article
stringlengths 55
1.8k
| title
stringlengths 10
141
| article_length
int64 55
1.8k
|
---|---|---|
युवाका मुद्दाबारे जानकारी गराउन ' युवासँग प्रधानमन्त्री ' कार्यक्रम गरिने भएको छ । राष्ट्रिय युवा परिषद्ले युवाका मुद्दाबारे प्रधानमन्त्रीलाई गुनासो सुनाउनका लागि सो कार्यक्रम गर्न लागेको हो । परिषद्का उपाध्यक्ष माधव ढुंगेलले सबै क्षेत्रका युवाका नीतिगत समस्यालाई एकै थलोबाट प्रधानमन्त्रीलाई प्रत्यक्ष संवाद गरी जानकारी गराउन ' युवासँग प्रधानमन्त्री ' कार्यक्रम गर्न लागिएको जानकारी गराए । | अब ' युवासँग प्रधानमन्त्री ' | 389 |
सरकारले संघीयता कार्यान्वयन भएपश्चात कुनै निकाय रहनु पर्ने वा हटाउनु पर्ने भए त्यसको स्पष्ट आधार र कारणसहित अध्ययन प्रतिवेदन दिन सबै मन्त्रालयहरुलाई निर्देशन दिएको छ । सबै मन्त्रालय र केन्द्रीयस्तरका विभागहरुले माघ ## गतेभित्र प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा दिइसक्नु पर्नेछ । प्रधानमन्त्री कार्यालयले प्रतिवेदन तयार गर्दा संविधानको अनुसुची # देखि # मा उल्लेखित कार्यजिम्मेवारीको विस्तृतिकरणलाई आधार मान्न समेत निर्देशन दिएको छ । | प्रधानमन्त्री कार्यालयद्वारा संघीयतामा हटाउनुपर्ने निकायको विवरण माग | 432 |
इरोटिक थ्रिलर ' चपली हाईट ' सिनेमामा गरेको बोल्ड अभिनयका लागि चर्चा बटुलेकी अभिनेत्री बिनिता बराल आमा बन्ने भएकी छन् । सामाजिक संजालमा आफू गर्भवती भएको फोटो फेसबुकमा पोस्ट गर्दै आमा बन्न लागेको सार्वजनिक गरेकी हुन् । पोस्टमा उनले ' सानी बिनिता आउँदैछिन् ' लेखेकी छन् । | आमा बन्दै ' चपली हाईट ' अभिनेत्री बिनिता बराल , पाउने भइन् छोरी | 268 |
सरकारले पाँच वटा नमूना कानून सबै प्रदेशहरुमा पठाएको छ । कानुन , न्याय तथा संसदीय मामिला मन्त्रालयले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी # वटा नमूना कानून # वटै प्रदेश सरकारलाई पठाइएको जानकारी गराएको हो । अब एक हप्ताभित्र बाँकी ## वटा नमूना कानूनको मस्यौदा पनि प्रदेश सरकारलाई पठाइने कानून , न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले जानकारी दिए । | केन्द्र सरकार पठायो प्रदेश सरकारलाई पाँच नमूना कानून | 357 |
विकास श्रेष्ठ## पुस , काठमाडौं । ## वर्षे लुमर्ही भद्रकालीको खड्ग सिद्धि जात्रा अन्तरगत शनिबार नक्सालमा देवगणहरुको नाच प्रस्तुत गरिएको छ । देवगणहरुलाई हाँस , कुखुरा र बोकाको बली दिइएको थियो । | नक्सालमा देवगणहरुको नाच , हेर्नुस् ## वर्षे खड्ग सिद्धि जात्राको ## तस्वीर | 192 |
डोटी जिल्लामा प्राथमिक तहका शिक्षकहरुको संख्या आवश्यकता भन्दा एक सय ## ले बढी भएको एक तथ्यांकले देखाएको छ । जिल्ला शिक्षा अधिकारी अनन्तकुमार पौडेलले सार्वजनिक गरेको तथ्यांक अनुसार प्राथमिक तह ( # - # आधारभूत ) मा अध्ययनरत विद्यार्थीहरुको कुल संख्या ## हजार # सय एक रहेको देखिएको छ । सो तहमा अध्यापनरत शिक्षकहरुको संख्या एक हजार ## रहेको छ । | डोटीमा आवश्यकता भन्दा ### शिक्षक बढी | 340 |
बलिउड अभिनेत्री दिपिका पादुकोण र अभिनेता इरफान खान नेपाल आउने भएका छन् । विशाल भारद्वाजको निर्देशनमा बन्ने फिल्मको छायाँकनको लागि उनीहरु नेपाल आउने भएका हुन् । दिपिका र इरफान तीन वर्षपछि एकसाथ देखिन लागेका छन् । | दिपिका पादुकोण र इरफान खान नेपाल आउने | 211 |
काठमाडौं–कुनै समय थियो जतिवेला महिला प्रहरी क्षेत्रीय प्रशिक्षण केन्द्र नेपालगञ्जमा तालिम दिन आउन समेत आनाकानी गर्थे । प्रहरी सेवामा लागेपछि समय समयमा पाइने तालिम लिन मरिहत्ते गर्ने भएपनि महिलाको खास आर्कषण थिएन । महिलामैत्री भवन नहुँदा उनीहरु तालिममा जान अनाकानी गर्थे । | नेपालगञ्नमा सुविधा सम्पन्न तालिम केन्द्र निमार्ण | 271 |
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली आज राती अमेरिका जादैँ छन् । अमेरिकास्थित संयुक्त राष्ट्रसंघको महासभाको सन्दर्भमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको भवनमा आयोजना हुने विपद पश्चातको आवश्यकता आंकलन र पुनर्निर्माण तथा पुनस्र्थापना योजना विषयक कार्यक्रममा नेपालको पुनर्निर्माण सम्बन्धी प्रस्तुति गर्ने प्राधिकरणले जनाएको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पपश्चात नेपालको पुनःनिर्माण तथा पुनस्र्थापना सम्बन्धी अनुभव र भावी कार्ययोजना प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ । | प्राधिकरणका सिइओ अमेरिका जाँदै , नेपालको पुनर्निर्माणका लागि छलफल गर्ने | 517 |
नयाँ संविधानअनुसार गठन भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो बैठक सोमबार अपराह्न बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अपराह्न # बजे बोलाइएको बैठकमा दलका शीर्ष नेताले भने सम्बोधन नगर्ने भएका छन् । संसद् सचिवालयले पहिलो बैठकमा शीर्ष नेतासँगै अन्य नेतालाई दलीय आधारमा सम्बोधन गर्न दिनेगरी तयारी गरेको थियो । | आज संसद्काे पहिलो बैठक | 316 |
दक्षिण एशियाली क्षेत्रीय उडान सुरक्षा सुदृढीकरणकार्यक्रम ( कोसक्याप साउथ एशिया ) को ## औं शिर्ष बैठक काठमाडौंमा सम्पन्न भएको छ । बिहीबार सम्मपन्न उक्त बैठकले दक्षिण एशियाली मुलुकहरुमा उडान सुरक्षा सुदृढीकरणका लागि सयुक्त पहल गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ( इकाओ ) को पहल र सहभागीतामा सन् #### मा कोस्क्याप साउथ एशिया को स्थापना भएको थियो । | क्षेत्रीय उडान सुरक्षाको लागि सयुक्त पहल | 368 |
गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको बताएका छन् । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा गृहमन्त्री थापाले मुलुकमा सुशासन कायम राख्न र लोकतन्त्रको सुदृढीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए । विगतमा भएका सम्झौतालाई नै आधार मानेर विधेयक सामान्य प्रक्रियाबाट ल्याउने प्रयास भइरहेको बताउँदै उनले सरकारले अदालतको निर्णयलाई अवज्ञा नगर्ने बताए । | राष्ट्रियसभामा गृहमन्त्रीको जवाफ : जनतालाई सजिलो होस् भनेर नै निषेधाज्ञा | 427 |
फाइल तस्वीर## जेठ , भक्तपुर । भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले हनुमन्ते खोला किनारमा निर्माण भइरहेको ढलको शुक्रबारस्थलगत निरीक्षण गरेका छन् । हनुमन्ते खोला सफाइ परियोजनाअन्तर्गत हनुमन्ते खोला किनारमा विस्तार भइरहेको ढलको पाइप सानो भएको जनगुनासो आएपछि नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा उपप्रमुख रजनी जोशी , नगरपालिकाका कर्मचारी र परियोजनाका अधिकारीको संयुक्त टोलीले ढलको स्थलगत निरीक्षण गरेको हो । | हनुमन्तेमा विस्तारित ढलको स्थलगत निरीक्षण | 413 |
