएको छ । महासंघको नेतृत्वका लागि एमाले निकट प्रेस चौतारी नेपालका दुई छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा छन् । | पत्रकार महासंघ दाङमा प्रेस चौतारीको गुटगत लडाईं , प्रियासन र केसी प्यानलसहित चुनावमा | 231 |
अन्तर्राष्ट्रिय व्यापार मेलाको आठौं संस्करण आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ । नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरण गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको आयोजना गरिएको आयोजकले जनाएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना , उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन , ललितपुर उद्योग वाणिज्य महासङ्घ र नेपाल हस्तकला महासंघको सहआयोजनामा स्थानीय भृकुटीमण्डपमा सुरू भएको मेलामा ### विक्री तथा प्रदर्शनी कक्षमार्फत् स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिएको छ । | तस्बिरमा हेर्नुस् , अन्तर्राष्ट्रिय व्यापार मेला | 552 |
महागढीमाई नगरपालिका बरियारपुरले हप्ता दिनदेखि जारी शितलहरबाट पीडित बनेका विपन्न परिवारलाई शनिबार खाद्य सामाग्री वितरण गरेको छ । नगरपालिकाले चार सय ## विपन्न तथा दलित परिवारहरुलाई प्रतिपरिवार ## केजी चामल वितरण गरेको हो । नगरपालिका प्रमुख उपेन्द्रप्रसाद यादवले वडा नं # , # र ## का विपन्न परिवारहरुलाई चामल वितरण गरिएको जानकारी दिए । | विपन्न परिवारलाई खाद्यान्न वितरण | 332 |
संसदीय समितिले कर्मचारी समायोजन , पूर्व पदाधिकारीको सुविधा प्रदान र यातना नियन्त्रण गर्न बनेका तीनवटा विधेयकलाई अध्ययन गर्न दुईवटा उपसमिति बनाएको छ । सोमबार बसेको व्यवस्थापिका संसद राज्य व्यवस्था समितिको बैठकले तीनवटै विधेयकमा व्यापक अध्ययन गर्नुगर्ने निष्कर्ष निकाल्दै # वटा उपसमिति बनाउने निर्णय गरेको हो । विज्ञहरुको समेत परामर्श लिने गरी आवश्यक छलफल गर्न तीनवटा विधेयकका लागि दुईवटा उपसमिति बनाउने निर्णय गरिएको समितिका सभापति दिलबहादुर घर्तीले जानकारी दिए । | पूर्व पदाधिकारीको सुविधाबारे अध्ययन गर्न # उपसमिति | 462 |
युएईविरुद्ध पहिलो एक दिवसीय खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ थालेको छ । आईसीसी एकेडेमीमा टस जितेर युएईले पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । पहिलो ओभरमा नै नेपालले विकेट गुमाएको छ । | यूएईविरुद्ध व्याटिङ गर्दै नेपाल , विना रन ज्ञानेन्द्र आउट | 204 |
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक ( साउनदेखि –असोजसम्मको अवधि ) मा देशको वैदेशिक व्यापार सुधारको बाटोमा देखिएको छ । यो अवधिमा निर्यात वृद्धि र आयातमा कमीसँगै व्यापार घाटा साँघुरिएको तथ्यांक सरकारले सार्वजनिक गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल # खर्ब ## अर्ब ## करोड रुपैयाँ बराबरको वस्तु आयात भयो । | पहिलो त्रैमासिक रिपोर्ट : आयात घट्यो , साँघुरिदै व्यापार घाटा | 360 |
सभामुख ओनसरी घर्तीलाई प्रतिवेदन बुझाउँदै विकास समिति सभापति रविन्द्र अधिकारी । तस्वीर : अधिकारीको ट्वीटर## मंसिर , काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले केही कठिनाइका बाबजुद चीनको केरुङ नाकाबाट इन्धन लगायत अत्यावश्यक वस्तुहरुको सहज आपूर्ति गर्न सकिने निश्कर्ष निकालेको छ । | केरुङबाट इन्धन आपूर्ति गर्न विकास समितिको सुझाव | 279 |
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले शुक्रबारसम्म कांग्रेसले मन्त्रिपरिषदमा आफ्ना नेताहरु पठाउने दाबी गरेका छन् । भण्डारीले भने , ' हामी नेविसंघको महाधिवेशनमा अल्झियौं , त्यसैले ढिला भयो , अब शुक्रबारसम्म हामी मन्त्रिण्डलमा हाम्रा साथीहरुको नाम पठाउँछौं । ' भण्डारीले तराई मधेशको समधान हुने समेत विश्वास व्यक्त गरे । | शुक्रबारसम्म कांग्रेसले मन्त्रीको नाम पठाउँछः भण्डारी | 319 |