पूर्व अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएर चर्चामा आएका माओवादी नेता महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेश # का मुख्यमन्त्रीको सपथ लिएका छन् । वाम गठबन्धनको सहमतिअनुसार उनी बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए । शुक्रबार दिउँसो प्रदेश प्रमुख दुर्गाकेशर खनालले शाहीलाई सपथ खुवाएका हुन् । | लोकमानविरुद्ध महाअभियोग प्रस्तावक शाहीले लिए मुख्यमन्त्रीको सपथ | 322 |
भारतमा मारुती सुजुकीको स्विफ्ट , बलेनो , डिजायर र विटारा ब्रेजाको माग अत्याधिक छ । यी # वटै कारको ' पेन्डिङ अर्डर ' # लाख ## हजार संख्यामा पुगेको छ । ग्राहकलाई पर्खिनुपर्ने समय घटाउन कम्पनीले अफ्नो गुज्रातको प्लान्टमा उत्पादन बढाउने तयारी गरिरहेको मनि कन्ट्रोलले जनाएको छ । | यी हुन् धेरै माग भएका मारुतीका गाडीहरु | 273 |
काठमाडौं ठमेलमा वेवारिसे गोली भेटिएको छ । अमृत साइन्स क्याम्पसबाट ज्याठा जाने बाटोमा फोहोरको थुप्रोमा ## राउण्ड गोली भेटिएको हो । दरवारमार्ग बृतका इन्स्पेक्टर लक्ष्मण सिंहका अनुसार सडक बालवालिकाले फोहोरको थुप्रो भेटिएको प्लाष्टिकको प्याकेट खेलाउने क्रममा गोली भेटिएको हो । | फोहोरको थुप्रोमा भेटियो ## राउण्ड गोली | 272 |
नेपालले ## औं दक्षिण एसियाली खेलकुद ( साग ) महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको पहिलो खेलमा नेपालले श्रीलंकालाई #–# गोल अन्तरले पराजित गरेको हो । खेल अन्तिम मिनेट तिर सरु लिम्बुले गरेको गोल नै निर्णयक बनेपछि नेपालले तीन अंक प्राप्त गरेको हो । | महिला फुटबलमा नेपाल विजयी | 281 |
म्यान्मा – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लामो समयदेखि नेपालबाट राष्ट्र प्रमुख तहबाट म्यान्माको राजकीय भ्रमण नभएको परिप्रेक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीको म्यान्मा भ्रमणबाट दुई देशको जनस्तर तथा सांस्कृतिक सम्बन्ध एवं ## वर्ष लामो दौत्य सम्बन्ध प्रगाढ बनाउने उद्देश्य रहेको बताएका छन् । राष्ट्रपति भण्डारीको गणतन्त्र म्यान्मा सङ्घका राष्ट्रपति विन मिन्त र स्टेट काउन्सिलर आङ सान सु चीसँगको भेटपछि मन्त्री ज्ञवालीले यस भ्रमणले सम्बन्धलाई अझ उच्च बनाउने विश्वास व्यक्त गरे । म्यान्माली राष्ट्रपति र स्टेट काउन्सिलरसँगको भेटमा जलवायु परिवर्तन , पर्यटन , अन्तरराष्ट्रिय मञ्चहरुमा सहकार्य , व्यापार र लगानी विषयमा छलफल भएको जानकारी दिँदै मन्त्री ज्ञवालीले विकासको उस्तै गतिबाट गुज्रेका दुई देशबीच सहकार्यका अनेकौँ विषय हुन सक्ने भएकाले आगामी दिनमा मिलेर अगाडि बढ्ने समझदारी भएको स्पष्ट गरे । | नेपाल र म्यान्माबीच सहकार्यका अनेकौँ विषय छन् : परराष्ट्रमन्त्री ज्ञवाली | 800 |
वातावरणीय कानून र संविधानमा विशेष दक्षता भएकी न्यायाधीश ग्रीसको पहिलो महिला राष्ट्रपति बनेकी छन् । राष्ट्रपति पदकी उम्मेदवार एकातेरिनी साकेल्लारोपोलोउले अन्तर–पार्टी समर्थन प्राप्त गरेकी थिइन् । ग्रीसको विदेश नीतिमा सङ्कट बढ्दै गएको अवस्थामा उनको नाममा भएको सहमतिले राम्रो सङ्केत गरेको केही जानकारहरुको भनाई छ । | ग्रीसमा पहिलो महिला राष्ट्रपति | 311 |
एनआइसी एसिया बैंकले चमत्कारिक ## वटा विशेषता भएको विभिन्न ## वटा नयाँ निक्षेप योजना ल्याएको छ । बैंकले ## वर्ष प्रवेश गरेको अवसरमा बुधबारदेखि चमत्कारिक विशेषतासहितको निक्षेप योजना ल्याएको हो । बैंकले चमत्कारिक बचत , चमत्कारिक नारी बचत , चमत्कारिक जेष्ठ नागरिक बचत , चमत्कारिक बाबुनानी बचत , चमत्कारिक विद्यार्थी बचत , चमत्कारिक स्वरोजगार बचत र कर्मचारीलाई लक्ष्य गरी चमत्कारिक तलब बचत खाता सञ्चालनमा ल्याएको हो । | एनआइसी एसिया बैंकको ## नयाँ निक्षेप योजना | 412 |
काठमाडौं–नेपाल वायुसेवा निगम सञ्चालक समितिले दुईमध्ये एउटा बोइङ जहाज बिक्रीको सैद्धान्तिक सहमति दिएपछि व्यवस्थापनले उक्त जहाजको आर्थिक मूल्यांकन गर्ने तयारी सुरु गरेको छ । निगम सञ्चालक समितिको गत शुक्रबार ( असार ## ) मा बसेको बैठकले हाल सिंगापुरमा ' ग्राउन्डेड ' कलसाइन ' #एन–एसिए ' रहेको # सय ## सिट क्षमतायुक्त ' बि###–### ' सिरिजको जहाज बिक्री गर्न सैद्धान्तिक सहमति दिएको थियो । करिब ## वर्ष पुरानो जहाज बिक्री गर्ने पाउने ' ग्रिन सिग्नल ' पछि व्यवस्थापनले एक कदम अगाडि बढ्दै आर्थिक मूल्यांकनको तयारी सुरु गरेको हो । | बोइङ ### को आर्थिक मूल्यांकन तयारी सुरु | 520 |
भारतबाट नेपाल आउँदै गरेका एक युवक बाँकेको जमुनाहा नाकाबाट एयर गनसहित पक्राउ परेका छन् । सुर्खेत भेरीगंगा नगरपालिका–# जहरेका ## वर्षीय लालसिंह राना शनिबार बिहान एयरगन र छर्रासहित पक्राउ परेका हुन् । सीमामा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट एयर गन र छर्रा फेला परेको जनाएको छ । | भारतबाट फर्कंदै गरेका युवक एयरगनसहित पक्राउ | 332 |
काभ्रेपलाञ्चोकको पाँचखालमा स्थापना हुन लागेको विशेष आर्थिक क्षेत्र ( सेज ) को गुरुयोजना अन्तिमचरणमा पुगेको छ । विशेष आर्थिक क्षेत्र ( सेज ) को गुरुयोजनालाई अझै प्रभावकारी , बनाउन स्थानीयवासीसँग सुझाव सङ्कलन गर्दै विशेष आर्थिक क्षेत्र विकास समितिले विशेष आर्थिक क्षेत्र ( सेज ) पाँचखाललाई केही वर्षमा नै सञ्चालनमा ल्याउने तयारी भएको जनाएको छ । विशेष आर्थिक क्षेत्र विकास समितिले शुक्रबार धुलिखेलमा आयोजना गरेको अन्तक्र्रियामा उद्योग मन्त्रालयका सचिव सूर्यप्रसाद सिलवालले विशेष आर्थिक क्षेत्र ( सेज ) पाँचखाललाई सरकारले प्राथमिकतामा राखेर काम गरेको उल्लेख गर्दै विशेष आर्थिक क्षेत्रको कार्यक्रमले बन्द , हडताललाई निरुत्साहित तुल्याउने बताए । | पाँचखाल विशेष आर्थिक क्षेत्रको गुरुयोजना अन्तिम चरणमा | 639 |
हात्तीको आक्रमणमा परेर माडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका वडा नम्बर # का ## वर्षिय कृष्णकली पौडेल र ## वर्षीय शुशिला भण्डारी रहेको ईलाका प्रहरी कार्यालय , वसन्तपुर माडीका प्रहरी नायब निरीक्षक नारायण श्रेष्ठले जानकारी दिए । स्थानीय रिउ खोलाको किनारमा घाँस काट्न गएको समयमा आज दिउँसो हात्तीले आक्रमण गरेको थियो । | चितवनमा हात्तीको आक्रमण , दुई जनाको मृत्यु | 337 |
हुम्लाको लिमीलाई केन्द्रबिन्दु बनाएर # रेक्टरको भूकम्प गएको छ । आइतबार बिहान ## बजेर ## मिनेट जाँदा # रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । थप विवरण आउन बाँकी छ । | हुम्ला केन्द्रबिन्दु बनाएर # रेक्टर स्केलको भूकम्प | 208 |
मधेस आन्दोलनको छानविन प्रतिवेदन बुझाएको लामो समय दिन हुँदा पनि सरकारले सार्वजनिक नगरेको भन्दै सप्तरीमा प्रदर्शन गरिएको छ । मधेस - थरुहट आन्दोलन सम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै सप्तरीको भारदहमा शनिबार प्रदर्शन गरिएको छ । पीडित संघर्ष समितिद्वारा प्रतिवेदन सार्वजनिक गर्न भन्दै प्रदर्शन र कोणसभाको आयोजना गरिएको छ । | मधेस आन्दोलनको छानविन प्रतिवेदन सार्वजनिकको माग गर्दै प्रदर्शन | 332 |
भोली शुक्रबार अर्थात मंसिर ## गतेबाट रिलिज हुने चलचित्र ' प्रसाद ' को वुधबार काठमाण्डौको बीग मुभिजमा भव्य प्रिमियर आयोजना गरिएको छ । चलचित्रकर्मी र पत्रकारको उपस्थितीमा आयोजित प्रिमियरमा यो चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया मिलेको छ । दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र हेरेपछि अधिकांशले यसको कथावस्तु , प्रस्तुतिलाई रुचाए । | प्रिमियरमा ' प्रसाद ' लाई उत्कृष्ट प्रतिक्रिया , विपिनको अभिनय तारिफयोग्य | 329 |
बलिउड नायिका दीपिका पादुकोण अभिनित चलचित्र ' छपाक ' जनवरी ## बाट रिलिज हुँदैछ । एसिड आक्रामणमा परेकी लक्ष्मी अग्रवालको कथामा यो चलचित्र बनेको छ । यो चलचित्रको निर्माताको रुपमा दीपिका पनि छिन् । | ' छपाक ' मा लगानी मेरै हो , रणवीरको होइनः दीपिका | 193 |
कर्तव्य ज्यान मुद्दामा फरारको सूचीमा रहेका ## बर्षीय एक वृद्ध घटना भएको ## बर्षपछि पक्राउ परेका छन् । फरारको सूचीमा रहेका तुमेवा गाउँपालिका–# हाङगुमका धनबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठ कैद भुक्तानका लागि जेल चलान भएका छन् । | ज्यान मुद्दामा फरार ## बर्षपछि पक्राउ | 257 |
जारी ईण्डियन प्रिमियर लिगमा जसप्रीत बुमराह , भूवनेश्वर तथा कैगिसो रबाडाजस्ता दिग्गज बलरहरू खेलिरहेको भए पनि दीपक चाहरले सबैलाई आश्चर्यमा पारिरहेका छन् । मंगलबार उनले फेरि एउटा कमाल गरे । चेन्नई सुपर किङ्सका यी तीव्रगतिका बलरले एक म्याचमा सर्वाधिक डट बल फ्याँक्ने रेकर्ड आफ्नो नाममा गरेका छन् । | यी खेलाडीले बनाए आईपिएलमा सर्वाधिक ' डट बल ' को रेकर्ड | 293 |
फाइल फोटो## मंसिर , काठमाडौं । खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रिय खेलकुद परिषद ( राखेप ) लाई पुनर्गठन गर्नुपर्ने बताएका छन् । राखेपको हालको संरचनाले सबै खेल क्षेत्रलाई समेट्न नसकेकोले पुनर्गठन गर्नुपर्ने उनको भनाइ छ । | राखेप पुनर्गठन गर्ने खेलकुद मन्त्रीको घोषणा | 226 |
सैनामैना नगरपालिका रामापुरकी पवित्रा मरासिनीको खेतको मकैमा फल लाग्ने बेला बोट सुक्दै गएको छ । उनको खेतमा सिँचाइ सुविधा छैन । मकै छरेदेखि पर्याप्त पानी परेन । | ## प्रतिशत जमिन सिँचाइविहीन | 157 |
काठमाडौंको नागढुंगा ( चन्द्रागिरी नपा–# टुटेपाखा ) देखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्ग निर्माण सोमबार शिलान्यास गरिँदैछ । सडकतर्फ पहिलोपटक निर्माण हुन गइरहेको सुरुङमार्गको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको सडक विभागले जनाएको छ । सुरुङमार्ग निर्माणका लागि असोज # मा विभाग र जापानी निर्माण कम्पनी हाज्माअन्द्रोबीच सम्झौता भएको थियो । | नागढुंगा सुरुङमार्ग शिलान्यास आज | 365 |
यदि , अहिले नेपाली चलचित्रमा सवैभन्दा धेरै लगानी कोहि कलाकार माथि छ भने , ती कलाकार हुन् नायक दयाहाङ राई । अब , त यस्तो अवस्था आइसकेको छ कि , दयाको हरेक महिना एउटा चलचित्र रिलिज हुनेछ । दयालाई लिएर चलचित्रमा काम गर्नका लागि केहि निर्माता पर्खिरहेका छन् । | दयाहाङको नाममा करोडौ लगानी , तर दर्शक विच्किएका छन् | 254 |
सरकारले संविधान संशोधनमा धमाधम काम भइरहेको बताइरहँदा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भने सोही विषयमा आफूसँग कुनै छलफल नगरिएको भन्दै आक्रोश पोखेको छ । संविधानप्रति असन्तुष्टि जनाउँदै आएको मुख्य शक्ति मोर्चाको सोमबार बैठकले ' गलत प्रचार गरेर सरकारले संशोधनका मुद्दा कमजोर पार्न खोजेको ' निष्कर्ष निकालेको छ । मोर्चाले भन्यो - संविधान संशोधनमा सरकार र मोर्चाबीच सहमति भएको हल्ला मात्र हो । | माेर्चाले भन्याे - ' अब सरकारसँग अन्तिम वार्ता ' | 390 |
इटहरीमा सिटी सफारीहरुलाई लगाइएको प्रतिवन्ध फुकुवा भएको छ । अबदेखि सिटी सफारीहरु गुड्न त पाउँछन् तर यात्रुलाई कुरेर बस्न र जथाभावि यात्रु चढाउन तथा ओराल्न भने पाउने छैनन् । बाटोमा जाम गरेको आरोपमा शुक्रबारबाट पूर्वका मुख्य राजमार्गमा सिटी सफारी गुड्न नदिने निर्णय स्थानीय प्रशासनले गरेको थियो । | इटहरीमा सिटी सफारी कुद्न पाउने , कुर्न नपाउने | 293 |
ललितपुरको सैंबु भैसेपाटीस्थित चाईना सिभिल ईन्जिनियरिङ कार्यालयमा चोरी गरेर फरार अभियुक्तहरुलाई प्रहरीले ## बर्षपछि पक्रेको छ । पक्राउ पर्नेहरुमा ललितपुर चापागाउँका ## वर्षीय रवि कठेत र सोही ठाउँ घर भई धादिङको नौबिसे बस्दै आएकी ## वर्षीया प्रमिला परियार ( कठेत ) छन् । उनीहरुले #### साल फागुन ## गते कार्यालयको लेखा शाखामा लगाइएको ताला तोडफोड गरी नगद तथा जिन्सी चोरेका थिए । | फरार अभियुक्त ## बर्षपछि पक्राऊ | 373 |
एउटा मात्रै क्षेत्र रहेको मुगुमा वाम गठबन्धनका उम्मेदवार एमाले जिल्ला अध्यक्ष गोपालबहादुर बम विजयी भएका छन् । बमले कांग्रेसका हस्तबहादुर मल्ललाई पराजित गर्दै विजयी भएका हुन् । बमले ## हजार ## मत ल्याए भने कांग्रेसका मल्लले # हजार ### मत प्राप्त गरेका छन् । | मुगुमा प्रतिनिधिसभामा एमालेका गोपाल बम विजयी | 256 |
नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीले पूर्णता पाएको छ । तत्कालीन माओवादी केन्द्रबाट ## नेताको नाम टुंगो लागेसँगै नेकपाको स्थायी कमिटीले पूर्णता पाएको हो । तत्कालीन एमालेले यसअघि नै नाम टुंगो लगाएको थियो । | नेकपाको स्थायी कमिटीमा ' माओवादी ' बाट कोको परे ? ( सूचीसहित ) | 207 |