फाइल तस्वीर## असोज , नेपालगञ्ज । बाँकेको नेपालगञ्ज भन्सार नाकाबाट दुई ट्यांकर डिजेल मात्रै नेपाल भित्रिएका छन् । भारतीय कस्टमबाट पाँच ट्यांकर डिजेल र ग्याँसका दुई बुलेट पास भएका थिए । | नेपालगञ्ज भन्सारबाट भित्रियो दुई ट्यांकर डिजेल | 183 |
सत्तारूढ दल संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय प्रसाद यादवले बारा र पर्सामा हावाहुरीका कारण प्रभावित बनेका पीडितहरूको लागि स्थायी बसोबासका लागि सरकारले घोषणा गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने बताएका छन् । महासचिव यादवले पीडित परिवारको दुःख , कष्ट निवारणमा सरकार जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने ध्यानाकार्षण गराए । उनले भ्रष्टाचारीलाई सरकारले कारबाही गर्नुपर्नेमा जोड दिए । | अबको संसद अधिवेशनमा संविधान संशोधन अघि नबढाए सरकारमा टाँसिरहँदैनौं : महासचिव यादव | 384 |
सरोकारवालाहरूले सरकारले हचुवाको भरमा ' क्लिन फिड ' लागू गर्न लागेको भन्दै उक्त विधेयक कार्यान्वयनमा ल्याए नेपालमा केबल व्यवसाय नै धराशयी हुने चिन्ता व्यक्त गरेका छन् । मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै इन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिका संयोजक दिनेश सुवेदीले राज्यको जिम्मेवारी आफूहरूले वहन गरिरहेको अवस्थामा सरसल्लाह र छलफल नै नगरी ' क्लिन फिड ' लागू गर्न लागेको आरोप लगाए । उनले भने , ' यही अवस्थामा यो विधेयक कार्यान्वयन भए सम्पूर्ण व्यवसाय नै धराशयी बन्छ । | ' क्लिन फिड अव्यवहारिक छ , लागू भए व्यवसाय बन्द गर्छौं ' | 477 |
खिलाडी ब्वाई अक्षय कुमार सानो बजेटको फिल्ममा धमाका मच्याइरहेका छन् । आमिर , सलमान , शाहरुख जस्ता खानहरु एकपछि अर्को चिप्लदै गर्दा अक्षय भने सानै बजेटको फिल्मबाट आफुलाई अब्बल सावित गरिरहेका छन् । अतः उनै अक्षयको अर्को फिल्म ' मिशन मंगल ' भने प्रदर्शनको तयारीमा छ । | अक्षय कुमारको ' मिशन मंगल ' का बारेमा ## रोचक तथ्य | 263 |
जहाँ पनि बोलाएको समयभन्दा घन्टौं ढिला पुग्ने प्रधानमन्त्री केपी शर्मा ओली सोमबार एक कार्यक्रममा भने रेकर्ड नै राख्ने गरी ( ! ) छिटो पुगे । साढे ## बजे सुरु हुने भनिएको कार्यक्रममा उनी एक नबज्दै पुग्नु सुखद आश्चर्य नै थियो । स्व . मनमोहन अधिकारीको ## औं स्मृति दिवसका अवसरमा प्रज्ञाभवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुग्दा अन्य पार्टीका अतिथिहरु आइसकेका थिएनन् । | जनताको आशिर्वाद छ , त्यसैले यस्तो भएँ : प्रधानमन्त्री ओली | 366 |
नजिकैको पर्खाल भत्किएर अाएको पहिरोले घर पुरिँदा सुत्केरीसहित तीनजनाको मृत्यु भएको छ । पर्खाल भत्किएर रुन्टिगढी गाउँपालिका - # सोइबाङमा ## बजेतिर राजकुमार बिकको घर पुरिँदा उनकी श्रीमती ## वर्षे कमला , ## दिनकी छोरी आयुुसा र राजकुमारकी दाइकी छोरी ## वर्षीया चित्राको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । लगातार वर्षा भएपछि सुत्केरीसहित बिहान भान्छा कोठामा आगो तापेर बसिरहेको अबस्थामा पर्खाल भत्किएर उनीहरु पुरिएको प्रहरीको भनाइ छ । | पहिरोले घर पुरिँदा रोल्पामा सुत्केरीसहित तीन , कैलालीमा एकको मृत्यु | 465 |
नेपालमा प्रति ## जना व्यक्तिमध्ये एक जनामा दम रोग रहेको अनुसन्धानले देखाएको छ । विश्व दम रोग दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित एक अन्तक्र्रियामा हालै सार्वजनिक गरिएको एक स्वास्थ्य अनुसन्धानको तथ्यांकलाई आधार बनाएर विज्ञहरू नेपालमा दम रोगी घट्नुको सट्टा झन्झन् बढ्दै गएको बताए । प्रतिवेदनअनुसार नेपालमा कुल जनसंख्याको ## . # प्रतिशतमा दम रोग छ । | नेपालमा दस जनामध्ये एकलाई दम | 348 |
जिल्लाको भकुण्डे–# का युवा मनोज थापाले बाख्रापालनलाई व्यावसायिक बनाएका छन् । थापाको ' फार्म ' मा अहिले ## वटा बाख्रा छन् । अघिल्लो वर्षसम्म थापाकोमा एक÷दुई बाख्रा मात्र हुने गर्थे । | बाख्रापालनबाट नै यसरी कामाउँदैछन् युवा | 181 |
बैंकबाट लिएको ## लाख रुपैयाँ ऋण तिर्ने भाका सार्न एक व्यवसायीले पसलमा चोरी भएको नाटक गरेका छन् । मकवानपुरको घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक सेन्टरका सञ्चालक उमेश घिमिरेले बैंकको ऋणको भाका सार्ने र पसलको विमा दाबी गर्ने उद्देश्यले चोरीको नाटक गरेको खुलेको हो । जिल्ला प्रहरी कार्यालय , मकवानपुरमा # जेठमा घिमिरेको पसलमा ## लाख ## हजार रुपैयाँ बराबरको मालसामान चोरी भएको भन्दै निवेदन परेको थियो । | ऋणको भाका सार्न करिब ## लाखको सामान चोरीको नाटक | 398 |
कोहलपुर नगरपालिका ## स्थित रामनगरमा रहेको एक चर्चमा आगलागी भएको छ । जीवन ज्योति विद्यालय नजिकै रहेको चर्चमा शुक्रबार राति आगलागी भएको हो । घटनामा मानवीय क्षति नभए पनि भौतिक क्षति भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवराज पोखरेलले बताए । | अज्ञात समूहद्वारा चर्चमा आगजनी | 253 |
संसदको उद्योग , वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले चिनियाँ अधिकारीहरुलाई समेत सहभागी गराएर नेपालमा बजार अनुगमनको प्रयत्न गर्ने भएको छ । समितिका सभापति विमल श्रीवास्तवले बिहीबारको बैठकका संयुक्त रुपमा बजार अनुगमन गर्न प्रयत्न गर्ने जानकारी दिएका हुन् । कहाँ र कहिले बजार अनुगमन गर्ने भन्नेबारे नखुलाइकन उनले भने , ' समय मिलाएर चिनियाँ प्रतिनिधिमण्डलसँग संयुक्तरुपमा बजार अनुगमनमा जान प्रयत्न गर्नेछौं । | बजार अनुगमनमा चिनियाँ टोलीलाई सहभागी गराइने ! | 414 |
गत अमेरिकी राष्ट्रपतीय चुनावमा रसियाको हस्तक्षेपका बारे हुँदै गरेको अनुसन्धानको दायरामा राष्ट्रपति डोनाल्ड ट्रम्प पनि परेका छन् । उक्त छानविन प्रक्रियासँग विमति राख्दै ट्रम्पले त्यसलाई अमेरिकी इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो ' बेकामे मुद्दा ' भएको प्रतिक्रिया दिएका छन् । ' फेक न्युज ' र ' ह्याकिङ ' मार्फत् रसियाले चुनावमा हस्तक्षेप गरेको कुरामा अमेरिकी उच्च अधिकारीहरू लगभग सहमत छन् । | ट्रम्प छानविनको दायरामा | 389 |
सरकारले आगामी वर्ष वैशाख ## गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । लोकतन्त्रको जग मानिने स्थानीय शासन सञ्चालनका लागि झन्डै दुई दशकपछि स्थानीय जनप्रतिनिधि चुन्न चुनाव हुन लागेको हो । प्रमुख राजनीतिक दलमा समझदारीपछि सोमबार साँझ तेस्रोपटक बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन मिति तोकेको हो । | दुई दशकपछि स्थानीय चुनाव घोषणा | 304 |
रुकुम पश्चिमका दुई मतदान केन्द्रमा आज पुनः मतदान हुँदैछ । मतपेटिकामा एसिड हालेर मतपत्र जलाएपछि निर्वाचन आयोगले गत ## गते एको केन्द्रको मतदान स्थगित गरेको थियो । मतदान स्थगित भएका बाँफीकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका एकएक मतदान केन्द्रमा पुनः मतदान भइरहेको हो । | पहिलो चरणमा स्थगित रुकुम पश्चिमका दुई मतकेन्द्रमा आज मतदान | 266 |
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार तय गर्न बसेको नेकपा सचिवालय बैठक बिना निश्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालय बैठकमा नेताहरुले आफ्ना आफ्ना सुचि ल्याएपछि बैठकमा निर्णय हुन नसकेको हो । आकांक्षीहरु धेरै भएकाले उमेदवारका लागि मापदण्ड बनाउन सचिवालय सदस्यहरुले दुई अध्यक्षलाई सुझाव दिएका छन् । | नेकपाले राष्ट्रिय सभा सदस्य उमेदवार तय गर्न सकेन | 327 |