तस्वीर : युनिस गुरुङ / अनलाइनखबर## जेठ , पोखरा । प्रदेश # सरकारले आगामी # वर्षमा प्रतिव्यक्ति आय ## सय अमेरिकी डलर पुर्याउने लक्ष्यसहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा # वर्षमा आर्थिक वृद्धिदर वार्षिक # प्रतिशत कायम गर्ने लक्ष्य राखिएको छ । | प्रदेश # को नीति तथा कार्यक्रम : # वर्षमा प्रतिव्यक्ति आय ## सय डलर | 360 |
राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडमा सुनका नक्कली गरगहना राखेर रु ## लाख ## हजार ठगी गरेको आरोपमा पक्राउ परेकामध्ये तीनजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । विभिन्न मितिमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बिर्तामोड , धुलाबारी शाखा र नेपाल बैंक लिमिटेडको धुलाबारी शाखामा सुनका नक्कली गरगहना राखेर बैंक ठगी कार्यमा छजना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये तीनजना धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । | बैंकमा सुनका नक्कली गरगहना राखेर ठगी गर्ने थुनामा | 425 |
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित पुस्तक शनिबार राजधानीमा ठूलो कार्यक्रमका साथ विमोचित भइरहेको खबर सुन्दा देशविदेशमा रहेका नेपालीमा कौतुहल जाग्नु स्वाभाविकै हो , आखिर पुस्तकमा के लेखेछन् नेता गौतमले ? केपी ओली , प्रचण्ड , रामचन्द्र पौडेललगायतका नेताहरुले सहभागिता जनाएर राष्ट्रिय सभागृहमा ठूलो तामझामका साथ विमोचन गरिएको पुस्तक हामीले पनि खरिद गर्यौं । र , त्यसमा के के समेटिएको छ भन्नेबारे पाठकहरुलाई संक्षिप्तरुपमै भए पनि जानकारी दिनु आफ्नो कर्तव्य ठान्यौं । ' नेपाल नवनिर्माण महाअभियान ' शीर्षक दिइएको यो पुस्तकको मूल्य # सय रुपैयाँ तोकिएको छ । | ' झोँकी ' वामदेवलाई ' अध्ययनशील ' देखाउने किताबः संघीयताको विरोध , जबजको आलोचना | 562 |
काठमाण्डौको बीग मुभिजमा चलचित्र ' रातो घर ' को प्रिमियर गरिएको छ । वुधबार बेलुकी # सय बढी अतिथहिरुलाई निम्त्याएर चलचित्रको प्रिमियर गरिएको हो । भोली शुक्रबारबाट रिलिज हुने यो चलचित्रलाई सुरज सुब्बा ' नाल्बो ' ले निर्देशन गरेका हुन् । | ' रातो घर ' प्रिमियरमा नायिकाहरुको जमघट , कसले के भने ? | 233 |
नेपाल प्रहरीको ध्यान राजपुर बमकाण्डतिर गएको बेला नेपाल–भारत सीमामा तस्करी बढेको छ । चाडपर्वको समय पारेर मुख्य गरी दक्षिण–पश्चिम नाकामा तस्करी बढेको हो । राजपुरमा भएको बमकाण्डको अनुसन्धानका लागि नेपाल प्रहरी मुख्य गरी सुरक्षा व्यवस्था मिलाउन र अनुसन्धानमा व्यस्त रहेको मौकामा रौतहटका विभिन्न नाका हुँदै पटका , कपडा र किराना सामानको तस्करी बढेको देखिएको छ । | सीमामा तस्करी बढ्यो | 355 |
चीनको प्रख्यात रेल निर्माता कम्पनी सीसीआरसी कर्पोसन समक्ष भारतको नागपुरस्थित एक कम्पनीले ## रेल अर्डर गरेको छ । ## किलोमिटर लम्बाईका ती अत्याधुनिक रेलहरु दुई भारतका दुई सहरबीच जोड्न उपयोग हुनेछन् । सिआरसीले भारतमा पहिलो अर्डर सन् #### मा कोलकता सुरुङ मार्गका लागि ### वटा रेलको पाएको थियो । | चिनयाँ रेल अब भारतमा गुड्ने , नागपुरका लागि ## चिनियाँ रेलको अर्डर | 290 |
' जम्मा ## सय रुपैयाँ तिर्नुछ भनेर पनि सम्झन सक्दैनस् ? ' करिब ## वर्षअघि त्यति पैसा तिर्न नसक्दा स्कुलबाट निकालिएको घटना क्षितिजराज लोहनीलाई ताजा छ । कक्षा # पढ्ने क्षितिजले त्यतिखेरै संकल्प लिएका थिए , ' कमाउने भएपछि मजस्ता सबैको पैसा तिर्छु । ' आफ्नो सपना पछ्याउँदै - पछ्याउँदै क्षितिज अमेरिका पुगे । | ## सय तिर्न नसकेर स्कुलबाट निकालिएका क्षितिज एप्पलमा इञ्जिनियर | 303 |
नायक सविन श्रेष्ठको प्रस्तुतीमा बन्न लागेको चलचित्र ' हिरो ' का लागि नायिका अशिष्मा नकर्मी अनुवन्धित भएकी छिन् । नायक तथा प्रस्तुतकर्ता सविनले यो कुराको पुष्टी गरेका छन् । अशिष्माको अनुहारमा गाउँकी यूवतीको झझल्को आउने भएपछि सविनले पक्का गरिएको बताए । | सविनको हिरोइन बन्दै अशिष्मा , ' राधे ' मा पनि जम्न सक्छ निखिलसँग जोडी | 250 |
टिपर चालकसँग एक हजार रुपैयाँ घुस लिने क्रममा धनुषाबाट एकजना ट्राफिक प्रहरीका नायव निरीक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी नायव निरीक्षक नवीन कुमार झा रहेका छन् । उनलाई धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाबाट साेमबार अख्तियर दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टाेलीले घुससहित पक्राउ गरेकाे हाे । | एक हजार घुससिहत प्रहरी नायव निरीक्षक पक्राउ | 299 |
नुवाकोटको तारुकामा सय वर्षअघिदेखि माघे संक्रान्तिका दिन वर्षेनी आयोजना हुँदै आएको गोरू जुधाउने जात्राबारेको वृत्तचित्र ' गोरु जुधाई मेला ' निर्माण गरिएको छ । सामुदायिक सेवा केन्द्र , नुवाकोटले निर्माण गरेको वृत्तचित्रको निर्देशन शशी लुमुम्बू र श्रीराम श्रेष्ठले गरेका छन् । ## मिनेटको वृत्तचित्रमा गोरु जुधाई जात्राको सुरुवात , ऐतिहासिक पक्ष , जात्रा आयोजना , गोरु जुधाउने विधि र प्रक्रियासँगै गोरु जुधाईको रोचक दृश्य देखाइएको छ । | वृत्तचित्रमा तारुकाको गोरु जुधाई | 430 |
नेपालमा चोरी भएका भारतमा , भारतमा चोरी भएका मोवाईल नेपालमानेपाल र भारतका मोबाईल चोरबीच सहकार्य हुने गरेको रहस्य खुलेको छ । नेपालमा चोरी भएका मोवाईल भारत पुग्ने र भारतबाट चोरी गरि ल्याएका मोवाईल नेपाल ल्याएर सस्तोमा बिक्रि वितरण गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । मंगलबार दिल्लीबाट काठमाडौं आउदै गरेको बा # ख #### नम्बरको पर्यटक बसबाट भारतमा चोरी भएका ### थान मोवाईल बरामद भएपछि यस्तो रहस्य खुलेको हो । | नेपाल–भारतका मोबाईल चोरबीच सहकार्य | 409 |
चालक अनुमति पत्र ( लाइसेन्स ) वितरण तथा नविकरण रोकेको भन्दै सेवाग्राहीले यातायात व्यवस्था कार्यालय , बाग्मतीमा नाराबाजी तथा प्रदर्शन गरेका छन् । उनीहरुले प्रदर्शन गर्दै एकान्तकुनामा यातायात अवरुद्ध गरेका छन् । चुनावका कारण रोकिएको लाइसेन्स वितरण तथा नविकरण आइतबारबाट सुरु भएको थियो । | लाइसेन्स वितरण रोकेको भन्दै एकान्तकुनामा प्रदर्शन | 283 |
शारीरिक सम्बन्ध राख्न नमानेपछि पर्सामा एक युवतीलाई उनकै प्रेमीले हत्या गरेको पर्सा प्रहरीले जनाएको छ । भारत बगहा घर भइ हाल पर्साको जगरनाथपुर गाउँपालिका–# बस्दै आएकी ## वर्षीया बनिताकुमारी चौधरीको हत्या उनकै प्रेमी सोही ठाँउमा बस्ने प्रमेन्द्र चौधरीले गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । गत असार ## गते दिउँसो # बजे प्रमेन्द्रले बनितालाई भलुवाही खोला नजिकको खयरबारीमा भेटन बोलाएका थिए । | शारीरिक सम्बन्ध राख्न नमानेपछि युवतीको हत्या | 397 |