काठमाडौं – विद्यार्थी सङ्गठनले वरिष्ठ प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालय जनप्रशासन विभागको प्रमुखमा नियुक्त गर्नुपर्ने माग गर्दै उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेका छन् । एउटै व्यक्तिलाई दुई संस्थाको प्रमुख बनाउन नहुने तथा विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने माग गर्दै आज उपकुलपतिको कार्यालयमा तालाबन्दी गरिएको हो । अनुचित ढङ्गले जनप्रशासनको विभागीय प्रमुख नियुक्ति गरेको आरोप लगाउँदै आएका स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी सङ्घले नियुक्ति सच्याउन माग गर्दै बुधबारसमेत रजिष्टारको कार्यालयमा तालाबन्दी गरेका थिए । | त्रिवि उपकुलपतिकोे कार्यालयमा तालाबन्दी | 546 |
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले ## बुँदे सहमतिका सहयात्री दलहरु वार्ताका लागि तयार हुनुपर्ने बताएका छन् । पोखरामा मंगलबार आयोजित पत्रकार भेटघाटमा उनले कांग्रेस र एमालेले जनतालाई संविधान नभई भ्रम मात्रै दिने काम गरेको बताए । अल्पमत र बहुमतको कुराले मुलुक मुठभेडमा जाने बताउँदै प्रचण्डले कांग्रेस एमाले वार्ताका लागि तयार नभए देश मुठभेडमा जाने बताए । | वार्ताका लागि तयार हुन प्रचण्डको आग्रह | 357 |
तेस्रो मुलुकका व्यापारी र उपभोक्ताको मागअनुसार नेपाली व्यवसायीले तयारी चियाको विविधतालाई प्राथमिकता दिन थालेका छन् । विदेशी व्यापारीले यसअघिसम्म अर्गानिकको आधारभूत सर्तमा चित्त बुझाउने गरेपनि अचेल चियाको प्रकार रोज्न थालेका हुन् । जर्मनी , चीन , रुस , अमेरिका , नेदरल्यान्डलगायत मुलुकबाट बर्सेनि तयारी चिया किन्न आउने व्यापारी केही वर्षअघिसम्म उत्पादित चिया अर्गानिक भए–नभएकामा बढी चनाखो रहन्थे । | चियामा विविधता खोज्दै विदेशी व्यापारी | 396 |
आइतबार बिहान दुबईका लागि उड्न तयार फ्लाई दुबईको जहाजका पाइलटले मादकपदार्थ सेवन गरेको पुष्टि भएको छ । मेडिकल रिपोर्टमा उनले मादकपदार्थ सेवन गरेको पुष्टि भएको विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार अब अर्को फ्लाई दुबईको जहाज दुबईबाट आएपछि उडान भर्ने छ । | फ्लाई दुबई जहाजका पाइलटले मादकपदार्थ सेवन गरेको पुष्टि | 275 |
स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले आज ## बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । मन्त्री भएको ## दिनमा स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्री पोखरेलले ## बुँदे प्रतिवद्धता सार्वजनिक गरेका हुन् । यी प्रतिवद्धता आगामी सात दिन भित्रमा कार्ययोजना बनाई अवलम्बन गरिने उनले बताए । | स्वास्थ्य मन्त्रीद्वारा ## बुँदे प्रतिवद्धता सार्बजनिक | 299 |
चार राजनीतिक दलले # वटा संघीय प्रदेशहरु बनाउने सहमतिपत्रमा हस्ताक्षर गरेपछि त्यस्ता प्रदेशहरु कसरी बन्लान् भन्ने बहस सुरु भएको छ । यसअघि कांग्रेस र एमालेले सात प्रदेश बनाउने भन्दै आएका थिए । एमाले त्यसबाट पनि घटेर पाँच प्रदेशको लविङमा लागेको थियो । | बहस : कसरी बन्ला # प्रदेशको नयाँ नेपाल ? | 248 |
भारतले निर्माण गरेको बाँधजस्तो सडकले पानीको निकास थुनेपछि बाँकेको राप्तीपारि नरैनापुरका अधिकांश गाउँ डुबानमा परेका छन् । नरैनापुर भारतीय सीमा क्षेत्रसँगै जोडिएको गाउँपालिका हो । उत्तरतिरबाट बग्ने पानीलाई पूर्वपश्चिममा फैलिएको बाँधजस्तो सडकले थुन्दा नरैनापुरको वडा नम्बर # , # र # मा सबैभन्दा बढी डुबान गरेको छ । | भारतीय बाँधले यसरी डुबायाे नेपाली भूमि ( फोटोसहित ) | 311 |
प्रहरीले नक्कली नोट लिएर क्यासिनोमा जुवा खेल्ने जोर्डनका एक नागरिकलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टोलीले आइतबार ## वर्षे जोर्डनका नागरिक माजिन अब्दिलजबार फालेब एलसालिमेनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । उनी गएको अप्रिल ## मा नेपाल आएका थिए । | नक्कली नोटले क्यासिनोमा जुवा खेल्ने जोर्डनका नागरिक पक्राउ | 279 |
भारतीय सीमा क्षेत्रनजिकैबाट बुधबार पक्राउ परेका नेत्रविक्रम चन्द ( विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ## कार्यकर्ताको नाम प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङ मिक्लाचोङ–# का अर्जुन आचार्य , झापा दमक–# का सुमनसिंह पौडेल , झापा गाउँपालिका–# का चमनलाल माझी , इलामको देउमाई नगरपालिका–# का मोहन बराल , झापा गौरीगञ्ज–# का सुमन राईलगायत छन् । आचार्य झापा जिल्ला इन्चार्ज हुन् भने पौडेल झापा सेक्रेटरी हुन् । | विप्लव नेतृत्वको नेकपाका झापा इन्चार्ज र सेक्रेटरी पक्राउ | 430 |
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कर्मचारीले मागेअनुसार स्वेच्छिक अवकाशको सूचना दिन प्रादेशिक कर्मचारी प्रशासन शाखालाई निर्देशन दिएको छ । वैशाख ## मा राष्ट्रिय सूचना आयोगले सात दिनभित्र कर्मचारीले मागेअनुसार सूचना दिन मन्त्रालयलाई लिखित पत्र पठाएको थियो । सूचना आयोगले दिएको समयभन्दा एक दिन ढिला वैशाख ## मा मन्त्रालयका शाखा अधिकृत कृष्णराज अर्यालले कर्मचारीले मागेअनुसारको सूचना दिन मन्त्रालयकै कर्मचारी प्रशासन शाखालाई निर्देशन दिएका हुन् । | सूचना आयोगको पत्रपछि स्वेच्छिक अवकाशको सूचना दिन मन्त्रालय तयार | 451 |
आइतबार काँडाघारीबाट अपहरणमा परेका बालकको हत्या भएको छ । अपहरणमा परेका निसान खड्काको शव ठिमीको निर्माणाधिन भवनमा भेटिएको महानगरीय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए । अपहरणकारीले खड्काको परिवारलाई फोन गरेर मोटो रकम मागेका थिए । | काँडाघारीबाट अपहरणमा परेका बालकको शव फेला | 237 |
इलाममा जारी चौंथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार ( आज ) को दोस्रो क्वाटरफाइनल खेलमा झापा–## र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो #ः## बजे बाट सदरमुकामको ठूलो टुँडिखेलमा हुनेछ । बंगलादेशको कावरान प्रगति संघलाई #–# ले पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा प्रवेश गरेको हो भने झापा ## सिधै वाई पाएर अघिल्लो चरणमा प्रवेश गरेको हो । | माइभ्याली गोल्डकपः दोस्रो क्वाटरफाइनल खेलमा झापा–## र एपीएफ भिड्दै | 412 |
काठमाडौं बसुन्धराकी ## वर्षीया गरिमा काफ्ले ## वर्षअघि न कान सुन्थिन् न बोल्नै सक्थिन् । उनको दिदीलाई पनि यस्तै समस्या थियो । भएका दुवै सन्तानलाई कान नसुन्ने र बोल्न नसक्ने समस्या भएको थाहा पाएपछि उनका बाआमा गम्भीर चिन्तामा फसे । | बोल्न र सुन्न नसक्नेलाई सहज बनाउँदै श्रवणयन्त्र | 229 |
अन्तरिम संसद्ले #### सालमा नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको सोमबार ## वर्ष पूरा भएको छ । सोही अवसरमा छुवाछूतको उत्पीडन महसुस गरेका विभिन्न समुदायले कार्यक्रम गरेर ऐतिहासिक दिनलाई सम्झँदै थिए । तर , यति नै बेला संघीय समाजवादी फोरम नेपालकी सांसद कलुदेवी विश्वकर्मालाई भने अर्कै पिरलो थियो । | जातीय छुवाछूत मुक्ति घोषणामै सीमित | 303 |
भारतले पाकिस्तानको आतंककारी समूह जैस - ए - मोहम्मद फेरि भारतका विभिन्न ठाउँमा आक्रमण गर्ने सूचना आएकाले मंगलबार बिहान पाकिस्तानी भूमिमा बम खसालिएको बताएको छ । मंगलबार बिहान नयाँ दिल्लीमा पत्रकार सम्मेलन भारतीय विदेश सचिव विजय गोखले फेब्रुअरी ## को पुलवामा आक्रमणपछि जैस ए मोहम्मदले फेरि आक्रमण गर्ने योजना बनाएकाले सूचना आएकाले उसका अखडामा आक्रमण गर्नु आवश्यक भएको बताए । ' आज बिहान भारतीय वायु सेनाका जहाजले बालाकोटमा आक्रमण गरे । | फेरि आक्रमण हुने सूचना आएकाले पाकिस्तानमा बम हान्यौं : भारत | 431 |