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रान्सर्फमर खरिद प्रकरणमा नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशकसहित ## पूर्वउच्च अधिकारीविरुद्ध विशेष अदालतमा थप अर्को मुद्दा दायर गरेको छ । यस्तै ठेकेदार , एजेन्टसहित # जनाविरुद्ध पनि मुद्दा परेको छ । तत्कालीन कार्यकारी निर्देशक डा . जीवेन्द्र झा , रामेश्वर यादव , तत्कालीन महाप्रवन्धक युगलकिशोर साह , प्रवन्धक कैलाशप्रसाद अटल , हरिबहादुर गःसी , निर्देशक अर्जुनकुमार चौहान , तत्कालीन सह - निर्देशक हरिशबहालुर पाल , शशिविक्रम थापा र उपनिर्देशक महेशकुमार कार्कीविरुद्ध मुद्दा दायर गरिएको हो । | ट्रान्सफर्मर प्रकरणमा ## उच्च अधिकारीविरुद्ध अर्को मुद्दा | 543 |
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनअनुसार नयाँ स्थानीय तह गठन प्रस्ताव मन्त्रिपरिषद् पठाउने तयारी गरेको छ । आयोगले सरकारलाई हालै बुझाएको प्रतिवेदन कार्यान्वयन गरी नयाँ संविधानअनुसार स्थानीय तहको गठनको प्रस्ताव मन्त्रिपरिषद् पठाउने तयारी गरेको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार आयोगले निर्धारण गरेको स्थानीय तहको कार्यान्वयनका लागि मन्त्रिपरिषद् पठाउने अन्तिम तयारी भइरहेको छ । | स्थानीय तह गठन अघि बढाइँदै | 473 |
गुगल सर्च इन्जिन पछिल्लो समयमा जनस्वास्थ्यका लागि समेत निकै महत्वपूर्ण तथा फलदायी बनिरहेको अध्ययनले देखाएको छ । बेलायतमा गरिएको एक अध्ययन अनुसार तिन चौथाई बेलायतीहरुले गुगल हेरेरै आफ्नो जिउमा हुने साना तिना स्वास्थ्य समस्याको उपचार आफै पहिल्याउने गरेका छन् । शोधकर्ताहरुका अनुसार रोगका लक्षणहरु तथा उपचारका लागि प्रयोग हुने विधि र औषधि इत्यादिको बारेमा इन्टरनेटमा गुगल सर्चमार्फत खोजी गरी सामान्य रोगमा आफ्नो उपचार आफै गर्ने बेलायतीहरु हरेक दश जनामा # जना रहेका छन् । | गुगल हेरेर आफ्नो उपचार आफैं गर्छन् ## प्रतिशत मानिसले | 467 |
नेकपा - माओवादी नेतृत्वको ## दलीय मोर्चाले बन्द आहृवान गरेकै दिन काठमाडौंका युवाहरुले स्वतःस्फूर्तरुपमा सडकमा ओर्लिएर बन्दको विरोधमा नारा जुलुस गरेका छन् । उता सुनसरीको इटहरीबाट लिम्वुवान मुक्ति मोर्चा नेपालले पूर्वका # जिल्लालाई बन्द मुक्त क्षेत्र घोषणा गर्ने जनाएको छ । बन्द संधैका लागि बन्द गरौं भन्दै युवाहरुले विहीबार काठमाडौंको माइतीघरबाट सुन्धारासम्म प्रदर्शन गरेका हुन् । | ' नेपाल बन्द कहिलेसम्म ? नागरिक चुप जहिलेसम्म ' | 379 |
निर्वाचन क्षेत्र निर्धारण आयोगले झापामा पाँचवटा निर्वाचन क्षेत्र तोकेको छ । जनसंख्यालाई मुख्य आधार बनाएर प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि क्षेत्र निर्धारण गरिएको हो । झापामा मेचीनगर नगरपालिका , बुद्धशान्ति गाउँपालिकाको वडा नं # , # , # , # र भद्रपुर नगरपालिकाको वडा नं # र ## लाई समेटेर क्षेत्र नम्बर # बनाइएको छ । | झापामा पाँच निर्वाचन क्षेत्र | 336 |
पर्यटकीय नगरी धुलिखेलमा स्वास्थ्य सूचना केन्द्र स्थापना गरिएको छ । ' हेल्दी सिटी ' को अवधारणालाई अघि बढाउन तथा नगरको समग्र स्वास्थ्य क्षेत्रको एकीकृत सूचना प्रणाली व्यवस्थापन गर्ने उद्देश्यका साथ उक्त केन्द्र स्थापना गरिएको हो । केन्द्रबाट धुलिखेल नगरपालिकाभित्रको समग्र स्वास्थ्य अवस्थाको जानकारी लिन सकिने नपा स्वास्थ्य संयोजक सन्दीप केसीले बताए । | धुलिखेलमा स्वास्थ्य सूचना केन्द्र स्थापना | 349 |
प्रदेश उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवका कारण प्रदेश सभाको पहिलो बैठक सिँचाइ डिभिजन कार्यालयको सभाहलमा हुने भएको छ । जिल्ला समन्वय समितिको हलमा बस्ने तय भएको प्रदेश सभाको पहिलो बैठक महोत्सवका कारण सिँचाइ डिभिजनको हलमा सारिएको हो । प्रदेश सभाको पहिलो बैठक माघ ## गते दिनको # बजेका लागि आह्वान गरिएको छ । | महोत्सवका कारण प्रदेश # को प्रदेश सभाको बैठकस्थल सर्यो | 319 |
योग गुरु रामदेवद्वारा सञ्चालित पतञ्जली आयुर्वेदिक केन्द्रद्वारा उत्पादित # प्रकारका आयुर्वेदिक औषधि गुणस्तरहीन रहेको भेटिएको छ । औषधि व्यवस्था विभागले ल्याब परीक्षण गर्ने क्रममा पतञ्जलीका उक्त औषधिहरु गुणस्तरहीन भएको प्रमाणित भएको हो । पतञ्जलीका औषधिहरुमा प्रतिवन्ध लगाइएका अम्ला चुर्ना , दिब्या गशार चुर्ना , बकुची चुर्ना , त्रिफला चुर्ना , अश्वागन्धा चुर्ना र अदिव्या चुर्ना रहेका छन् । | रामदेवका औषधि गुणस्तरहीन | 388 |
राष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष वैशाख ## को ' गोरखा भूकम्प ' को केन्द्रविन्दु बारपाक पुगेर भूकम्पस्मृति उद्यानको आज शिलान्यास गरेकी छन् । भूकम्पले क्षतिग्रस्त बारपाक । फाइल तस्वीरउनले भूकम्पमा परी निधन भएकाहरुको सम्झनामा जिल्ला दैवीप्रकोप उद्धार समितिले निर्माण गर्न लागेको स्तम्भको पनि शिलान्यास गरिन् । | राष्ट्रपतिद्वारा भूकम्पपीडितको घर र भूकम्प स्मृति उद्यान शिलान्यास | 312 |
अमेरिकाको शिकागोका एक राजनीतिज्ञ लोखर्केको आक्रमणमा परी घाइते भएका छन् । उनको खप्पर फुटेको छ । हफिंटन पोष्टका अनुसार गत नोभेम्बर ## मा उक्त घटना भएको हो । | लोखर्केले हमला गर्दा नेताको टाउको फुट्यो | 154 |
के कुनै वैज्ञानिक अध्ययनका लागि आफ्नो ज्यान दिन सक्छन् ? इतिहासमा यस्तो कुनै एक नभई विभिन्न उदाहरण छन् । यसैमध्ये एउटा कहानी छ कार्ल पिटरसन सिमिटको । सन् #### , सेप्टेम्बरको महिना । | वैज्ञानिकलाई सर्पले टोक्यो , त्यसपछि लेखे आफ्नै मृत्युको कहानी | 181 |
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद शत्रुधन महतोले संविधान संशोधनको विपक्षमा आफूहरु नभएको स्पष्ट पारेका छन् । नेता महतोले संविधान संशोधन प्रस्ताव तत्काललाई स्थगित गरेर वा फिर्ता लिएर सबै दलहरुको सहमतिमा मधेशी मोर्चाको माग सम्बोधन गर्ने गरी संशोधन गर्नुपर्ने बताएका हुन् । ' अहिले संविधान कार्यान्वयन गर्ने बेला हो , ' बिहीबार रिपोर्टर्स क्लबमा उनले भने , ' यस्तो बेला कार्यान्वयन गर्न छोडेर संशोधनको कुरा किन गरिँदैछ ? ' महतोले एमाले संविधान संशोधन गर्नै नहुने भन्ने पक्षमा नरहेको बताए । | अहिले संविधान संशाेधन हाेइन कार्यान्वयनको बेला होः महतो | 492 |