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का नेता गोकर्ण विष्टले मन्त्रिपरिषद् पुनर्गठन गर्दा आफ्नो आत्मसम्मानमा चोट पुग्ने व्यवहार भएको गुनासो गरेका छन् । बुधबार पार्टी स्थायी कमिटी बैठकमा बोल्दै पूर्व श्रम तथा रोजगारमन्त्रीसमेत रहेका विष्टले मागेको भए आफूहरु राजीनामा दिन तयार नै रहेको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले # मंसिरमा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । | मन्त्रिपरिषद् पुनर्गठन गर्दा आत्मसम्मानमा चोट पुर्याइयो : गोकर्ण विष्ट | 369 |
उत्तर कोरियाली शासक किम जोङ उनले आफ्नो देशले अब ' नयाँ रणनीतिक हतियार ' बनाउने बताएका छन् । नयाँ वर्ष ####को अवसरमा बुधबार देशवासीलाई सम्बोधन गर्दै उनले भविष्यमा आणविक कार्यक्रमको विकासका साथै नयाँ रणनीतिको हतियार तयार पार्ने योजना बनाएको उत्तर कोरियाली सरकारी सञ्चार माध्यमले जनाएको छ । यही साता किमले मजदुर पार्टीको माथिल्लो तहका नेताहरूसँग चार दिने छलफल गरेका थिए । | किम जोङ उनले भने - आउने वर्ष दुनियाँले नयाँ रणनीतिक हतियार देख्नेछ | 368 |
नेकपाका नेता झलनाथ खनालले अवसर पाउँदा केही गर्न केही नगरेको कांग्रेसले अहिले गफ लगाउने थालेको टिप्पणी गरेका छन् । कांग्रेसले केही गर्न नसकेकै कारण युवा जनशक्ति विदेशिन बाध्य भएको उनले बताए । शनिबार राजधानीमा आयोजित कार्यक्रममा खनालले भने , कम्युनिस्ट पार्टीले विकास निर्माणमा केही गर्न सक्दैन भनेर विरोधको कुनै अर्थ म देख्दिनँ । | कांग्रेस नेताहरुलाई झलनाथको आग्रहः ऐनामा आफ्नो अनुहार हेर्नुस् | 328 |
प्रदेश नम्बर # को प्रदेशसभाको संसदीय समितिको नेतृत्वका लागि प्रदेशसभामा निर्वाचन प्रक्रिया सुरू भएको छ । प्रदेशसभामा मंगलबार भएको समितिको सभापतिका लागि भएको मनोनयनमा तीन वटा संसदीय समितिमा नेतृत्व चयन भएको छ । प्रदेशसभामा छ वटा संसदीय समितिमध्ये मंगलबार मनोनयन दर्ता गर्ने क्रममा एक / एक जनाको मात्रै मनोनयन दर्ता भएपछि तीन वटा समितिको नेतृत्व निर्विरोध चयन भएको हो । | संसदीय समितिको नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरू | 367 |
नेपाली कांगेसका महामन्त्री डा . शंशाक कोइरालाले प्रधानमन्त्री तानाशाही बनेको आरोप लगाएका छन् । सबै अधिकारहरु आफ्नो हातमा राख्ने र काण्डै काण्ड मच्चाउने काम भएको भन्दै उनले कांग्रेसले यस्ता गतिविधिको विरोध गर्ने बताए । नेपाली कांग्रेसले देशका ## वटै जिल्लामा बुधबार देखि सुरु गरेको राष्ट्रिय जागरण अभियानका क्रममा रुपन्देहीको भैरहवामा सम्बोधन गर्दै उनले उनले सञ्चारमाध्यम , न्यायपालिकालगायतका क्षेत्रलाई सरकारले कठपुतली बनाएको आरोप लगाए । | सरकारले मिडिया , न्यायालयलाई कठपुतली बनायो : शशांक कोइराला | 437 |
रामेछाप–रामेछापको पकरबास गाविस - # ढुंगेल गाउँको उकालोमा बुधबार राति भएको मिनीट्रक दुर्घटनामा # जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते बनेका छन । जिल्लामा बुधबार नै भएको दुइ सवारी दुर्घटनामा # को ज्यान गएको छ । | मिनीट्रक दुर्घटनामा # को मृत्यु | 213 |
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले जन्मदिनको अवसरमा ताप्लेजुङको दुर्गम गाउँका दुई बिद्यार्थीलाई अध्ययन खर्च स्वरुप जनही ## हजार रुपैंया दिएका छन् । भट्टराईले बिद्यार्थी भर्ना अभियानका क्रममा आफैंले अभिभावक बनेर भर्ना गराएका दुई बिद्यार्थीलाई उनले आफ्नो जन्मदिन मनाउने खर्च कटाएर आर्थिक सहयोग गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान अनुसार बिद्यार्थी भर्ना अभियानका क्रममा यहाँको पाथिभरा याङ्वरक गाउँपालिका वडा नम्बर # चाक्सिबोटेका गंगा बिक र वडा नम्बर # थुम्बेदिनका कमल बिकलाई उनले अध्यन खर्च बापत ## / ## हजार रुपैंया दिने घोषणा गरेका हुन् । | जन्मदिनमा योगेशले विपन्न विद्यार्थीलाई गरे आर्थिक सहयोग | 620 |
गएराति स्वयम्भू नजिक ठाडो भर्याङमा भएको सडक दुर्घटनामा काठमाडौँ बस्दै आएकी गोरखाकी ## वर्षीया भगवती अर्यालको मृत्यु भएको छ । लु # ख #### नंको ट्रकले स्वयम्भूबाट सीतापाइला आउने क्रममा बा ## प ### नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेकी अर्यालको घटनास्थलमा नै मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । प्रहरीका अनुसार दुबै सवारीसाधन चालकको नाम खुल्न सकेको छैन । | ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु | 380 |
साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सोमबार # हजार # सय ## . ## विन्दुबाट पहिलो कारोबार सुरु भएको थियो । त्यसपछि बजार निरन्तर ओरालो लाग्यो । | नेप्सेमा दोहोरो अंकको गिरावट | 176 |
किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा बुधबार दिउँसो परेको असिनापानीले तरकारीबारी नष्ट गरिदिँदा किसान चिन्तित बनेका छन् । काट्न ठिक्क हुन लागेको गहुँबारीलगायत तरकारीबाली असिनापानीले नष्ट पारेपछि जिल्लाका किसानमा पीडा थपेको छ । भारी वर्षासहित परेको असिनापानीले गहुँसहित जिल्लाका ठाउँठाउँका खेतमा लगाएका काउली , बन्दाकोपी , आलु , प्याज , लसुनलगायत नगदेबालीमा क्षति पुर्याएको छ । | असिनाले रुवायो भक्तपुरे किसानलाई | 375 |
नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको तीन दिने भेला आजबाट हेटौंडामा सुरु हुँदै छ । भेलाका लागि ## वटै जिल्लाका सभापतिहरू आइसकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ## बजे भेलाको उद्घाटन हुनेछ । | हेटौंडामा कांग्रेस सभापतिहरुको भेला सुरु हुँदै | 209 |
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दक्षिणपूर्वी एसियाली मुलुकहरू भियतनाम र कम्बोडियाको भ्रमणमा प्रस्थान गरेका छन् । नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेर त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि आज प्रस्थान गरेका हुन् । | प्रधानमन्त्री भियतनाम र कम्बोडिया भ्रमणमा ( तस्बिरहरू ) | 446 |
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको आर्थिक समृद्धि र विकासका लागि लगानी गर्न बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यानकाष्टरसँग आग्रह गरेका छन् । नेपाल भ्रमणमा आएका रक्षा राज्यमन्त्री ल्यानकाष्टरसँग आज एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको सो शिष्टाचार भेटमा अध्यक्ष ओलीले सो आग्रह गरेका हुन् । जवाफमा ल्यानकाष्टरले हालैको निर्वाचनबाट नेपालमा वाम गठबन्धनले विजय हासिल गरेकामा बधाई दिँदै आफूहरु लगानी बढाउन सकारात्मक रहेको स्पष्ट पारेको भेटमा सहभागी एमाले नेता डा राजन भट्टराईले जानकारी दिए । | नेपालमा लगानी गर्न बेलायतलाई आग्रह | 505 |
आज बुधबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप ## समाचार तपाईले छुटाउनु भयो कि ? # . एमाओवादी ' कामरेड ' एकैसाथ दुईवटी श्रीमतीका पोइ ! ## वर्ष लागेका एमाओवादीका सुदूरपश्चिमे नेता लेखराज भट्टले सुदूरपूर्व ताप्लेजुङकी कन्या ( विष्णु आचार्य ) सँग दोस्रो विहे गरेको चर्चाले नेपालको पारिवारिक कानूनलाई नयाँ चुनौती दिएको छ । एउटा कम्युनिष्ट एकैसाथ दुईवटी पत्नीसँग एउटै ओछ्यानमा रहन मिल्छ कि मिल्दैन भन्ने अर्को बहस सिर्जना भएको छ । | बुधबारको टप ## समाचारः ' कामरेड ' को दुईवटी श्रीमतीदेखि ज्ञानेन्द्रले बिजुलीको बिलसम्म | 472 |