जाजरकोटका विभिन्न गाविसमा फैलिएका सिजिनल फ्लु , स्वाइन फ्लु अन्य गाविस तथा जिल्लामा फैलिन नदिन हेल्पडेस्क स्थापना गरिएको छ । जिल्ला दैवी प्रकोप समितिले गरेको निर्णयअनुसार बिहीबारदेखि जिल्लाका चार ठाउँमा हेल्पडेस्क स्थापना गरिएको हो । जाजरकोट र सुर्खेतको सिमाना रहेको छेडाचौर , दैलेख र जाजरकोटको सिमाना थलहबजार , जाजरकोट र रुकुमको सिमाना दल्ली र बसपार्क खलङ्गाको शान्ति चौतारामा हेल्पडेस्क स्थापना गरिएको छ । | जाजरकोटका नाकामा फ्लुको जाँचमा कडाइ | 407 |
नेपाली चलचित्र दृश्य , भाषा र संगीतका आधारमा पनि उत्कृष्ट बन्दैछन् । निर्माताहरु चलचित्रको एउटा गीत छायांकन गर्नकै लागि लाखौ खर्च गरेर लोभलाग्दा लोकेशनमा पुग्न थालेका छन् । चोभारका डाँडाहरु अहिले नेपाली चलचित्रका लागि विरानो बनेका छन् । | यस्तो बन्यो ' के म तिम्रो होइन र ' को शिर्ष गीत ( भिडियो ) | 236 |
अज्ञात समूहले मंगलबार साँझ सप्तरीको सुरुगा नगरपालिकास्थित त्रियुगा डिस्ट्रलरीका सुरक्षागार्ड माथि गोली प्रहार गरेको छ । साँझ # बजेतिर आएको समूहले डिस्ट्रलरीको गेटमा बसिरहेका सुरक्षागार्ड मोरङको सुन्दर हरैचा नगरपालिका–# निवासी ## वर्षीय नवराज कोइरालामाथि गोली प्रहार गरेका हुन् । गोली लागेर घाइते भएका सुरक्षागार्ड कोइरालालाई उपचारको लागि लहानस्थित सप्तऋषि नर्सिङहोम पठाइएको इप्रका कडरबोनाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । | त्रियुगा डिस्ट्रिलरीका सुरक्षागार्डमाथि गोली प्रहार | 436 |
विगत पाँच वर्षदेखि पानी माग्दै आएका दक्षिणी धादिङका चेपाङ पानी नपाएपछि सदरमुकाम धादिङबेसी झरेका छन् । उनीहरुले आफ्नो गाउँको बजेट र समस्याबारे स्थानीय विकास अधिकारीसँग दुःख बिसाए । स्थानीय विकास अधिकारी जीवलाल भुसालको कार्यकक्षमा प्रवेश गरी चेपाङ समुदायले आफूहरुलाई बचाइदिन माग गरेका छन् । | पानी र खाद्यान्नको माग गर्दै चेपाङ टोली धादिङबेसीमा | 288 |
त्रिभुवन विश्वविद्यालयका # शिक्षकले भारतका विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरे । तर त्रिविले उनीहरुले हासिल गरेको विद्यावारिधि उपाधिको समकक्षता निर्धारण प्रमाणपत्र दिएन । ती शिक्षकमध्ये केहीले समकक्षताका लागि आफैंले गरेको अनुसन्धानको प्रस्तुति चित्तबुझ्दो नदिएको र केही प्रस्तुति दिन नआएकाले समकक्षता निर्धारण प्रमाणपत्र प्रदान नगरिएको त्रिविले जनाएको छ । | पिएचडी प्रस्तुतिमा चुक्दा समकक्षता रोकियो | 361 |
अबुजा – नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतङ्ककारी समूह बोको हरामले गरेको आक्रमणमा परी ## जना किसानको मृत्यु भएको प्रहरीले जनाएको छ । दमासाक शहरबाट ## किलोमिटर टाढा रहेको नाम्गाम गाउँमा सोमबार किसानहरुको एक समूहलाई बोको हराम लडाकूले आक्रमण गरेको र सो आक्रमणमा परी ## जनाको मृत्यु भएको सैनिक अधिकारीहरुले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । गोली लागेर घाइते भएका दर्जनौं महिला र बालबालिका दमासाक शहरनजिक शरणको खोजीमा आइपुगेका छन् । | उत्तरपश्चिम नाइजेरियामा ## किसानको हत्या | 445 |
मोरङ प्रहरीले ठूलो मात्रामा विष्फोटक पदार्थ बरामद गरेको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले केराघारीमा लुकाएको अवस्थामा ## थान विष्फोट पदार्थ जिलेटिन बरामद गरेको हो । मोरङका विभिन्न स्थानमा बम विष्फोट गराएको आरोपमा पक्राउ परेका विप्लव समूहका कार्यकर्तामाथि अनुसन्धान गर्ने क्रममा मोरङको बुढीगंगा गाउँपालिका # धरहरा स्थित रत्नकुमार डागीको केराघारीमा लुकाएर राखेको अवस्थामा जिलेटिन , डेटोनेटर , तार , अटोमेटिक रिमोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । | केरा बगैंचाबाट बिस्फोटक पदार्थ बरामद | 542 |
भारतीय प्राध्यापक एडसी मुनीले नेपालका मधेसी र जनजातिलाई आपसमा मिल्न र बहुमत पुर्याउन सुझाव दिएका छन् । राजधानीको र्याडिसन होटलमा बुधबारदेखि सुरु भएको नेपाल - भारतबारे दुई दिने सम्मेलनमा मुनीले मधेसी र जनजातिलाई आपसमा मिलेर दुई तिहाई मत पुर्याउन सुझाएका हुन् । कार्यक्रमा मुनीले ' समावेशी लोकतन्त्रः भारत र नेपालको अनुभव ' विषयक सेसनको अध्यक्षता गरेका थिए , जहाँ डा . बाबुराम भट्टराई , महन्थ ठाकुर , तरुण विजय र आरपी शर्मा लगायतका वक्ताहरु थिए । | एसडी मुनीको सुझावः मधेसी - जनजाति मिल्नोस् , दुईतिहाइ पुग्छ ! | 447 |
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती कर्मचारी ऐनको खाका तयार गरेको छ । प्रस्तावित ऐन जेठको अन्तिम साताभित्र संसदमा पेश गर्ने तयारी गर्दै मन्त्रालयले ऐनमा प्रस्ताव भएका विषयमा छलफल सुरू गरेको हो । संघीय निजामती कर्मचारी ऐनको मस्यौदाले समेटेका विषयका बारेमा विज्ञ समूहसँग छलफल गरिएको मन्त्रालयका सहसचिव सुरेश अधिकारीले सेतोपाटीलाई बताए । | जेठभित्रै संसदमा पेश गर्न संघीय कर्मचारी ऐन बनाउँदै मन्त्रालय | 357 |
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय , विश्वस्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा पहिलो पटक मानसिक रोगको अवस्थाका बारेमा सर्वेक्षण गर्ने भएको छ । मानसिक रोगका प्रख्यात प्रा . डा . डेभिड भिम्सेन्टले सो रोगका अवस्था पत्ता लगाउन विकसित गरेका सर्वेक्षण विधिद्वारा नेपालका सातवटै प्रदेशका ## जिल्लाका करीब ## हजार जनतासमक्ष प्रत्यक्ष रुपमा अन्तर्वाता गरी सर्वेक्षण गरिने परिषद्ले जनाएको छ । परिषद्का अध्यक्ष प्रा . डा . अञ्जनीकुमार झाले सर्वेक्षणले नेपालमा मानसिक रोगको अवस्थाका बारेमा यथार्थ जानकारी आउने जानकारी दिए । | मानसिक रोगको अवस्थाका बारेमा सर्वेक्षण हुने | 556 |
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादबले काम नगरी ट्रेड युनियनको नेता हुँ भन्दै सचिवलाई तर्साउनेहरुको दिन गएको बताएका छन् । ट्रेड युनियनका अधिकांश नेतामा काम नगर्ने नेतागिरी मात्र गर्ने प्रवृत्ति रहेको भन्दै उनले सुकिलो मुकिलो बनेर नेतागिरी गर्ने समय सकिएको दावी गरे । ' नेताले काम गर्दैन काम गर्ने नेता होइन त्यसैले सचिव तर्र्साएर होइन काम गरेर स्थापित हुनु पर्छ ' उनले भने । | ट्रेड युनियनका नेताले सचिव तर्साउने दिन गए : मन्त्री यादव | 386 |
निर्वाचन नजिकिँदै जाँदा पेट्रोलियम पदार्थको खपत बढेको छ । आगामी ## र ## मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका कारण सवारी गतिविधि बढ्दा पेट्रोल र डिजेलको माग वृद्धि भएको हो । आयल निगमका अनुसार पछिल्लो समय मुलुकभर पेट्रोलको दैनिक खपत करिब ## सय किलोलिटर पुगेको छ । | निर्वाचनले बढायो पेट्रोलियम पदार्थको खपत | 279 |
आउँदो मंसिर ## मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरूले बिहीबार उत्साहपूर्ण रूपमा मनोनयनपत्र दर्ता गरिरहेका छन् । जिल्लामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन , नेपाली कांग्रेस , नयाँशक्ति पार्टी नेपाल , विवेशील साझा पार्टी , राष्ट्रिय जनमुक्ति पार्टीलगायतका उम्मेदवारले मनोनयनपत्र दर्ता गरिरहेका छन् । आफ्नो दलका नेताहरूको मनोनयनपत्र दर्ताका लागि नेता–कार्यकर्ता बाजागाजा र तामझामसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगिरहेका छन् । | पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख नेम्बाङले गरे मनोनयन दर्ता | 473 |
रोल्पा– ऊर्जा , जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले आफ्ना एक छोरा र एक छोरीलाई स्नातक तहपछि आफूले खर्च दिएर नपढाउने घोषणा गरेका छन् । मन्त्री पुनले स्नातक तहपछि आफ्ना छोराछोरीलाई काममा लाग्न र कामबाट आएको आम्दानीले पढ्न भनिसकेको उल्लेख गरे । ' मेरो एक छोरा र छोरीलाई बीएसम्म पढाउँछु ' , रोल्पाको गंगादेव गाउँपालिका राँकस्थित जनज्योति माविको भवन हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा मन्त्री पुनले मंगलबार भने , ' म सक्ने भए पनि छोराछोरीलाई पढ्नका लागि खर्च दिन्नँ । | स्नातकपछि छोराछोरी पढाउन खर्च गर्दिनँः मन्त्री पुन | 476 |
बढ्दो सवारी जाममा कमी ल्याउन काठमाडौँ महानगरपालिकाले आइतबारदेखि टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधानले यात्रु पर्खेर बस्न नपाउने गरी ओराल्ने र चढाउने ( पिक एण्ड ड्रप ) अभियान शुरु गर्दैछ । एउटा सवारी साधनले केही यात्रु कुर्ने क्रममा लामो जाम भएर धेरैको उत्पादनशील समय बर्बाद भएको , इन्धन जलेर वातावरणमा ह्रास आएकाले यस प्रकारको समस्यामा न्यूनीकरण गर्न ' पिक एण्ड ड्रप ' अभियान शुरु गर्न लागेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताए । टुँडिखेललाई केन्द्र बनाउँदा महानगरीय प्रहरी कार्यालय , रानीपोखरीबाट भद्रकालीसम्मको सडकमा सबैभन्दा बढी समस्या देखिएको थियो । | आइतबारदेखि उपत्यकामा पिक एण्ड ड्रपः ट्राफिक जाम र यात्रु घण्टौँ कुर्नुपर्ने समस्या हट्ने | 570 |
ऐतिहासिक तथा पुरातात्विक महत्वको मकवानपुरगढी दरबार जीर्ण भएपछि रु ## करोडको लागतमा पुनःनिर्माण गर्ने गुरुयोजना तयार गरिएको छ । नेपालको एकीकरणका क्रममा महत्वपूर्ण योगदान गरेको मकवानपुरगढी ऐतिहासिक , पुरातात्विक , धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । विसं #### मा सेनवंशी राजाको शासनकालमा निर्माण गरिएको मकवानपुरगढीमा तामाङ र मगरको संस्कृति झल्कने सङ्ग्रहालयसमेत राखिने भएको छ । | मकवानपुरगढीमा ## करोडको गुरुयोजना | 391 |
बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत पक्राउ परेका छन् । सवारी ज्यान मुद्धाका फरार प्रतिवादीको आरोपमा अध्यक्ष राउतलाई आइतबार पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए । राउतलाई जिल्ला अदालत बाराले #### सालको भदौ ## गते सवारी ज्यानमुद्धामा ## दिन कैद र # हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । | बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष पक्राउ | 335 |
पाकिस्तानमा आगामी ## जुलाईमा आम निर्वाचन हुने भएको छ । राष्ट्रपति मममुन हुसेनले सरकारले प्रस्ताव गरेको निर्वाचन मितिलाई सदर गरेका छन् । राष्ट्रपतिका प्रवक्ताका अनुसार राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन एकै दिन हुने छ । | पाकिस्तानको आम निर्वाचन जुलाई ## मा | 222 |
भरतपुर महानगरपालिकाको मतगणनास्थलमा मध्यराति भएको घटनालाई लिएर एमाले र माओवादी उम्मेदवारका भिन्नाभिन्नै प्रतिक्रिया बाहिर आएका छन् । माओवादीले हार्ने निश्चित भएपछि मतपत्र च्यातेको एमाले उम्मदेवार देवी ज्ञवालीले आरोप लगाएका छन् भने माओवादी उम्मेदवार रेणु दाहालले मतान्तर घट्दै गएका बेला एमालेका कार्यकर्ताले षडयन्त्र गरेको आरोप लगाएकी छिन् । ' बदर मतको संख्यामा विवाद भयो र झडपजस्तै स्थिति आयो , त्यसपछि मतपत्र च्यात्ने काम भयो , ' माओवादी उम्मदेवार रेणुले अनलाइनखबरसँग भनिन् - ' मैले जित्ने अवस्था आउन थालेपछि एमालेका साथीहरु आत्तिनुभएको थियो , के गरौं कसो गरौं भनेर बाहना खोजिरहनुभएको थियो । | रेणु दाहाल भन्छिन् - मैले जित्न लागेपछि एमालेका साथीहरु आत्तिनुभयो | 591 |
महाकाली नगरपालिकालाई सोमाबार खुला दिसामुक्त क्षेत्र घोषणा गरेसँगै जिल्लाका सबै # वटा स्थानीय तह खुला दिसामुक्त भएका छन् । जिल्लाका अन्य # वटा स्थानीय तह यसअघि नै खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेका थिए । सन् #### देखि दार्चुला जिल्लालाई नै खुला दिसामुक्त क्षेत्र घोषण गर्ने अभियानलाई अड्काएको महाकाली नगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएसँगै अब जिल्लालाई पनि औपचारिक रुपमा घोषणा गरिने छ । | दार्चुलाका सबै स्थानीय तह खुला दिसामुक्त | 399 |
किशोरी अवस्थामा समस्या धेरै प्रकारका हुन्छन् । किशोर अवस्था महिलाका लागि संवेदनशील समय पनि हो । यो बेला शारीरिक र मानसिक सबै खाले परिवर्तन हुन्छ । | किशोरीमा महिनावारी हुँदा पेट दुख्नु राम्रो लक्षण | 146 |
सायद यो दुनियाँकै सबैभन्दा महँगो बियर बन्यो होला । नबनोस् पनि किन एक बोतलकै ## हजार पाउण्ड अर्थात् ## लाख रुपैयाँभन्दा बढी मूल्य जो परेको छ । हो , बेलायतको म्यानचेस्टरमा हालै एउटा अनौठो घटना भएको छ । | पत्रकारलाई तिराइयो एक बोतल बियरको ## लाख रुपैयाँ | 199 |
बुटवलका सडकपेटीमा कष्टकर जीवनयापन गरिरहेका बालबालिका तथा असहायहरुको उद्धार कार्य सुरु गरिएको छ । मानव सेवा आश्रम बुटवलले सुख्खानगरमा एउटा घर भाडामा लिएर त्यस्ता बालबालिकाहरुको उद्धार थालेको हो । शनिबार बुटवलका विभिन्न स्थानबाट # बालबालिकाको उद्धार गरिएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । | बुटवलका सडक बालबालिका तथा असहायहरुको उद्धार सुरु | 310 |
संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्य हेर्ने उपमहासचिव जिन पिएरे तीनदिने भ्रमणका लागि नेपाल आउँदैछन् । उपमहासचिव पिएरे मंगलबार काठमाडौं आउन लागेको नेपालस्थित राष्ट्रसंघको कार्यालयले जनाएको छ । काठमाडौं बसाइको क्रममा उनले प्रमुख दलका शीर्ष नेता , सैनिक र प्रहरीका अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । | संयुक्त राष्ट्रसंघका उपमहासचिव नेपाल आउँदै | 310 |