कुनै समय निकै उब्जाउशील काठमाडौंमा अहिले फलेका देखिन्छन् त मात्र घर ! काठमाडौं अरुमा आश्रित छ तर , स्वस्थ खाना कमै खान पाउँछ । सुविधा छन् तर , तिनै सुविधाले मानिसलाई अल्छी बनाएको छ । र , रोगी पनि । | पौरखः घ्युकुमारीको झोल बेचेर महिनामै दुई लाख ! | 197 |
दोलखा–यात्रु बोकेर सदरमुकाम आउँदै गरेको निजी बोलेरो दुर्घटमा परेको छ । जिल्लाको सिगँटीबाट बुधबार दिउँसो # जना यात्रु लिएर चरिकोट आउँदै गरेको बा ## च #### नम्बरको निजी बोलेरो सुनखानी # स्थित मिलडाँडा नजिक दुर्घटनामा पर्दा # जना घाइते भएको जिल्नाला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता प्रहरी निरीक्षक विनोद सुनुवारका अनुसार # जना यात्रु बोकेर सदरमुकाम आउँदै गरेको बोलेरो सडकबाट ## फिट तल खसेको थियो । | यात्रु बोकेकाे निजी बोलेरो दुर्घटना | 431 |
प्राइम कमर्सियल बैंकले काभ्रेपलाञ्चोक , मंगलटारको मंगल जनबिजय क्याम्पसलाई भौतिक पूवाधारका सामग्री हस्तान्तरण गरेको छ । बैंकले बिद्यार्थीको अध्ययन सुविधाका लागि ## बेन्च , डेक्स बिद्यालयलाई हस्तान्तरण गरेको जनाएको छ । उक्त सामग्री नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले क्याम्पस प्रशासनलाई हस्तान्तरण गरेका हुन । | प्राइम बैंकको क्याम्पसलाई सहयोग | 324 |
जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेलाका लागि दररेट ( शुल्क ) निर्धारण भएको छ । मेलाको समयमा तीर्थयात्री ठगिने सम्भावना कम गर्नका लागि दररेट निर्धारण गरिएको हो । भौगोलिक अवस्थिति र दूरीलाई आधार बनाएर दररेट निर्धारण गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । | गोसाइँकुण्ड मेलाकाे दररेट ताेकियाे | 272 |
निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घूस ' मोलमोलाइ ' प्रकरणले राजनीतिक तहमा हुने ठूला भ्रष्टाचारलाई फेरि एकपटक चर्चाको केन्द्रमा मात्रै ल्याएको छैन , राजनीतिक नेतालाई यतिविघ्न रकम किन चाहिन्छ भन्ने बहसको समेत ढोका खोलेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अघि बढाउन बाँस्कोटाले करिब ## करोड रुपैयाँ कमिसनको मोलमोलाइ गरेको अडियोमा सुनिन्छ । त्यसबाहेक प्रेसको लागत नै एक अर्ब रुपैयाँ बढाउनसमेत उनले प्रस्ताव राखेका छन् । | नेताहरूमा किन द्रव्यमोह ? | 453 |
बलिउडमा सलमान खानको सबैभन्दा पानी बाराबारको सत्रु होला ? शाहरुख खान होइन । रणवीर सिंह पनि होइन । अर्जुन कपुर होइन । | विवेक ओवरायले उडाए सलमानलाई , ' म आज पनि यहीं छु ' | 115 |
राजपुर बम काण्डको सफल अनुसन्धान गरी नाम कमाएका रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्रबहादुर खत्रीको बिदाई गरिएको छ । प्रहरी प्रधान कार्यालयले गत हप्ता एसपी खत्रीलाई सरुवा गर्दै रौतहटको नयाँ प्रहरी प्रमुखमा एसपी रविराज खड्कालाई पदस्थापन गरेपछि एक समारोहबीच एसपी खत्रीलाई बिदाई गरिएको हो । एसपी खत्रीको बिदाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापासहित सुरक्षा निकायका प्रमुखहरु , विभिन्न कार्यालयका कार्यालय प्रमुख , समाजसेवी , राजनीतिकर्मी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । | चर्चित एसपी खत्रीको बिदाई | 482 |
काठमाडौ– सरकारले करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीलाई मंगलबारदेखि सरकारी कार्यालयमा हाजिर नगराउन सम्बन्धित कार्यालयहरुलाई पत्राचार गरेको छ । सरकारको यो निर्णय अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा विभागले पनि मातहतका कार्यालयलाई करार तथा ज्यालादारी कर्मचारीलाई साउन # बाट हाजिर नराउने र करार नगर्ने भन्दै मातहतका कार्यलयलाई सर्कुलर पठाएको छ । विभागले अस्थायी दरवन्दीमा रहेका स्थायी कर्मचारीलाई भने अर्को व्यवस्था नभएसम्म साविककै कार्यालयमा हाजिर तथा कामकाज गराउन भनिएको छ । | करार र ज्यालादारी कर्मचारीलाई सरकारी डण्डा ! | 493 |