बेलायतको युरोपेली संघ ( ईयू ) बाट हुने बहिगर्मन , अमेरिका–चीन व्यापार विवादलगायतका गतिविधिका कारण विश्वव्यापी आर्थिक वृद्धिदरमा थप गिरावट आउने जोखिम देखिएको अन्तर्राष्ट्रिय मुद्रा कोषले सोमबार प्रक्षेपण गरेको छ । मुद्रा कोषको विश्वव्यापी आर्थिक वृद्धिदर अनुमानबारे अद्यावधिक तथ्यांकमा भनिएको छ , ' विश्वव्यापी आर्थिक वृद्धिदरमा यसअघि अनुमान गरिएकोभन्दा थप खराब अवस्था आउन सक्ने देखिएको छ । ' मुद्रा कोषले करिब तीन महिना पहिले सार्वजनिक गरेको तथ्यांकमा विश्वव्यापी आर्थिक वृद्धि खस्किँदो अवस्थामा रहेको उल्लेख थियो । | विश्व अर्थतन्त्र सुस्त : कोष | 515 |
अस्ट्रेलियाका अर्थ सहायक मन्त्री डेविड कोलम्यान आफूले नेपालबाटै अस्ट्रेलियाको भिसा जारी गर्ने विषयमा परराष्ट्र मन्त्रीसँग पहल गर्ने बताएका छन् । नेपाली समाजको प्रभाव बढ्दै गएको अवस्थामा सो क्षेत्रका सांसद समेत रहेको कोलम्यानले अस्ट्रेलियामा नेपालीहरुले फरक पहिचान बनाएको समेत बताए । कोलम्यानले नसिंङ र साना ब्यवशायमा समेत नेपालीहरुको उपस्थिति निकै प्रभावकारी रहेको सुनाए । | अस्ट्रेलियन मन्त्रीले भिसा नेपालबाटै दिलाउन पहल गर्ने | 372 |
सरकारले विशिष्ट व्यक्तिदेखि स्थानीय तहका पदाधिकारीसम्मको मर्यादाक्रम तोकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति , उपराष्ट्रपति , प्रधानमन्त्री , प्रधानन्यायाधीश र सभामुखदेखि स्थानीय तहका सबै पदाधिकारीको मर्यादाक्रम तोकेको हो । ' आजको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिदेखि गाउँपालिकाका वडा सदस्यसम्मका मर्यादाक्रम तोकेको छ , ' उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले भने । | सरकारले तोक्यो पदीय मर्यादा , नेशनल ट्रेडिङ खारेज | 439 |
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको वर्ष दिन पुग्दा समेत सरकारले दोषीलाई पहिचान गरेर कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै नेपाल बिद्यार्थी संघले खोटाङमा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन गरेको छ । निर्मलाको बलात्कारपछि हत्या भएको ठिक वर्ष दिन पुग्दासमेत पीडितलाई न्याय दिलाउन नसकेको भन्दै नेबिसंघले शुक्रबार साँझ दिक्तेलमा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाको पुत्ला दहन गरेको हो । वर्तमान सरकारले बलात्कारी र फटाहालाई कारबाही गर्नुको सट्टा संरक्षण गरेको वर्ष दिन पुगेकाले पुत्ला दहन गर्नुपरेको नेबिसंघका सभापति राजकुमार बस्नेतले बताए । | निर्मलालाई न्याय नदिएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन | 579 |
बाजुरा– सुत्केरी हुन नसकी प्रसव पीडामा रहेकी एक महिलाको उद्धार गरिएको छ । बडीमालिका नगरपालिका–# की कल्धरी विकको नगरप्रमुख पदम बढुवालको सक्रियतामा उद्धार गरिएको हो । सात महीनाको गर्भ रहेकै अवस्थामा महिलाको शनिबार रातिदेखि अत्यधिक रक्तस्राव भएको थियो । | प्रसव पीडामा रहेकी महिलाको नगरप्रमुखले गरे उद्धार | 250 |
पाकिस्तानमा एक व्यक्तिले एक मस्जिदबाट ## हजार चोरी गरेर एउटा चिट्ठी छोडेका छन् । चिट्ठीमा उनले उक्त मुद्दा उनी र अल्लाह बिच भएको र अरु कसैले पनि हस्तक्षेप गर्न नहुने लेखेका छन् । समाचार एजेन्सी पीटीआईले पाकिस्तानको एक पत्रिका द एक्सप्रेस ट्रिब्यूनको एक रिपोर्टको हवाला दिँदै उक्त घटना दक्षिणी पंजाबको खानेवाल जिल्लामा रहेको जामिया मस्जिद सादिकुल मदिनामा भएको बताएको छ । | मस्जिदमा गरे चोरीः चिट्ठीमा लेखे , ' यसबारे अल्लाह र मेरो कुरा भइसक्यो , कसैले हस्तक्षेप नगर्नु ' | 369 |
मानिसका असिमित सपनाहरू हुन्छन् । तीमध्ये कति पूरा हुन्छन् भने कुनै चाहेर पनि पूरा हुन नसक्ने । तर पूरा गर्न नसक्ने भए पनि मानिस सपना देख्न भने छोड्दैन् । | क्यानभासमा पाँच देशका कला | 153 |
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लेखेको पत्र सार्वजनिक गर्न माग गरेका छन् । व्यवस्थापिका संसदको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीले यसबारे प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनु पर्ने बताए । केही दिन पहिले बालुवाटारमा पूर्व र वर्तमान उपप्रधानमन्त्रीको दोहोरी चलेको भन्दै उनले भने , ' वर्तमान उपप्रधानमन्त्री छिमेकी देशमा दूत भएर जाँदा प्रधानमन्त्रीले हामी संविधान संशोधन गर्छौं भनेर चिठी लेख्नु भयो रे । | चित्रबहादुर भन्छन् - चिठीले बालुवाटारमा झडपै भो , प्रमको जवाफ चाहियो | 514 |
काठमाडौंको बसुन्धरास्थित कान्तिपुर जनरल एण्ड डेन्टल हस्पिटलले दुईदिने निशुल्क ' ग्लुकोज रेन्डम ब्लड टेष्ट ' शिविर गरेको छ । विश्व स्वास्थ्य दिवसका अवसरमा शिवर आयोजना गरिएको हो । शिविरमा # सय ## जनाले निःशुल्क ब्लड टेष्ट गराएका छन् । | ### जनाको निशुल्क ग्लुकोज रेन्डम ब्लड टेष्ट | 232 |
चिसंखुगढी गाउँपालिकाले शिक्षा ऐन जारी गरेको छ । गाउँसभाले चिसंखुगढी शिक्षा ऐन #### पारित गरेपछि ऐन जारी गरेको हो । संविधानको मर्म प्रतिकुल नहुने गरी ऐन जारी गरिएको गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले जानकारी दिए । | चिसंखुगढी गाउँपालिकाले जारी गर्यो शिक्षा ऐन | 214 |
दोस्रो चरणको चुनावमा पनि नेकपा एमालेले ### बढी स्थानीय तह जितेको छ । सोमबार विहान गुल्मीको इस्मा र मदानेको परीणाम एमालेको पक्षमा गएको छ । यससँगै एमालेले दोस्रो इनिङ ( चरण ) मा पनि शतक हानेको छ । | दोस्रो इनिङमा पनि एमालेको शतक , राप्रपाले खाता खोल्यो | 194 |
प्रधानमन्त्रीनिवास बालुवाटारमा विहीबार बेलुका आयोजित तीनदलका शीर्षनेताको बैठकमा प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले ' हरिबहादुर ' को जस्तै तर्क गरेको एमाओवादीका एक नेताले आरोप लगाएका छन् । ' सुशील र ओलीजीले सहमतिबाटै संविधान बनाऔं त भन्नुभयो , तर # प्रदेशको खाका संवैधानिक समितिमा प्रवेश गराउनैपर्छ पनि भन्न छाड्नुभएन , ' ती नेताले भने , ' यो त हरिवंशको टेलीश्रृंखलाको ' हरिबहादुर ' कै जस्तो तर्क भयो । चर्चित हास्य कलाकार हरिवंश आचार्यले ' हरिबहादुर ' पात्रमार्फत् अर्काको पैसा तिर्नेबेलामा ' पैसा तिर्नुपर्छ ' भन्छन् । | ' सुशील र केपी ओलीको तर्क हरिबहादुरको जस्तै ' | 539 |